स्थानीय सरकार - Press Patra Online https://www.presspatraonline.com Thu, 29 Jan 2026 08:57:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.presspatraonline.com/wp-content/uploads/2024/05/cropped-logo-presspatraonline-32x32.png स्थानीय सरकार - Press Patra Online https://www.presspatraonline.com 32 32 समृद्ध कपिलवस्तु निर्माणका लागि सबैको साथ आवश्यक : उम्मेदवार विश्राम थारु चौधरी https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/#respond Thu, 29 Jan 2026 08:57:45 +0000 https://www.presspatraonline.com/?p=10473 कपिलवस्तु ।

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणका लागि सबैको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताएका छन्।

समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर निर्वाचन अभियान अघि बढाइने बताए।

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी, कपिलवस्तुको गजेहडामा सम्पन्न प्रथम बैठकलाई सम्बोधन गर्दै चौधरीले जिल्लामा रहेका विकासका अवसरहरूको अधिकतम सदुपयोग गर्दै कपिलवस्तुलाई समृद्ध जिल्लाको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे।

उनले जनताको भरोसा र साथलाई नै आफ्नो प्रमुख शक्ति ठानेर निर्वाचन अभियानलाई अझ प्रभावकारी बनाइनेसमेत बताए। सबै राजनीतिक दलका कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई एकताबद्ध भएर विकासको यात्रामा सहभागी हुन उनले आह्वान गरे।

]]>
https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/feed/ 0
कपिलवस्तु क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेद्वार आशिष शर्माको प्रवेशसँगै चुनावी प्रतिस्पर्धा रोचक https://www.presspatraonline.com/electionasish/ https://www.presspatraonline.com/electionasish/#respond Mon, 26 Jan 2026 13:46:08 +0000 https://www.presspatraonline.com/?p=10461 यतिबेला देश चुनावमय बनेको छ। कपिलवस्तु सहित देशैभर विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेद्वारहरूले आ–आफ्नो चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन्। विभिन्न दल र स्वतन्त्र उम्मेद्वारहरू चुनावी मैदानमा उत्रिएसँगै कपिलवस्तुको निर्वाचन थप रोचक बन्ने संकेत देखिएको छ।

यसैबीच कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट अलग्गिएर युवा नेता आशिष शर्मा स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएपछि यहाँको राजनीतिक समीकरण थप चासोको विषय बनेको हो। कांग्रेसभित्र लोकप्रिय युवा नेताका रूपमा परिचित शर्माको स्वतन्त्र उम्मेद्वारीलाई कपिलवस्तु जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा क्षेत्र नं. १ बाट अत्यधिक मत ल्याएर विजयी भएका शर्माले पार्टीभित्र बलियो जनआधार बनाएका थिए। यद्यपि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्रीय समितिबाट पहिलो नम्बरमा सिफारिस भए पनि केन्द्रबाट टिकट नपाएपछि उनी स्वतन्त्र रूपमा मैदानमा उत्रिएका हुन्।

शर्माको उम्मेद्वारीपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरूले आफ्नो जित सहज हुने आँकलन गरे पनि स्थानीयस्तरमा भने प्रतिस्पर्धा थप कडा हुने विश्लेषण हुन थालेको छ।

स्वतन्त्र उम्मेद्वार आशिष शर्माले क्षेत्र नं. १ का जनताको चाहना र युवाहरूको आग्रहलाई नकार्न नसकेर स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन्। शनिबार बाणगंगा नगरपालिका–बैरियामा आयोजित निर्वाचन लक्षित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवाहरूको आशा र भरोसालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

को हुन् आशिष शर्मा ?

४६ वर्षीय आशिष शर्मा कपिलवस्तु जिल्लाको राजनीतिमा उदाउँदै गरेका युवा नेता हुन्, जसले व्यवसायिक सफलता, संस्थागत नेतृत्व र सामाजिक उत्तरदायित्वलाई एउटै धारमा जोड्ने प्रयास गरिरहेका छन्। कपिलवस्तुलाई कर्मभूमि बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरी स्वदेशमै दीर्घकालीन योगदान गर्ने बाटो रोजेका हुन्।

१४ वर्षभन्दा बढी समय वित्तीय सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा व्यवसाय इकाई प्रमुखका रूपमा काम गरेका शर्माले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभव सुदृढ मानिन्छ।

संस्थागत नेतृत्वतर्फ शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्स तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध रहँदै नीति निर्माण र निजी क्षेत्र सुदृढीकरणमा सक्रिय रहेका छन्। नेपाल व्यवस्थापन संघको सदस्यका रूपमा तथा विभिन्न कम्पनीका बोर्ड सदस्य एवं सञ्चालकका रूपमा उनले सुशासन र सामाजिक उत्तरदायी नेतृत्वको अभ्यास गर्दै आएका छन्।

वित्तीय क्षेत्रमा शर्माको भूमिका उल्लेखनीय रहँदै आएको छ। उनले नबिल बैंक लिमिटेडमा काम गर्नुका साथै हिमालयन बैंक लिमिटेडका निर्देशक तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकका रूपमा सेवा गरिसकेका छन्। साथै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष तथा बीमा समितिमा कार्य गरेको अनुभव पनि उनीसँग छ। हाल शर्मा हिमालयन बैंक लिमिटेडका बोर्ड सदस्यसमेत रहेका छन्।

कपिलवस्तु जिल्लालाई विशेष प्राथमिकतामा राख्दै शर्माले बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रा.लि.’ स्थापना गरेका छन्, जहाँ उनी प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। यस परियोजनाले कृषि उत्पादनको संरक्षण, बजार सुनिश्चितता र स्थानीय रोजगारी सिर्जनामा नयाँ सम्भावना खोलेको छ।

राजनीतिक रूपमा मृदुभाषी, मिलनसार र विचारमा स्पष्ट शर्माले राजनीति सेवा, विकास र परिणाममुखी हुनुपर्ने मान्यता राख्छन्। पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका छोरा शर्मा जेन–जी पुस्ताको प्रतिनिधि पात्रका रूपमा कपिलवस्तुका युवामाझ चिनिन्छन्। अनुभव र युवाशक्तिको संयोजनमार्फत कपिलवस्तुको समृद्धि र परिवर्तनको यात्रामा उनी सम्भावनायुक्त र क्षमतावान नेताका रूपमा अघि बढिरहेका छन्।

यसैबीच स्वतन्त्र उम्मेद्वार आशिष शर्मालाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘जिप’ प्रदान गरेको छ। आयोगबाट चुनाव चिन्ह जिप प्राप्त गरेसँगै शर्माले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। चुनाव चिन्ह सार्वजनिक भएसँगै क्षेत्र नं. १ का मतदातामाझ उत्साह थपिएको देखिन्छ भने समर्थकहरूले जिप चिन्हलाई परिवर्तन, गतिशीलता र विकासको प्रतीकका रूपमा व्याख्या गर्न थालेका छन्।

स्वतन्त्र उम्मेद्वार शर्माले चुनाव चिन्ह जिप प्राप्त भएपछि प्रतिक्रिया दिँदै जनताको भरोसा र समर्थनलाई अझ मजबुत बनाउँदै परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

]]>
https://www.presspatraonline.com/electionasish/feed/ 0
प्रथम कपिलवस्तु व्यापार मेला–२०८२को भौतिक तयारी अन्तिम चरणमा, आज (बुधबार) संरचना पूर्ण हुने https://www.presspatraonline.com/kplmela/ https://www.presspatraonline.com/kplmela/#respond Wed, 19 Nov 2025 01:51:46 +0000 https://www.presspatraonline.com/?p=10317 शोभा भुषाल

कपिलवस्तु।

बाणगंगा–८ बोडगौँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म आयोजना हुने ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ का लागि आवश्यक भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको मेलाले प्रदेश तथा राष्ट्रिय स्तरमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।

मेला संयोजक तथा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) का अनुसार आज (बुधबार) मेलास्थलका सम्पूर्ण भौतिक संरचना तयार भइसक्ने छन्। उनले मायादेवी रंगशालालाई प्रदेशस्तरीय आकर्षणको केन्द्रका रूपमा स्थापिति गर्ने उद्देश्यअनुसार तयारी अघि बढाइएकाे जानकारी दिए।

उद्योग व्यापार संघका महासचिव बासुदेव खनाल ले मेलालाई सफल बनाउन कपिलवस्तुवासी सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहभागिताका लागि आह्वान गरे।

संघका कोषाध्यक्ष शालिकराम आचार्य ले महोत्सवमार्फत कपिलवस्तुका प्रमुख पर्यटकीय गन्तव्यहरू राष्ट्रियस्तरमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। स्टल संयोजक माधव भाट क्षेत्री ले मेलालाई आगामी वर्षहरूमा पनि यही समयमा परम्परागत रूपमा निरन्तरता दिने तयारी भएको स्पष्ट पारे।महोत्सवमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी सामग्रीसम्बन्धी विभिन्न स्टल रहनेछन्। साथै कला–संस्कृति प्रस्तुति, फेसन शो, बाल–उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फूड फेस्ट, खेलकुद तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार व्यापार मेलाले स्थानीय व्यवसाय प्रवद्र्धन, कृषि उत्पादन विस्तार, आधुनिक प्रविधिको पहुँच वृद्धि, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ। उद्योग व्यापार संघ कपिलवस्तुले पहिलोपटक यस्तो महोत्सव सञ्चालन गर्न लागेको हुँदा स्थानीय तहमा उत्साह बढिरहेको छ।

]]>
https://www.presspatraonline.com/kplmela/feed/ 0
सानागाउँ सिकाइ केन्द्र द्वारा ५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6/ https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6/#respond Wed, 16 Jul 2025 12:54:03 +0000 https://www.presspatraonline.com/?p=9526 डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.४ सानागाउमा रहेको सानागाउँ सामुदायिक सिकाइ केन्द्रले बालबालिकालाई आज (बुधवार) विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । 
पालिकाको वाड नं.४ भित्रका पाँच वटा विद्यालयका ५३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएका हो ।
शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रम अन्तरगत पुर्वीचौकी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा र सानागाउँ सामुदायिक सिकाइ केन्द्रको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको बताइएको छ ।

विद्यालयमा भर्ना भई शैक्षिक सामाग्रीको अभावमा अवरोध पुगेका टुहुरा तथा परिवारको आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पठनपाठनमा सहज होस भन्ने उद्देश्यले विद्यालयको छनोटका आधारमा शैक्षिक सामाग्री वितरण गरिएको सानागाउँ सामुदायिक सिकाइ केन्द्रका परिचालक मथुरा शर्मा जोशीले बताइन् ।

टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शैक्षिक स्तर उकास्नका सिकाइ केन्द्रले निरन्तर काम गर्दै आइरहेको छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6/feed/ 0
पालिका स्तरीय परियोजना सल्लाहकार समितिबाट परियोजनाको अनुगमन https://www.presspatraonline.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/ https://www.presspatraonline.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/#respond Wed, 09 Jul 2025 12:37:47 +0000 https://www.presspatraonline.com/?p=9512 गणेश बहादुर मौनी
असार २५डोटी
एक्सीस परियोजना अन्तरगत बडीकेदार गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिले परियोजनाको अनुगमन गरेको छ ।
बालिका तथा समावेशी शिक्षा सञ्जाल गुनासो सुनुवाइ समिति विद्यालय सुधार योजना अन्तरगत समितिले बुधवार बर्छैन माध्यामीक विद्यालयमा गठन गरेको सञ्जालको गतिविधिको बारेमा अनुगमन गरी समीक्षा गर्नुका साथै समितिका काम कर्तव्यको बारेमा जानकारी गराइएको एक्सीस परियोजना जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।
बडीकेदार गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन परियोजनाले सहयोग गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, शाखाका कर्मचारी, संस्थाका कर्मचारी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गरी शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/feed/ 0
जिउदै मानिसलाई मरेकाे भनी मेयरका छाेराकाे नाममा खाता खाेल्न शैल्यशिखरकाे सिफारिस https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%a8/ https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%a8/#respond Wed, 09 Jul 2025 05:20:26 +0000 https://www.presspatraonline.com/?p=9501 दार्चुला ,,,,

दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे कृषि शाखाले जिउदै मानिसलाई मरेकाे भनी ग्लाेबल आई.एम.ई बैंक गाेकुलेश्वर दार्चुला शाखालाई खाता खाेल्न सिफारिस गरेकाे छ ।

शैल्यशिखर नगरपालिका वडा नं. ६ मा गठित मालिकार्जुन अगुवा कृषक समुहका अध्यक्ष जानकि धामी र सचिव मन्जु धामीकाे मृत्यु भई खता निष्कृिय भएकाे र समुहका नयाँ अध्यक्ष जनक सिंह धामी र सचिव बसन्ती बाेहराकाे हस्ताक्षर बाट खाता संचालन हुने गरि खाता नविकरण गर्न शाखा प्रमुख दिपक बिस्ट द्वारा यहि २३ हस्ताक्षरित सिफारिसमा उल्लेख गरिईकाे छ ।

शाखाले गरेकाे सिफारिसकाे आधारमा बहाल वाला खाता वालालाई फाेन गरि हेर्दा सिफारिसकाे कुरा झुटा भए पछि खाता संचालन गर्न राेकीएकाे ग्लाेवबल आई.एम.ई.बैंक गाेकुलेश्वर शाखा प्रमुख अनिल धामिले बताए ।

शाखाले गर्न नहुने कार्य गरेकाे भन्दै तुरुतै कार्यपालिकाकाे बैठक बसि बैठककाे निर्णय अनुसार शाखा प्रमुखलाई कार्वाही गरिने शैल्यशिखर नगपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्र्द बहादुर बिस्टले बताए ।

नयाँ बैंक खाता संचालनका लागि सिफारिस गरिएका जनक सिंह धामी शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी छोरा हुन ।

]]>
https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%a8/feed/ 0
बडीकेदार गाउँपालिका द्वारा चार जना बिद्यार्थिलाई सम्मान https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-2/ https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-2/#respond Mon, 07 Jul 2025 00:24:06 +0000 https://www.presspatraonline.com/?p=9497 गणेश बहादुर मौनी
असार २२ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले पालिका अन्तरगत विभिन्न तहमा अध्ययनरत चार जना बिद्यार्थिलाई एक कार्यक्रमका बिच आइतबार सम्मान गरेको छ ।

पालिकाले एस इइ परीक्षामा पालिका अन्तरगत उत्कृष्ट नतिजा ल्याउन सफल एक छात्रा र एक छात्र त्यसै गरी आधारभूत तह कक्षा ८ मा पालिका स्तरमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगद सहित सम्मान गरेको बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए ।

२०८० सालको एस इइ परीक्षामा सामेल भई २०८१ मा प्रकाशित नतिजामा पालिकाभरि उत्कृष्ट नतिजा ल्याउन सफल भएका शिवजी माध्यामीक विद्यालय वडा नम्बर ४मा अध्ययनरत छात्र तिलक थापामगर(३.२५ जिपिए) र सोही विद्यालयमा अध्ययनरत छात्रा राधा जेठरा(३.२२ जिपिए) लाई प्रमाण पत्र सहित नगद जनही ५० हजारका दरले सम्मान गरिएको थियो ।

भने त्यसै गरी आधारभूत तह पालिका अन्तरगत कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल विष्णु मावि मुलेचौर वडा नम्बर ३ की छात्रा सुनिता कुमारी सार्की(३.६७जिपिए) र विष्णु मावि बरालगाउँ वडा नम्बर ४ का छात्र जीवन सार्की(३.५९) लाई प्रमाण पत्र सहित नगद जनही ४० हजारका दरले उपलब्ध गराइ सम्मान गरिएको शाखा प्रमुख देउवाले बताए ।

उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थिलाई सम्मान गर्दा विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै अरू बिद्यार्थिहरुलाई पनि प्रतिस्पर्धा को वातावरण बन्न सहजता हुने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।

पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । विद्यार्थिहरु लाई सम्मान गर्दा शैक्षिक गुणस्तरमा सुधार हुनुका साथै बिद्यार्थिहरु मा स्वयं अध्ययन गर्ने बानीको विकासमा सहयोग पुग्ने समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा सहजता होस भन्ने हेतुले पालिका अन्तरगतका उत्कृष्ट बिद्यार्थिहरुलाई सम्मान गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । अध्यक्ष साउदले पालिकाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पालिकाले एक वडामा एक नमुना विद्यालय, असहाय, टुहुरा बालबालिकाहरूको लागि निःशुल्क आवासीय विद्यालय, आधुनिक कम्प्युटर ल्याब सहितको व्यवस्थापन, स्थानीय पाठ्यपुस्तक निमार्ण तथा कार्यान्वयन लगायतका सवालहरूमा पालिकाले निरन्तरता कार्य गर्दै आइरहेको समेत बताए । बिद्यार्थिहरुलाई सम्मानको कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने समेत अध्यक्ष साउँदले बताए ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-2/feed/ 0
बडीकेदार गाउँपालिकाको बजेट तथा योजना पारित https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c/ https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c/#respond Sun, 06 Jul 2025 13:40:56 +0000 https://www.presspatraonline.com/?p=9491 गणेश बहादुर मौनी
असार २२ डोटी

डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेट तथा योजना आज आइतबार गाउँपालिकाको १७ औ अधिवेशनको बैठक नम्बर २ ले पारित गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले असार १० गते ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उक्त बजेट माथि छलफल गर्दै गाउँ सभा बैठकले सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

पालिकाले आगामी आर्थिक वर्षको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण सुशासन र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई विशेष प्राथमिकता दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c/feed/ 0
भुकम्प पुर्वतयारी तथा स्वस्थ्य सरसफाइ सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न https://www.presspatraonline.com/%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a5%8d/ https://www.presspatraonline.com/%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a5%8d/#respond Sun, 29 Jun 2025 04:29:41 +0000 https://www.presspatraonline.com/?p=9469 डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं. ४ सानागाउमा भुकम्प पुर्वतयारी तथा स्वस्थ्य सरसफाइ सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

पुर्विचाैकी गाउपालिका वडा नं.४ का अध्यक्ष वल बहादुर खड्का काे सभापतित्वमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्याय,बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष पशुपति खड्का, अतिथिमा गाउकार्यपालिका सदस्य वडा सदस्य ,राजनीतिक दलका प्रतिनिधि लगाएतकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।

दलित क्षेत्र बिकास समितिकाे आयाेजना पुर्विचाैकी गाउपालिकाकाे सहयाेगमा भएकाे प्रशिक्षण कार्यक्रममा पुर्विचाैकी गाउपालिका वडा नं.४ सानागाउका ४१ जना सहभागी लाई प्रशिक्षण दिईएकाे हाे ।
समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले दलित क्षेत्रबिकास कार्यक्रम अन्तरगत बिगतमा भएका कार्यक्रमहरु कार्यक्रममा सिमित भए तर याे कार्यक्रम मानिसकाे ब्यवहारिक जिवन प्रत्यक्ष रुपमा लाभान्वित हुने खालकाे कार्यक्रम भएकाले आफ्नो जिवनमा लागू गर्न आग्रह गर्नु भएकाे छ ।

कर्यक्रमका बिशिस्ट अतिथि पालिका उपाध्यक्ष पशुपति खड्काले तालिममा सिकेका कुरा तालिममा मात्र सिमितन राखेर जिवनमा लागू गर्नु पर्ने बताउनु भयाे ।

कार्यक्रमकाे समापन गर्दै वडा नं.४ का अध्यक्ष बल बहादुर खड्काले स्वास्थ्य जीवन जिउनकालगि स्वस्थ्य सरसफाइमा ध्यन दिनु पर्ने भन्दै भुकम्प पुर्वतयारिका बिषयमा सबै सचेत रहनु पर्ने बताउनु भएकाे छ ।

यहि असाढ १३ गते देखि १५ गते सम्म संचालन भएकाे प्रशिक्षण कार्यक्रमका प्रशिक्षक खडक बिक,लक्ष्मण बिक र बिष्णु बि.क रहनु भएकाे थियाे ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a5%8d/feed/ 0
प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न उत्कृष्ट श्रमिक लाई सम्मान https://www.presspatraonline.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0/ https://www.presspatraonline.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0/#respond Fri, 27 Jun 2025 12:36:05 +0000 https://www.presspatraonline.com/?p=9456 डोटीको पुर्वीचौकी गाउँपालिका रोजगार सेवा केन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रममा सङ्लन उत्कृष्ट श्रमिक लाई सम्मान गरेको छ ।

श्रमको सम्मान, राष्ट्रको अभियान प्रधानमन्त्री रोजगार कार्यक्रम आफ्नै पौरख,आफ्नै गौरव  अन्तरगत आज (शुक्रवार)सरोकार बालाहरू सँग पालिका स्तरीय एक दिने अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजन गरी सम्मान गरिएको हो । 

आर्थिक वर्ष २०८१।०८२ को स्वीकृत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक सय दिनको रोजगारमा  संलग्नका लगी छनोट भएका चौरासी जना मध्यबाट ७ जना उत्कृष्ट कार्य गर्ने श्रमिकलाई  नगद दुई हजार रुपैयाँ सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको छ ।

पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पशुपति खड्का,प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशी,वाड अध्यक्षहरू,राजनीतिक दलका प्रतिनिधि,विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि,माध्यमिक विद्यालयका शिक्षकहरू,स्थानीय व्यवसायी लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।
गाउँपालिकामा रोजगारको क्षेत्रमा अवसर तथा सम्भावनाको पहिचान समस्याहरूको समाधान रोजगारी सिर्जनाका अवसरका विषयमा अन्तरक्रिया भएको थियो ।

]]>
https://www.presspatraonline.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0/feed/ 0