तस्विर - Press Patra Online https://www.presspatraonline.com Sat, 23 May 2026 11:47:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.presspatraonline.com/wp-content/uploads/2024/05/cropped-logo-presspatraonline-32x32.png तस्विर - Press Patra Online https://www.presspatraonline.com 32 32 वन अतिक्रमण रोक्न ट्र्याक्टर प्रयोग नगर्न मायादेवी साझेदारी वन उपभोक्ता समूहको आग्रह https://www.presspatraonline.com/mayadevisajhedariatikraman/ https://www.presspatraonline.com/mayadevisajhedariatikraman/#respond Sat, 23 May 2026 11:47:02 +0000 https://www.presspatraonline.com/?p=10660

कपिलवस्तु,

कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन क्षेत्रभित्र ट्र्याक्टर प्रयोग गरी भइरहेको खनजोत तथा अतिक्रमण कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। समूहले नेपाल किसान ट्र्याक्टर समिति कपिलवस्तुलाई पत्राचार गर्दै वन क्षेत्र संरक्षणमा सहयोग गर्न अनुरोध गरेको हो।

मायादेवी साझेदारी वन उपभोक्ता समूह वाणगंगा–२ र १०, कपिलवस्तुद्वारा जारी पत्रमा पिपरा तथा पटना वन क्षेत्रभित्र केही व्यक्तिहरूले ट्र्याक्टर प्रयोग गरी वन अतिक्रमण गर्दै खनजोत गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ। वन क्षेत्रभित्र भइरहेको यस्तो गतिविधिले वन संरक्षण, जैविक विविधता तथा वातावरणीय सन्तुलनमा प्रत्यक्ष असर पर्ने भन्दै समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समूहले नेपाल किसान ट्र्याक्टर समितिमा आबद्ध ट्र्याक्टर धनी तथा चालकहरूलाई वन क्षेत्रभित्र कुनै पनि प्रकारको खनजोत नगर्न तथा यस्ता गतिविधिमा संलग्न नहुन सचेत गराउन अनुरोध गरेको छ। वन क्षेत्र अतिक्रमण गरी खेती विस्तार गर्ने वा प्राकृतिक स्रोतको दुरुपयोग गर्ने कार्य कानुनविपरीत भएको उल्लेख गर्दै यस्तो गतिविधि रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने समूहको भनाइ छ।

पत्रमा वन अतिक्रमण तथा अवैध खनजोत कार्य नरोकिए प्रचलित कानून बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। वन संरक्षणमा स्थानीय समुदाय, किसान तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समूहले प्राकृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको जनाएको छ।

मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश प्रसाद जयसवालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ डिभिजन वन कार्यालय तौलिहवा तथा सब डिभिजन वन कार्यालय पिपरा/पटनालाई समेत पठाइएको छ। वन क्षेत्र संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाउनेछ।

 
]]>
https://www.presspatraonline.com/mayadevisajhedariatikraman/feed/ 0
शिवराजमा नागरिक शान्ति सेवा कार्यक्रम सुरु, वडा स्तरमै विवाद समाधान गर्ने लक्ष्य ।। https://www.presspatraonline.com/propublicsivraj/ https://www.presspatraonline.com/propublicsivraj/#respond Wed, 01 Apr 2026 12:05:14 +0000 https://www.presspatraonline.com/?p=10609 दुई दशकदेखि मेलमिलाप प्रक्रियालाई संस्थागत रूपमा अघि बढाउँदै आएको संस्था प्रो पब्लिक नेपालले कपिलवस्तुको शिवराज नगरपालिकासँग सहकार्य अघि बढाएको छ ।
दुई दशकदेखि सुशासन, पारदर्शिता, मानव अधिकार तथा न्यायमा पहुँचका क्षेत्रमा क्रियाशील जनहित संरक्षण मञ्च – प्रो.पब्लिक र शिवराज नगरपालिकाको संयुक्त आयोजनामा चैत्र १७ गते नागरिक शान्ति सेवा कार्यक्रमको शुभारम्भ तथा समन्वय बैठक सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले वडा स्तरमै विवाद समाधान हुने भएकाले यस कार्यक्रमलाई नगरपालिकाले आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रो पब्लिकका महासचिव धिरज पोख्रेलले कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा विगत तीन वर्षदेखि कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको अनुभवका आधारमा शिवराज नगरपालिकामा पनि कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार विगत २० वर्षमा करिब १५ हजार विवाद मेलमिलापमार्फत समाधान गरिएको छ, जसमा संस्थाले हेरेका ९५ प्रतिशत विवाद सफलतापूर्वक मिलाइएको जानकारी दिनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले अघिल्लो कार्यकालमै यस्तो अभ्यास गरिएको स्मरण गराउँदै प्रत्येक वडामा तिनतिन जना मेलमिलापकर्ता चयन गरिएको भए पनि पुनर्ताजगी तालिम नहुँदा केही समस्या आएको बताउनुभयो ।

अब भने प्रो पब्लिकसँगको सहकार्यमा प्रत्येक वडाबाट नयाँ मेलमिलापकर्ता छनोट गरी तालिम दिइने र पुराना मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

यसैबीच, नागरिक शान्ति सेवा कार्यक्रम सञ्चालनका लागि प्रो पब्लिक नेपाल र शिवराज नगरपालिका बीच आगामी दुई वर्षका लागि सहमति पत्रमा हस्ताक्षर समेत गरिएको छ।

कार्यक्रम संयोजक झबिन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस कार्यक्रमले शिवराज नगरपालिकाको न्यायिक समितिलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

]]>
https://www.presspatraonline.com/propublicsivraj/feed/ 0
क्षेत्र नं ३ का उम्मेदवार शाहको चुनावी प्रचाारमा भारतीय सांसद जगदम्विका पालको घरदैलो ।। मतदाता प्रभावित गर्न झुटाठा आश्वासन https://www.presspatraonline.com/abhisekh/ https://www.presspatraonline.com/abhisekh/#respond Mon, 02 Mar 2026 11:44:07 +0000 https://www.presspatraonline.com/?p=10539 कपिलवस्तु १८ फागुन ।
कपिलवस्तु क्षेत्र नं ३ वाट ३ पटक सांसद बनेका अभिशेष प्रताप शाह चौथो पटक नेपाली कांग्रेसवाट प्रतिनिधी सभाकालागि उम्मेदवार भएका छन् । विगतमा आन्तरीक राजश्व तथा भन्सार कार्यलय कृष्णनगरका कर्मचारीलाई धम्काएको हल्लवोल आन्दोलन चाएको लगायतका घटनामा विवादमा पर्दै आएका अभिशेष प्रताप शाह यसपाली आफ्नो चुनावमा भारतका वहालवाला सांसदलाई ल्याएर भारतीय सहयोग भित्राउने वाहानाका झुटठा आश्वासन दिन लगाएर फेरी विवादमा तानिएकाछन् ।

 


हामिलाई प्राप्त भिडियोमा शिद्धार्थ नगर भारतवाट लोकसभा सदस्य रहेका जगदम्विका पाल शाहको चुनावी अभियानमा आएर मतदातालाई भुठठा आश्वासन वाडेको पुष्टि भएको छ । भारतीय सांसद पालले अभिशेषलाई जिताएमा भारतीय सहयोगमा ठूलो अस्पताल बनाइदिने भन्दै मतदातालाई आश्वासन दिएको भिडियो प्राप्त भएको छ ।
फागुन २१ मा हुन लागेको नेपालीको प्रतिनिधी सभा निर्वाचनमा मतदातालाई झुठठा आश्वासन दिन वा प्रलोभनमा पार्न पाइदैन । त्यस्तो गरे आचार संहिता उलंघनको कारवाही हुन सक्छ । तर उम्मेदवार शाहले निर्वाचन आचार संहिता विवरीत काम गरेकाछन् । त्यसो त केहिदिन अघि विगतमा कांग्रेसवाटै मन्त्री बनेका तर हाल एमालेवाट क्षेत्र नं ३ को प्रतिनिधी सभाका उम्मेदवार विरेन्द्र कनौडियाले शाह खानादानका अभिशेष शाहका पिता र उनले गरी करिव ३० वर्ष सो क्षेत्रमा शासन गरेपनि कुनै एक विद्यालय भवन र एक स्वास्थ्य चौकी सम्म नबनेको दावि गरेका थिए।

कनौडियाको दावि पछि कुनै आफूसंग जवाफ नभएका शाहले वहालवाला भारतीय सांसदलाई वोलाएर चुनावी कार्यक्रममा भारतले अस्पताल वनाई दिन्छ भन्ने आश्वासन दिन लगाएका हुन। ।
तर उनको यो कदमलाई क्षेत्र नं ३ का मतदाताले आफूले ३ पटक सांसद हुदा र आफ्नै नेतृत्वको सरकार हुदा समेत केहि गर्न नसक्नेले अहिले आएर भारतीय सांसद खडा गरेर झुटठा आश्वासन वाड्ने भन्दै आलोचना गरेकाछन् । त्यसो त भारतीय दैनिक भास्करले नेपाली केटीको तस्कर भनेर भिडियो सहितको तथ्य प्रमाण सहित भास्कर इन्भिेष्टिगेशन रिपोर्ट बनाएका बढ्नीमा होटल चलाउने ब्यक्ति बरुण सिंह समेत शाहको चनावी प्रचार अभियानमा सहभागि भएर शाहसंग फाटो शेयर गरेका छन् ।शाहले अंंकमाल गरेर खिचेको फोटो समेत प्राप्त भएको छ ।

सिंहले चन्द्रौटाको एक होटल मार्फत नेपाली केटि २ लाख देखि ५ लाख रकममा किनेर भारतीय होटलमा काम गर्न ल्याउने र यौन कार्यमा लगाए वापत हरेक ग्राहकवाट एकरातको ५ हजार ५ सय लिने गरि ग्राहकसंग मोलमोलाई गरेको भिडियो समेत हामीलाई उपलब्ध भएको छ । यस्ता विवादास्पद तस्करसंग शाहले उनको काँधमा हात राखेर फोटो खिचाएर फेरी अर्काे विवादमा तानिएका छन् ।


यता आफ्नो चुनावमा भारतीय सांसदलाई ल्याएर वोल्न किन लगाएको हो ? भन्ने प्रश्नमा उनीसंगको मेरो पारिवारिक सम्बन्ध हो सम्वन्ध भएका मान्छे आएर प्रचार गर्नु स्वभाविक हो भन्ने प्रतिकृया दिए । यो आश्वासन वाडनु आचारसंहिता विपरित भएनर ? भन्ने प्रश्नमा कसले गरेको छैन र आश्वासन वाड्ने काम भन्दै पन्छिए । विवादित ब्यापारीसंगको फोटोको विषयमा भने त्यो को हो म चिन्दैन भन्ने गैर जिम्मेवार जवाफ शाहले दिएक छन् ।

]]>
https://www.presspatraonline.com/abhisekh/feed/ 0
१६ औं कपिलवस्तु महोत्सव : तयारी ८० प्रतिशत सकियो, जलपरीदेखि स्नो–सिटीसम्म आकर्षण https://www.presspatraonline.com/%e0%a5%a7%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a4/ https://www.presspatraonline.com/%e0%a5%a7%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a4/#respond Tue, 02 Dec 2025 07:23:32 +0000 https://www.presspatraonline.com/?p=10383  

शोभा  भुसाल,

  मंसिर१६, बाणगंगा  आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुने १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को करिब ८० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने महोत्सवका अधिकांश संरचनागत कामहरू अन्तिम चरणमा पुगेका छन्। 

सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणले तयारी तीव्र गतिमा भइरहेको उल्लेख गर्दै मंसिर १७ गतेसम्म सम्पूर्ण काम सकिने जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवको इन्सुरेन्स गरिसकिएको छ भने सुरक्षा व्यवस्थालाई विशेष कडाइका साथ अघि बढाइनेछ।

यस वर्षका लागि करिब ३०० स्टल रहने महोत्सवमा महिला उद्यमी, स्थानीय उद्योग तथा घरेलु उत्पादकलाई सहुलियत दरमा स्टल उपलब्ध गराइएको स्टल संयोजक मिन थापाले जानकारी दिनुभयो। उहाँले केही स्टल अझै खाली रहेको भन्दै इच्छुक उद्योगी–व्यवसायीलाई शीघ्र सम्पर्क गर्न आग्रह गर्नुभयो।

यही बीच, महोत्सवका प्रमुख आकर्षण स्नो सिटी (हिउँ खेल्ने अनुभव), जलपरी, सुनामी पिङ लगायतका संरचना निर्माण तीव्र गतिमा भइरहेको सोसाइटीका सचिव युवराज पन्थीले बताए। विविध मनोरञ्जन र दृश्य–अनुभूति दिने यस्ता संरचनाले दर्शकको आकर्षण बढाउने विश्वास लिइएको छ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले कपिलवस्तुको ऐतिहासिक पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय सहभागीता बढाउने उद्देश्यले महोत्सव आयोजना भएको बताउँदै जिल्लावासी तथा छिमेकी जिल्लाका नागरिकलाई अवलोकनका लागि निम्तो गर्नुभयो।

महोत्सवमा १४ औं कपिलवस्तु डान्स आइडल प्रतियोगिता, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक गतिविधि रहनेछन्। यी सबै आकर्षणका कारण बाणगंगासहित वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक उपस्थिति हुने अपेक्षा गरिएको छ।   

स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरिएको छ। कपिलवस्तुमा परम्परागत रूपमा आइरहेका यस्ता मेला–महोत्सवले जिल्लाको समग्र विकास र पहिचान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

 

]]>
https://www.presspatraonline.com/%e0%a5%a7%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a4/feed/ 0
१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो https://www.presspatraonline.com/danceidol/ https://www.presspatraonline.com/danceidol/#respond Sat, 29 Nov 2025 15:22:30 +0000 https://www.presspatraonline.com/?p=10365
 

हरि आचार्य, कपिलवस्तु
१६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२ को आकर्षण १४ औं कपिलवस्तु डान्स आईडलको अन्तिम अडिसनबाट १५ जना सहभागी छनौट भएका छन् । कृषि, उद्योग, पर्यटन, तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौली बिहानी भन्ने मुल नाराका साथ बाणगंगा वेलफेयर सोसाईटीको आयोजनमा मंसिर १८ गते देखि पौष १ गते सम्म संचालन हुने उक्त महोत्सवको आकर्षण १४ औं कपिलवस्तु डान्स आईडलको शनिवार सम्पन्न फाईनल अडिसनमा २९ जना मध्येबाट १५ जना स्टेज चढ्ने भएका छन्।

विभिन्न चरणका अडिसनहरुबाट यस क्षेत्रका वालवालिका तथा युवायुवतीहरुको प्रतिभा प्रस्फुटन गरि उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले हामीले १६ औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षणको रुपमा १४ औँ डान्स आईडियललाई सञ्चालन गर्न लागिएको र आवेदन दिएका मध्येबाट प्रतिस्पर्धा चलिरहेकोमा हामीले दिनानुदिन विशिष्टीकरण गर्दै प्रतिभा प्रस्फुटनलाई जोड दिई शनिवार सम्पन्न फाईनल अडिसनबाट जम्मा १५ जनालाई महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट गरिएको डान्स आईडियल संयोजक पदम सेनले जानकारी दिए ।

१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गर्ने योजना बनाएको बताए ।

]]>
https://www.presspatraonline.com/danceidol/feed/ 0
प्रथम कपिलवस्तु व्यापार मेला–२०८२को भौतिक तयारी अन्तिम चरणमा, आज (बुधबार) संरचना पूर्ण हुने https://www.presspatraonline.com/kplmela/ https://www.presspatraonline.com/kplmela/#respond Wed, 19 Nov 2025 01:51:46 +0000 https://www.presspatraonline.com/?p=10317 शोभा भुषाल

कपिलवस्तु।

बाणगंगा–८ बोडगौँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म आयोजना हुने ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ का लागि आवश्यक भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको मेलाले प्रदेश तथा राष्ट्रिय स्तरमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।

मेला संयोजक तथा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) का अनुसार आज (बुधबार) मेलास्थलका सम्पूर्ण भौतिक संरचना तयार भइसक्ने छन्। उनले मायादेवी रंगशालालाई प्रदेशस्तरीय आकर्षणको केन्द्रका रूपमा स्थापिति गर्ने उद्देश्यअनुसार तयारी अघि बढाइएकाे जानकारी दिए।

उद्योग व्यापार संघका महासचिव बासुदेव खनाल ले मेलालाई सफल बनाउन कपिलवस्तुवासी सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहभागिताका लागि आह्वान गरे।

संघका कोषाध्यक्ष शालिकराम आचार्य ले महोत्सवमार्फत कपिलवस्तुका प्रमुख पर्यटकीय गन्तव्यहरू राष्ट्रियस्तरमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। स्टल संयोजक माधव भाट क्षेत्री ले मेलालाई आगामी वर्षहरूमा पनि यही समयमा परम्परागत रूपमा निरन्तरता दिने तयारी भएको स्पष्ट पारे।महोत्सवमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी सामग्रीसम्बन्धी विभिन्न स्टल रहनेछन्। साथै कला–संस्कृति प्रस्तुति, फेसन शो, बाल–उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फूड फेस्ट, खेलकुद तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार व्यापार मेलाले स्थानीय व्यवसाय प्रवद्र्धन, कृषि उत्पादन विस्तार, आधुनिक प्रविधिको पहुँच वृद्धि, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ। उद्योग व्यापार संघ कपिलवस्तुले पहिलोपटक यस्तो महोत्सव सञ्चालन गर्न लागेको हुँदा स्थानीय तहमा उत्साह बढिरहेको छ।

]]>
https://www.presspatraonline.com/kplmela/feed/ 0
सिंहदरबारको झल्कोसहित कपिलवस्तु व्यापार मेलाः जलपरीदेखि फिस टनेलसम्म अनौठा आकर्षण https://www.presspatraonline.com/1stkapilvastumela/ https://www.presspatraonline.com/1stkapilvastumela/#respond Sun, 16 Nov 2025 14:36:39 +0000 https://www.presspatraonline.com/?p=10292 बाणगंगा, ३० कार्तिक,
बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण चर्चामा आएको छ ।
आयोजकका अनुसार मेलामा सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण गरिँदैछ, जसले मेलालाई यसअघि कहिल्यै नभएको पहिचान दिलाउने विश्वास लिइएको छ ।
यसबाहेक, मेलामा विश्वकै अग्लो कुकुर र विश्वकै होचो कुकुर, जलपरी, फिस टनेल जस्ता मनमोहक र एलिट आकर्षणहरू पनि प्रदशन गरिने तयारी भइरहेको संरक्षक टोपनारायण बेल्वासेले जानकारी दिए ।
मेला संयोजक खिमानन्द पौडेल (कपिल) का अनुसार मेलाको मूल नारा‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ राखिएको छ । मेला प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । मेलामा १०० रुपैयाँमै १०० रुपैयाँ बराबरको ‘गाईछाप सर्फ पाउडर’ निःशुल्क हुनेछ । यस्तै प्रत्येक दिन लक्की ड्रबाट एक जनालाई साइकिल उपहार र फ्री कफी, निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ । करिब १ लाखभन्दा बढी दर्शक सहभागिता हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना र युवामुखी प्रदर्शन स्टलहरू रहनेछन् ।
युवालाई लक्षित गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फुड फेस्ट तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन् ।
मेलाले स्थानीय व्यवसाय, कृषि उत्पादन, प्रविधि र पर्यटन सम्भावनालाई एउटै मञ्चमा ल्याई रोजगारी र अर्थतन्त्र सुदृढ गर्ने अपेक्षा आयोजकको छ ।

]]>
https://www.presspatraonline.com/1stkapilvastumela/feed/ 0
प्रथम बाणगंगा साइकल यात्रा–२०८२ मा करिब ४०० जनाले ७० कि.मि. यात्रा गर्ने https://www.presspatraonline.com/bangangacycleridespressmeet/ https://www.presspatraonline.com/bangangacycleridespressmeet/#respond Sat, 01 Nov 2025 11:57:17 +0000 https://www.presspatraonline.com/?p=10186 लक्ष्मण सापकोटा
कपिलवस्तु, कार्तिक १५

कपिलवस्तुका विभिन्न धार्मिक, ऐतिहासिक एवं पुरातात्विक स्थलहरुको पहिचान संगै कपिलवस्तुलाई विश्वसामु चिनाउने प्रयत्न सहित प्रथम बाणगंगा साइकल यात्रा २०८२ हुने भएको छ ।

“स्वस्थ जिवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्धन” भन्ने मुल नारा सहित स्थापित संस्था बाणगंगा राइडर्स क्लब कपिलवस्तुको आयोजनामा हुने कार्यक्रमा देशभरका करिव ४०० साइकल यात्रीले बाणगंगा नगरपालिकामा रहेका मुख्य धार्मिक, ऐतिहासिक एवं पुरातात्विक स्थल एवं कपिलवस्तु नगरपालिकाका केहि स्थान गरी अनुमानित ७० कि.मि. साईकल यात्रा गर्ने शनिबार एक पत्रकार सम्मेलन मार्फत जनाईएको छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुषालले जिल्लाका विभिन्न स्थानहरुलाई विश्वसामु प्रचार–प्रसार गर्न क्लवले एैतिहासिक कार्यक्रम गर्न लागेकोमा संचार क्षेत्रबाट सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस्ता क्रियाकलापमा सबैको सहयोग आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

२०८० सालमा स्थापना भएको क्लबले स्थानीय स्तरमा साइकल संस्कृतिको प्रवद्र्धन गर्दै स्वास्थ्य, वातावरण र पर्यटनका पक्षमा जनचेतना फैलाउँदै आएको छ ।

क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार साईकल यात्राले कपिलवस्तुका विविध ऐतिहासिक, धार्मिक र प्राकृतिक गन्तव्यहरूलाई स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार एवं प्रवद्र्धन गर्नुका साथसाथै दिर्घरोगहरु बाट बच्न साइकल चलाउनु पर्छ भन्ने कुराको जनचेतना अभिवृदि गर्ने रहेको बताइको छ ।

कार्तिक २९ गते बिहान ७ बजे चारनम्बर चोकबाट यात्रा प्रारम्भ भई साँझ ५ बजे सक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकले रु १ हजार शुल्क तिर्नुपर्ने कार्यक्रम संयोजक विष्णु घिमिरेले जानकारी दिनुभयो ।

सहभागिहरुलाई यहाँका विभिन्न पर्यटकीय स्थलहरुमा अभिनन्दन, खाजा र एनर्जी ड्रिङ्सको व्यवस्थापन आयोजकले मिलाउने गरी तयारी गरेको जनाएको छ ।

]]>
https://www.presspatraonline.com/bangangacycleridespressmeet/feed/ 0
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै https://www.presspatraonline.com/%e0%a4%9d%e0%a4%b2%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a5%80-%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%ac/ https://www.presspatraonline.com/%e0%a4%9d%e0%a4%b2%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a5%80-%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%ac/#respond Wed, 10 Sep 2025 09:42:32 +0000 https://www.presspatraonline.com/?p=10146 काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।

 

हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोमा जलेकी हुन् ।

उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेको श्रेष्ठले बताए ।

रविलक्ष्मीलाई जिउँदै मारियो भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् ।

‘मानवीय संवेदना हराएको यो एउटा गम्भीर नमूना हो’, श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, मैले भेटेरै आएको हो ।’

नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् । खनाल सकुशल रहेको बुझिएको छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%9d%e0%a4%b2%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a5%80-%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%ac/feed/ 0
युवाको आत्मनिर्भर अभियान : ‘चिया छाहारी’ क्याफे, विदेश जाने दौडबीच स्वरोजगारको नयाँ पहिचान https://www.presspatraonline.com/chiyacharikapilvastu/ https://www.presspatraonline.com/chiyacharikapilvastu/#respond Fri, 05 Sep 2025 09:48:49 +0000 https://www.presspatraonline.com/?p=10128 लक्ष्मण सापकोटा

कपिलवस्तु, भाद्र २०

विदेशी रोजगारतर्फ युवाको तीव्र आकर्षण भइरहेका बेला रुपन्देहीका तीन युवाले भने स्वदेशमै आत्मनिर्भर बन्ने सन्देशसहित कपिलवस्तुमा नयाँ उद्यम सुरु गरेका छन्। उनीहरूले ‘चिया छहारी’ क्याफे सञ्चालनमा ल्याउँदै वैकल्पिक सोच र स्वरोजगारको नयाँ पहिचान दिन खोजेका हुन्।

चिया छाहारीको औपचारिक उद्घाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले युवाहरु विदेश पलायन भैरहेको संवेदनशील अवस्थामा स्वदेशमै स्वरोजगार खोज्दै क्याफे सञ्चालनमा ल्याएको पहलप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले चिया छाहारी केवल व्यापार मात्र नभई साथीभाइबीच भेटघाट गर्ने, विचार साट्ने, नयाँ योजना बनाउन सक्ने र सम्बन्ध मजबुत बनाउने थलोका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

‘चिया छाहारी’ रुपन्देहीको सैनमैना नगरपालिकास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु अध्यक्ष विज्ञान पाण्डे, सह–सचिव रमेश पाण्डे र पूर्व सचिव शिव न्यौपानेले संयुक्त रूपमा सञ्चालनमा ल्याएका हुन्।

सञ्चालकहरूले क्याफे केबल चिया पिउने ठाउँ मात्र नभई संवाद, सिर्जनशीलता र सांस्कृतिक चेतना फस्टाउने साझा चौतारी हुने बताएका छन्। यहाँ विभिन्न स्वादका चियासँगै खाजा नास्ता उपलब्ध हुनेछ भने साहित्यिक गोष्ठी, युवा भेला, कला–सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सुरु गरिएको यस क्याफेले युवालाई वैदेशिक रोजगारीको विकल्प देखाउँदै आत्मनिर्भर समाज निर्माणतर्फ प्रेरणा दिने अपेक्षा गरिएको छ।

]]>
https://www.presspatraonline.com/chiyacharikapilvastu/feed/ 0