प्रदेश खबर - Press Patra Online https://www.presspatraonline.com Sat, 23 May 2026 11:47:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.presspatraonline.com/wp-content/uploads/2024/05/cropped-logo-presspatraonline-32x32.png प्रदेश खबर - Press Patra Online https://www.presspatraonline.com 32 32 वन अतिक्रमण रोक्न ट्र्याक्टर प्रयोग नगर्न मायादेवी साझेदारी वन उपभोक्ता समूहको आग्रह https://www.presspatraonline.com/mayadevisajhedariatikraman/ https://www.presspatraonline.com/mayadevisajhedariatikraman/#respond Sat, 23 May 2026 11:47:02 +0000 https://www.presspatraonline.com/?p=10660

कपिलवस्तु,

कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन क्षेत्रभित्र ट्र्याक्टर प्रयोग गरी भइरहेको खनजोत तथा अतिक्रमण कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। समूहले नेपाल किसान ट्र्याक्टर समिति कपिलवस्तुलाई पत्राचार गर्दै वन क्षेत्र संरक्षणमा सहयोग गर्न अनुरोध गरेको हो।

मायादेवी साझेदारी वन उपभोक्ता समूह वाणगंगा–२ र १०, कपिलवस्तुद्वारा जारी पत्रमा पिपरा तथा पटना वन क्षेत्रभित्र केही व्यक्तिहरूले ट्र्याक्टर प्रयोग गरी वन अतिक्रमण गर्दै खनजोत गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ। वन क्षेत्रभित्र भइरहेको यस्तो गतिविधिले वन संरक्षण, जैविक विविधता तथा वातावरणीय सन्तुलनमा प्रत्यक्ष असर पर्ने भन्दै समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समूहले नेपाल किसान ट्र्याक्टर समितिमा आबद्ध ट्र्याक्टर धनी तथा चालकहरूलाई वन क्षेत्रभित्र कुनै पनि प्रकारको खनजोत नगर्न तथा यस्ता गतिविधिमा संलग्न नहुन सचेत गराउन अनुरोध गरेको छ। वन क्षेत्र अतिक्रमण गरी खेती विस्तार गर्ने वा प्राकृतिक स्रोतको दुरुपयोग गर्ने कार्य कानुनविपरीत भएको उल्लेख गर्दै यस्तो गतिविधि रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने समूहको भनाइ छ।

पत्रमा वन अतिक्रमण तथा अवैध खनजोत कार्य नरोकिए प्रचलित कानून बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। वन संरक्षणमा स्थानीय समुदाय, किसान तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समूहले प्राकृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको जनाएको छ।

मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश प्रसाद जयसवालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ डिभिजन वन कार्यालय तौलिहवा तथा सब डिभिजन वन कार्यालय पिपरा/पटनालाई समेत पठाइएको छ। वन क्षेत्र संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाउनेछ।

 
]]>
https://www.presspatraonline.com/mayadevisajhedariatikraman/feed/ 0
मुख्यमन्त्री कार्यालयका अधिकृत ज्ञवालीको हालीमुहालीले कर्मचारी पीडित  https://www.presspatraonline.com/10654-2/ https://www.presspatraonline.com/10654-2/#respond Thu, 23 Apr 2026 07:23:57 +0000 https://www.presspatraonline.com/?p=10654  
दाङ १० बैशाख 
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलय लुम्विनीमा कार्यरत  बरिष्ट शाखा अधिकृत संजय ज्ञवालीले कर्मचारीहरुलाई दुख दिने नियतले काम गर्दै आएको भन्दै कर्मचारीहरुले गुनासो गरेकाछन् । । मुख्यमन्त्री कार्यलयको कर्मचारी शाखामा कार्यरत  ज्ञवालीले मातहतका कर्मचारीलाई अनाबश्यक दुख दिने गरेको आरोप समेत लाग्दै आएकोछ । उनले मुख्यमन्त्री र प्रदेश सचिव सचिवलाई समेत प्रभावमा राखेर कर्मचारीको सरुवा आर्थिक चलखेल गर्दै आएको गुनासो पटक पटक कर्मचारी बृत्तवाट सुनिदै आएको छ । 
हालसम्म सयौ कर्मचारीको सरुवा गर्दै आएका ज्ञवाली भने ८ वर्षदेखि निरन्तर त्यही बसेर हाली मुहाली गर्दै आएका छन् । लुम्विनी प्रदेशको स्थानीय निजामति सेवा ऐन र नियमावलीमा लुम्विनी प्रदेश भित्रका स्थानीय तहका कर्मचारीलाई खटाउदा दुबै तर्फको सहमतिको कुरा कहिकतै  उल्लेख भएको पाइदैन । तर बरिष्ट शाखा अधिकृत ज्ञवालीले सहमतिको वाहनामा लामो समयदेखि उनलाई नजरना नटक्राउने कर्मचारीको सरुवा र पदस्थापन रोकेका छन् । 
त्यसैगरी २०७६ सालमा लोकसेवा आयोगवाट सिफारिस भएर नियुक्ति पाएको मितिवाट सातौ तहमा तह मिलान भएका कर्मचारीलाई पनि ज्ञवालीले गलत मनसाय राखेर तहबृद्धि हुनवाट रोक्ने गरी परिपत्र जारी गराउने काम समेत उनले गरेको एक पीडित कर्मचारीले वताए । कानुन र नियमावलीले दिएको सुविधा अनुसार तहमिलान भएका कर्मचारीलाई रोक्ने उनको हर्कतमा मुख्यमन्त्री कार्यलयका वर्तमान र विगतका  प्रमुख सचिव समेत मुछिएका छन् । सचिवलाई ववालीले गलत रिपोर्टिग गरेर यस्तो परिपत्र गराएको अन्य सहकर्मी कर्मचारीहरु वताउछन् । 
मुख्य मन्त्रीको कार्यलयवाट तह मिलान रोक्का गर्ने गरि गरिएको परिपत्रलाई चुनौती दिदै पीडित कर्मचारीले उच्च अदालत तुलसीपुरमा दिएको रिट निवेदन उपर अदालतले  २०७६ मा छैठौ तहमा नियुक्त भएका कर्मचारीलाई सोही मितिवाटै लागु हुनेगरी सातौ तह मिलान गर्ने र कानुन बमोजिम आठौतहमा  तहबृद्धि गर्न मिल्ने फैसला दिएकोछ । अदालतको उक्त आदेशले समेत मुख्यमन्त्री कार्यलयका एक अधिकृतलाई छुन सकेको छैन । त्यहा उनकै हाली मुहाली परम्परागत शैलीमा चल्दै आएको छ । अदालतको आदेशपछि पनि पुन परिपत्र गरेर तहमिलान रोक्ने कार्य गरेको प्रति कर्मचारी क्षुब्द बनेका छन् । संघिय लोकसेवा आयोगवाट समान तहमा नियुक्त भएका कर्मचारी अरु प्रदेशमा आठौतहमा बढुवा भएर सेवा सुविधा लिई रहेका छन् तर लुम्विनी प्रदेशमा भने यो रोकिएको अवस्था छ। 
एउटा अधिकृतको लहडका भरमा लुम्विनी प्रदेशमा भने धेरै कर्मचारीले दुख पाई रहेको पीडित कर्मचराीहरुको गुनासोछ । जति मुख्यमन्त्री र मुख्य सचिव आएपनि उनले प्रभावमा पारि हाल्छन् त्यसकै भरमा मातहतका कर्मचारीमाथि अनुचित शासन गर्छन यो पराकाष्टाले सिमा नाघ्यो भन्दै कर्मचारीले पीडा पोखेपनि आफ्नो श्रोत उल्लेख भने गर्न  डराउने गरेका छन्  । ८ बर्षदेखी पकड जमाएका ज्ञवालीले भोलीका दिनमा झनवढी दुख दिन सक्छन् भन्दै श्रोत उल्लेख नगर्न पीडित कर्मचारीले आग्रह गरे । यता मन्त्रालयमा बसेर अदालतको आदेश समेत उपेक्षा गर्ने ज्ञवालीलाई यो बिषयमा कुराकानीका लागि वेभसाइटमा उल्लेखीत उनको मोवाइल नम्वरमा पटक पटक संपर्क गर्दा समेत फोन उठेन ।
]]>
https://www.presspatraonline.com/10654-2/feed/ 0
शिवराजमा नागरिक शान्ति सेवा कार्यक्रम सुरु, वडा स्तरमै विवाद समाधान गर्ने लक्ष्य ।। https://www.presspatraonline.com/propublicsivraj/ https://www.presspatraonline.com/propublicsivraj/#respond Wed, 01 Apr 2026 12:05:14 +0000 https://www.presspatraonline.com/?p=10609 दुई दशकदेखि मेलमिलाप प्रक्रियालाई संस्थागत रूपमा अघि बढाउँदै आएको संस्था प्रो पब्लिक नेपालले कपिलवस्तुको शिवराज नगरपालिकासँग सहकार्य अघि बढाएको छ ।
दुई दशकदेखि सुशासन, पारदर्शिता, मानव अधिकार तथा न्यायमा पहुँचका क्षेत्रमा क्रियाशील जनहित संरक्षण मञ्च – प्रो.पब्लिक र शिवराज नगरपालिकाको संयुक्त आयोजनामा चैत्र १७ गते नागरिक शान्ति सेवा कार्यक्रमको शुभारम्भ तथा समन्वय बैठक सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले वडा स्तरमै विवाद समाधान हुने भएकाले यस कार्यक्रमलाई नगरपालिकाले आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रो पब्लिकका महासचिव धिरज पोख्रेलले कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा विगत तीन वर्षदेखि कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको अनुभवका आधारमा शिवराज नगरपालिकामा पनि कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार विगत २० वर्षमा करिब १५ हजार विवाद मेलमिलापमार्फत समाधान गरिएको छ, जसमा संस्थाले हेरेका ९५ प्रतिशत विवाद सफलतापूर्वक मिलाइएको जानकारी दिनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले अघिल्लो कार्यकालमै यस्तो अभ्यास गरिएको स्मरण गराउँदै प्रत्येक वडामा तिनतिन जना मेलमिलापकर्ता चयन गरिएको भए पनि पुनर्ताजगी तालिम नहुँदा केही समस्या आएको बताउनुभयो ।

अब भने प्रो पब्लिकसँगको सहकार्यमा प्रत्येक वडाबाट नयाँ मेलमिलापकर्ता छनोट गरी तालिम दिइने र पुराना मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

यसैबीच, नागरिक शान्ति सेवा कार्यक्रम सञ्चालनका लागि प्रो पब्लिक नेपाल र शिवराज नगरपालिका बीच आगामी दुई वर्षका लागि सहमति पत्रमा हस्ताक्षर समेत गरिएको छ।

कार्यक्रम संयोजक झबिन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस कार्यक्रमले शिवराज नगरपालिकाको न्यायिक समितिलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

]]>
https://www.presspatraonline.com/propublicsivraj/feed/ 0
३ वर्षभित्र नगरका ७०% घरमा पानी पुर्‍याउने लक्ष्य ,गल्ती प्रमाणित भए उपभोक्ताले कालो मोसो दल्न सक्नेसम्मको चुनौती https://www.presspatraonline.com/bangangakhanepani/ https://www.presspatraonline.com/bangangakhanepani/#respond Fri, 27 Mar 2026 13:46:11 +0000 https://www.presspatraonline.com/?p=10587 सबैको घरमा स्वच्छ पानीको धारा, निरोगी जीवनको सहारा” भन्ने मूल नाराका साथ बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको आठौं वार्षिक साधारण सभा शुक्रबार बाणगंगा नगरपालिका–२ नन्दनगरमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले हालसम्म नगरका २३ हजार ३ सय घरधुरीमा खानेपानी सेवा पुगेको जानकारी दिँदै आगामी ३ वर्षभित्र ७० प्रतिशतभन्दा बढी घरधुरीमा स्वच्छ पानी पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विश्व बहादुर कार्कीले संस्थाले शुद्ध खानेपानी वितरणका लागि कुनै कसर बाँकी नराखेको दाबी गर्नुभयो।

उहाँले आफू सधैं संस्थाको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भए उपभोक्ताले कालो मोसो दल्न सक्नेसम्मको चुनौतीपूर्ण अभिव्यक्ति दिनुभयो।

अध्यक्ष कार्कीको यस्तो अभिव्यक्तिले कार्यक्रम स्थलमा उपस्थित उपभोक्ता तथा सरोकारवालाहरूको ध्यान आकर्षित गरेको थियो।

त्यसैगरी, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णु पौडेलले सामाजिक क्षेत्रमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिए पनि यसले दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले पानी उपभोग गर्ने वास्तविक उपभोक्ताको तथ्यांक संकलन गरेर योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै विशेषगरी दक्षिण क्षेत्रको पानी समस्या समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो।

महासङ्घका केन्द्रीय प्रतिनिधि हुसेल ठकुराईले आयोजना ठूलो भए पनि अपेक्षाकृत उपभोक्ता संख्या कम रहेको भन्दै यसतर्फ सबै सरोकारवालाहरू सचेत हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराई, संस्थापक अध्यक्ष अमरबहादुर थापा, सशस्त्र प्रहरी बेस क्याम्प पिपराका प्रमुख कृष्ण खतिवडा, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेल, संस्थाका उपसमिति, उपभोक्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

]]>
https://www.presspatraonline.com/bangangakhanepani/feed/ 0
नव जागृति सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व सर्वसम्मत चयन https://www.presspatraonline.com/nabajagriti1/ https://www.presspatraonline.com/nabajagriti1/#respond Mon, 23 Mar 2026 14:14:05 +0000 https://www.presspatraonline.com/?p=10579 कपिलवस्तुको बाणगंगा नगरपालिका–२, गोबडिहवामा रहेको नव जागृति सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

विगतमा पदाधिकारीहरूबीचको तिक्तता तथा आन्तरिक विवादका कारण कार्यसम्पादन प्रभावित बनेपछि अघिल्लो कार्यसमिति विघटन गरिएको थियो। सोही सन्दर्भमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।

नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसअनुसार अध्यक्षमा पदमलाल अधिकारी चयन हुनुभएको छ भने उपाध्यक्षमा बेलमाया पुन निर्वाचित हुनुभएको छ। सचिवमा नरमाया पुन, कोषाध्यक्षमा लिल बहादुर राना तथा सह–सचिवमा शिव पाण्डे चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा सिता थापा, रुमाकान्त पौडेल, कृष्ण बहादुर थापा, जमुना राना, बिनु शर्मा र उमा पुन रहनुभएको छ।

यसैगरी, समूहको ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ। लेखा समितिको संयोजकमा विष्णु प्रसाद ज्ञवाली चयन हुनुभएको छ भने सदस्यहरूमा लिला घिमिरे र दुर्गा बहादुर तरामु रहनुभएको छ।

नव निर्वाचित नेतृत्वले सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

]]>
https://www.presspatraonline.com/nabajagriti1/feed/ 0
नव जागृति सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति विगठन || https://www.presspatraonline.com/nabajagriti/ https://www.presspatraonline.com/nabajagriti/#respond Sat, 21 Mar 2026 13:34:24 +0000 https://www.presspatraonline.com/?p=10568 कपिलवस्तुको बाणगंगा नगरपालिका–२, गोबडिहवामा रहेको नव जागृति सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति विघटन गरिएको छ।


विगत लामो समयदेखि पदाधिकारीहरूबीच उत्पन्न तिक्तता तथा आन्तरिक विवादका कारण अधिकांश पदाधिकारी र सदस्यहरूले पहिले नै राजीनामा दिइसकेका थिए। जसका कारण समूहको नियमित कार्यसम्पादन प्रभावित हुँदै आएको थियो।


उपभोक्ताहरूको माग तथा कार्यसम्पादन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष हेमनाथ पौडेलले आज आफ्नो नेतृत्वमा रहेको कार्यसमिति विघटन गर्नुभएको हो।
नयाँ कार्यसमिति चयनका लागि हरि अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिका अन्य सदस्यहरूमा ओम बहादुर गाहा र सारदा थापा रहेको
स्थानीय विष्णु घिमिरेले उक्त जानकारी दिनुभएको छ ।

 

]]>
https://www.presspatraonline.com/nabajagriti/feed/ 0
क्षेत्र नं ३ का उम्मेदवार शाहको चुनावी प्रचाारमा भारतीय सांसद जगदम्विका पालको घरदैलो ।। मतदाता प्रभावित गर्न झुटाठा आश्वासन https://www.presspatraonline.com/abhisekh/ https://www.presspatraonline.com/abhisekh/#respond Mon, 02 Mar 2026 11:44:07 +0000 https://www.presspatraonline.com/?p=10539 कपिलवस्तु १८ फागुन ।
कपिलवस्तु क्षेत्र नं ३ वाट ३ पटक सांसद बनेका अभिशेष प्रताप शाह चौथो पटक नेपाली कांग्रेसवाट प्रतिनिधी सभाकालागि उम्मेदवार भएका छन् । विगतमा आन्तरीक राजश्व तथा भन्सार कार्यलय कृष्णनगरका कर्मचारीलाई धम्काएको हल्लवोल आन्दोलन चाएको लगायतका घटनामा विवादमा पर्दै आएका अभिशेष प्रताप शाह यसपाली आफ्नो चुनावमा भारतका वहालवाला सांसदलाई ल्याएर भारतीय सहयोग भित्राउने वाहानाका झुटठा आश्वासन दिन लगाएर फेरी विवादमा तानिएकाछन् ।

 


हामिलाई प्राप्त भिडियोमा शिद्धार्थ नगर भारतवाट लोकसभा सदस्य रहेका जगदम्विका पाल शाहको चुनावी अभियानमा आएर मतदातालाई भुठठा आश्वासन वाडेको पुष्टि भएको छ । भारतीय सांसद पालले अभिशेषलाई जिताएमा भारतीय सहयोगमा ठूलो अस्पताल बनाइदिने भन्दै मतदातालाई आश्वासन दिएको भिडियो प्राप्त भएको छ ।
फागुन २१ मा हुन लागेको नेपालीको प्रतिनिधी सभा निर्वाचनमा मतदातालाई झुठठा आश्वासन दिन वा प्रलोभनमा पार्न पाइदैन । त्यस्तो गरे आचार संहिता उलंघनको कारवाही हुन सक्छ । तर उम्मेदवार शाहले निर्वाचन आचार संहिता विवरीत काम गरेकाछन् । त्यसो त केहिदिन अघि विगतमा कांग्रेसवाटै मन्त्री बनेका तर हाल एमालेवाट क्षेत्र नं ३ को प्रतिनिधी सभाका उम्मेदवार विरेन्द्र कनौडियाले शाह खानादानका अभिशेष शाहका पिता र उनले गरी करिव ३० वर्ष सो क्षेत्रमा शासन गरेपनि कुनै एक विद्यालय भवन र एक स्वास्थ्य चौकी सम्म नबनेको दावि गरेका थिए।

कनौडियाको दावि पछि कुनै आफूसंग जवाफ नभएका शाहले वहालवाला भारतीय सांसदलाई वोलाएर चुनावी कार्यक्रममा भारतले अस्पताल वनाई दिन्छ भन्ने आश्वासन दिन लगाएका हुन। ।
तर उनको यो कदमलाई क्षेत्र नं ३ का मतदाताले आफूले ३ पटक सांसद हुदा र आफ्नै नेतृत्वको सरकार हुदा समेत केहि गर्न नसक्नेले अहिले आएर भारतीय सांसद खडा गरेर झुटठा आश्वासन वाड्ने भन्दै आलोचना गरेकाछन् । त्यसो त भारतीय दैनिक भास्करले नेपाली केटीको तस्कर भनेर भिडियो सहितको तथ्य प्रमाण सहित भास्कर इन्भिेष्टिगेशन रिपोर्ट बनाएका बढ्नीमा होटल चलाउने ब्यक्ति बरुण सिंह समेत शाहको चनावी प्रचार अभियानमा सहभागि भएर शाहसंग फाटो शेयर गरेका छन् ।शाहले अंंकमाल गरेर खिचेको फोटो समेत प्राप्त भएको छ ।

सिंहले चन्द्रौटाको एक होटल मार्फत नेपाली केटि २ लाख देखि ५ लाख रकममा किनेर भारतीय होटलमा काम गर्न ल्याउने र यौन कार्यमा लगाए वापत हरेक ग्राहकवाट एकरातको ५ हजार ५ सय लिने गरि ग्राहकसंग मोलमोलाई गरेको भिडियो समेत हामीलाई उपलब्ध भएको छ । यस्ता विवादास्पद तस्करसंग शाहले उनको काँधमा हात राखेर फोटो खिचाएर फेरी अर्काे विवादमा तानिएका छन् ।


यता आफ्नो चुनावमा भारतीय सांसदलाई ल्याएर वोल्न किन लगाएको हो ? भन्ने प्रश्नमा उनीसंगको मेरो पारिवारिक सम्बन्ध हो सम्वन्ध भएका मान्छे आएर प्रचार गर्नु स्वभाविक हो भन्ने प्रतिकृया दिए । यो आश्वासन वाडनु आचारसंहिता विपरित भएनर ? भन्ने प्रश्नमा कसले गरेको छैन र आश्वासन वाड्ने काम भन्दै पन्छिए । विवादित ब्यापारीसंगको फोटोको विषयमा भने त्यो को हो म चिन्दैन भन्ने गैर जिम्मेवार जवाफ शाहले दिएक छन् ।

]]>
https://www.presspatraonline.com/abhisekh/feed/ 0
जितपुरमा ओएसिस एजुकेसन कन्सल्टेन्सीको शाखा सञ्चालनमा https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%93%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%b8-%e0%a4%8f%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a4%a8-%e0%a4%95/ https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%93%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%b8-%e0%a4%8f%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a4%a8-%e0%a4%95/#respond Sat, 07 Feb 2026 12:29:45 +0000 https://www.presspatraonline.com/?p=10523

कपिलवस्तु, जितपुर।

युनिक भुसाल,

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–४, जितपुरमा ओएसिस एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ। विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालनमा आएको उक्त शाखाले अस्ट्रेलिया, क्यानडा, युके तथा अमेरिका जस्ता मुलुकमा सरल, सहज र भरपर्दो प्रक्रियामार्फत विद्यार्थी पठाउने सेवा प्रदान गर्ने जनाएको छ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै शाखा म्यानेजर विकास बेल्बासेले विदेश अध्ययनको चाहना राख्ने विद्यार्थीहरूलाई सही सूचना, गुणस्तरीय परामर्श तथा पारदर्शी सेवा दिनु नै ओएसिस एजुकेसन कन्सल्टेन्सीको प्रमुख उद्देश्य रहेको बताए।
उनले भने, “विद्यार्थीको शैक्षिक योग्यता, क्षमता र आर्थिक अवस्थालाई मूल्यांकन गरी उपयुक्त देश, कलेज तथा कोर्स छनोटमा सहयोग गर्छौं। भ्रम फैलाउने होइन, यथार्थ जानकारी दिनु हाम्रो प्राथमिकता हो।”

बेल्बासेका अनुसार ओएसिस एजुकेसन कन्सल्टेन्सीले करियर काउन्सेलिङ, युनिभर्सिटी तथा कलेज छनोट, आवश्यक कागजात तयारी, भिसा प्रक्रिया, स्कलरशिपसम्बन्धी परामर्श र प्रि–डिपार्चर ओरिएन्टेसन लगायत सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ।

 

 

स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा उपलब्ध भएपछि विद्यार्थीहरूलाई काठमाडौँ तथा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले जितपुरमै भरपर्दो कन्सल्टेन्सी सञ्चालनमा आएकोमा खुशी व्यक्त गरेका छन्।

ओएसिस एजुकेसन कन्सल्टेन्सीले आगामी दिनमा शैक्षिक सेमिनार, करियर गाइडलाइन कार्यक्रम तथा विदेश अध्ययनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ।

 

 

 

]]>
https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%93%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%b8-%e0%a4%8f%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a4%a8-%e0%a4%95/feed/ 0
गगन थापादेखि केपी ओलीसम्मको नाम लिँदै पैसा उठाउने अमेरिकी नागरिक पक्राउ https://www.presspatraonline.com/gagan/ https://www.presspatraonline.com/gagan/#respond Mon, 02 Feb 2026 10:04:49 +0000 https://www.presspatraonline.com/?p=10507

 

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।
जहाँ केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
यसका साथै लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरुको नाम समेत राखेको भेटिएको छ । ‘निकलेज इडीयू एनपी’ नामको वेबसाइटमा यस्तो प्रचार गरिएको विभागका प्रवक्ता टिकाराम ढकाल बताउँछन् । यो कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस् स्टडिज् आदी अध्ययन गराउने सूचना राखेको थियो ।

]]>
https://www.presspatraonline.com/gagan/feed/ 0
मृत्युबाट फर्किएका अतहर कमालको दाबी : कांग्रेसलाई जिताएर मन्त्री बन्छु https://www.presspatraonline.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a4%e0%a4%b9%e0%a4%b0-%e0%a4%95%e0%a4%ae/ https://www.presspatraonline.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a4%e0%a4%b9%e0%a4%b0-%e0%a4%95%e0%a4%ae/#respond Sat, 31 Jan 2026 13:13:24 +0000 https://www.presspatraonline.com/?p=10493
 
 
 
 
 
 
 
कपिलवस्तु, — नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफू इमानदार छविका आधारमा निर्वाचन जित्ने र मन्त्री बन्ने दाबी गर्नुभएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेशसभा (ख) क्षेत्रीय समितिले मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको कार्यकर्ता भेला, छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो। गत वर्ष ओपन हार्ट सर्जरीपश्चात गम्भीर अवस्थाबाट फर्किएको स्मरण गर्दै कमालले भन्नुभयो, “म सायद आज तपाईंहरूबीच नहुन पनि सक्थेँ। नागरिकको आशीर्वाद, सत्कर्म, निष्ठा र इमान्दारिताका कारण जीवनदान पाएको हुँ। मृत्युबाट फर्किएको मानिसलाई गलत व्यक्तिसँग डर लाग्दैन। जनताको गुन चुनाव जितेर क्षेत्रको विकास गरेर तिर्छु।” संविधानसभा सदस्यसमेत रहनुभएका कमालले २०७० सालमा स्वतन्त्र रूपमा निर्वाचन जिते पनि पार्टी निष्ठामा कायम रहेकाले यसपटक पार्टीबाट उम्मेदवार बनेको बताउनुभयो। सभापति गगन थापाको नेतृत्वमा सरकार बने आफू मन्त्री बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो। उहाँले २०४८ सालदेखि विकासबाट पछि परेको क्षेत्रमा आफू र पूर्व प्रदेश भौतिक योजना मन्त्री सहसराम यादवले पूर्वाधार, सिँचाइ र स्वास्थ्य क्षेत्रमा काम गरेको उल्लेख गर्नुभयो। “२०७० सालमा स्वतन्त्र लड्दा अग्रज नेता राजेश आचार्यसँग क्षमा मागिसकेको छु, अहिले हामी एकै ठाउँमा छौं,” उहाँले भन्नुभयो। निर्वाचन परिणाम कांग्रेसकै पक्षमा आउने दाबी गर्दै उहाँले कार्यकर्तालाई ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व पार्टी सभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले लोकतन्त्र र अधिकार संरक्षणका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो। पूर्व प्रदेशमन्त्री सहसराम यादवले क्षेत्रको विकासलाई निरन्तरता दिन अतहर कमाललाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो। पूर्व पार्टी सभापति राजेश आचार्यले पार्टीभित्र एकता कायम गरी कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेता ललित गुरुङ, रामआशिष पाण्डेय, शोहरत तेली, विश्वम्भर कुर्मी, वजिह अरसद तथा वलीउद्दिन मुसलमानलगायतले पनि धारणा राख्नुभएको थियो।
 

 
]]>
https://www.presspatraonline.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a4%e0%a4%b9%e0%a4%b0-%e0%a4%95%e0%a4%ae/feed/ 0