सुदूरपश्चिम - Press Patra Online https://www.presspatraonline.com Tue, 22 Jul 2025 14:18:41 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.presspatraonline.com/wp-content/uploads/2024/05/cropped-logo-presspatraonline-32x32.png सुदूरपश्चिम - Press Patra Online https://www.presspatraonline.com 32 32 सानागाउँ सिकाइ केन्द्र द्वारा ५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6/ https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6/#respond Wed, 16 Jul 2025 12:54:03 +0000 https://www.presspatraonline.com/?p=9526 डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.४ सानागाउमा रहेको सानागाउँ सामुदायिक सिकाइ केन्द्रले बालबालिकालाई आज (बुधवार) विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । 
पालिकाको वाड नं.४ भित्रका पाँच वटा विद्यालयका ५३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएका हो ।
शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रम अन्तरगत पुर्वीचौकी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा र सानागाउँ सामुदायिक सिकाइ केन्द्रको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको बताइएको छ ।

विद्यालयमा भर्ना भई शैक्षिक सामाग्रीको अभावमा अवरोध पुगेका टुहुरा तथा परिवारको आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पठनपाठनमा सहज होस भन्ने उद्देश्यले विद्यालयको छनोटका आधारमा शैक्षिक सामाग्री वितरण गरिएको सानागाउँ सामुदायिक सिकाइ केन्द्रका परिचालक मथुरा शर्मा जोशीले बताइन् ।

टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शैक्षिक स्तर उकास्नका सिकाइ केन्द्रले निरन्तर काम गर्दै आइरहेको छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6/feed/ 0
जिल्ला स्वास्थ्य कार्यालय डोटीको प्रगतिबारे पत्रकारहरूसँग अन्तरक्रिया https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/ https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/#respond Tue, 15 Jul 2025 17:08:33 +0000 https://www.presspatraonline.com/?p=9522 पुरुषाेत्तम अवस्थी

डोटी: जिल्ला स्वास्थ्य कार्यालय डोटीको प्रगतिबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‎कार्यालयले स्वास्थ्य सेवा, कार्यक्रमको प्रगति र सूचनाको प्रभावकारिता विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम हो ।

‎स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न स्वास्थ्य गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवा प्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो।

‎स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न स्वास्थ्य गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवा प्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो।

‎स्वास्थ्य कार्यलयले सवल पक्ष तथा राम्रा अभ्यासहरुमा प्रजनन स्वास्थ्य, परिवार नियोजन शिबिर संचालन, बिद्यालय स्वास्थ्य नर्स कार्यक्रम, जिल्लामा खानेपानी गुणस्तर परिक्षण, नसर्ने रोग सम्बन्धी इस्क्रिनिंग (रक्तजाच, सुगर, पिसापमा प्रोटिन जाच सबन्धि जाच) कार्यक्रम रहेका थिए ।
‎त्यसैगरी  स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण तथा समिक्षा, बिद्यालयमा बिद्यार्थीहरुको कान दात आखा चेकजाच तथा उपचार शिबिर, जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम, कोभिड, दादुरा रुबेला र आई.पी.भी. खोप अभियान जस्ता कार्यक्रम गरेको थिए ।



‎त्यस्तै चुनौतीहरुमा पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्नु, दरबन्दी संरचना परिमार्जन हुन नसक्नु, आधारभुत स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न नसकिनु, समुदाय स्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने service outlets को कार्य विवरण पुनरावलोकन गर्न नसकिनु, बजेटको बिनियोजन र कार्यान्वयनमा समस्या हुनु र सामाजिक निर्धारक तत्वहरुको समस्या रहेका थिए ।

‎कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले स्वास्थ्य कार्यालय डोटीले पत्रकार मैत्री भूमिका निर्वाह गर्दै आएको र आवश्यक सूचना दिने कुरामा प्रशंसनीय काम गरिरहेको बताउँदै कार्यालयको खुलेर प्रशंसा गर्नुभयो।

‎कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य बीमा, सुरक्षित गर्भपतन सेवा, खानेपानीको गुणस्तर, गाउँगाउँमा चिकित्सकको अभाव, औषधि अभाव, स्वास्थ सेवाको पहुँच र बजेट कार्यान्वयनको अवस्था लगायत विषयमा जिज्ञासा राखेका थिए । प्रमुख मलासीले ती जिज्ञासाको जवाफ दिँदै पत्रकारहरूसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमले स्वास्थ्य क्षेत्र र सञ्चारबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा लिइएको छ।

]]>
https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/feed/ 0
डोटीमा स्वास्थ्य कार्यक्रमको प्रगतिबारे पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न https://www.presspatraonline.com/%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d/ https://www.presspatraonline.com/%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d/#respond Tue, 15 Jul 2025 13:00:46 +0000 https://www.presspatraonline.com/?p=9518 डोटी, असार ३१ – जिल्ला स्वास्थ्य कार्यालय डोटीले स्वास्थ्य सेवा, कार्यक्रमको प्रगति र सूचनाको प्रभावकारिता विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

स्वास्थ्य कार्यालयको तालिम हलमा सम्पन्न उक्त कार्यक्रममा कार्यालय प्रमुख रमेश मलासीले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न स्वास्थ्य गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवाप्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य बीमा, सुरक्षित गर्भपतन सेवा, खानेपानीको गुणस्तर, गाउँगाउँमा चिकित्सकको अभाव, औषधि अभाव, स्वास्थ सेवाको पहुँच र बजेट कार्यान्वयनको अवस्था लगायत विषयमा जिज्ञासा राखेका थिए। प्रमुख मलासीले ती जिज्ञासाको जवाफ दिँदै पत्रकारहरूसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले स्वास्थ्य कार्यालय डोटीले पत्रकार मैत्री भूमिका निर्वाह गर्दै आएको र आवश्यक सूचना दिने कुरामा प्रशंसनीय काम गरिरहेको बताउँदै कार्यालयको खुलेर प्रशंसा गर्नुभयो।

जिल्लाका सक्रिय पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सूचनाको प्रभावकारिता, पारदर्शिता, सेवाको गुणस्तर, सञ्चारसँगको सहकार्य र जनउत्तरदायित्व जस्ता विषयमा समेत खुलेर छलफल भएको थियो।

 

कार्यक्रमले स्वास्थ्य क्षेत्र र सञ्चारबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा लिइएको छ।

]]>
https://www.presspatraonline.com/%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d/feed/ 0
पालिका स्तरीय परियोजना सल्लाहकार समितिबाट परियोजनाको अनुगमन https://www.presspatraonline.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/ https://www.presspatraonline.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/#respond Wed, 09 Jul 2025 12:37:47 +0000 https://www.presspatraonline.com/?p=9512 गणेश बहादुर मौनी
असार २५डोटी
एक्सीस परियोजना अन्तरगत बडीकेदार गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिले परियोजनाको अनुगमन गरेको छ ।
बालिका तथा समावेशी शिक्षा सञ्जाल गुनासो सुनुवाइ समिति विद्यालय सुधार योजना अन्तरगत समितिले बुधवार बर्छैन माध्यामीक विद्यालयमा गठन गरेको सञ्जालको गतिविधिको बारेमा अनुगमन गरी समीक्षा गर्नुका साथै समितिका काम कर्तव्यको बारेमा जानकारी गराइएको एक्सीस परियोजना जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।
बडीकेदार गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन परियोजनाले सहयोग गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, शाखाका कर्मचारी, संस्थाका कर्मचारी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गरी शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/feed/ 0
डोटीमा सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय बैठक सम्पन्न https://www.presspatraonline.com/%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e/ https://www.presspatraonline.com/%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e/#respond Wed, 09 Jul 2025 08:57:42 +0000 https://www.presspatraonline.com/?p=9507 तेजु ओलि ,असार २५

डोटी जिल्ला प्रशासन कार्यालयको सभाहलमा आज सूचना अधिकारी तथा सञ्चारकर्मीबीच समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरू तथा सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा सूचनाको हक ऐनको प्रभावकारी कार्यान्वयन, जिल्लाका सतहमा आएका गुनासाहरु,सरकारी सूचना प्रवाहमा पारदर्शिता, तथा सञ्चारकर्मी र सरकारी निकायबीचको समन्वयका विषयमा गहन छलफल भएको थियो।

यसरी जिल्ला स्थित सरकारी कार्यलय का सुचना काररी र संचारकर्मि संगै भएको बैठक नया र प्रभावकारी भएको बताउदै पत्रकार कर्ण चन्दले प्रहरी बाट पाएको सुचना आधिकारिक भएता पनि पछाडि हटेको ले आम जनमानसमा असर पर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले भ्रामक सूचना र अफवाह नियन्त्रण, विपद् तथा आकस्मिक अवस्थाहरूमा सूचना व्यवस्थापन, तथा गुनासो संकलन, नागरिक वडापत्र र जवाफदेहिता लगायतका बिषयमा कुरा राख्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशिले कार्यक्रम समापन गर्दै बैठकले सूचना अधिकारीहरूलाई नागरिकमैत्री ढंगले सेवा प्रवाह गर्न प्रेरित गर्ने र सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित जानकारी दिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। सुचना आधिकारिक र सन्चारकर्मी विच संगै एउटै ठाउमा सहभागी गराउदा गुनासो समयमै समाधान हुने र सुचना आम जनमानसमा चाडै पुग्ने बताउनुभयो।

]]>
https://www.presspatraonline.com/%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e/feed/ 0
जिउदै मानिसलाई मरेकाे भनी मेयरका छाेराकाे नाममा खाता खाेल्न शैल्यशिखरकाे सिफारिस https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%a8/ https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%a8/#respond Wed, 09 Jul 2025 05:20:26 +0000 https://www.presspatraonline.com/?p=9501 दार्चुला ,,,,

दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे कृषि शाखाले जिउदै मानिसलाई मरेकाे भनी ग्लाेबल आई.एम.ई बैंक गाेकुलेश्वर दार्चुला शाखालाई खाता खाेल्न सिफारिस गरेकाे छ ।

शैल्यशिखर नगरपालिका वडा नं. ६ मा गठित मालिकार्जुन अगुवा कृषक समुहका अध्यक्ष जानकि धामी र सचिव मन्जु धामीकाे मृत्यु भई खता निष्कृिय भएकाे र समुहका नयाँ अध्यक्ष जनक सिंह धामी र सचिव बसन्ती बाेहराकाे हस्ताक्षर बाट खाता संचालन हुने गरि खाता नविकरण गर्न शाखा प्रमुख दिपक बिस्ट द्वारा यहि २३ हस्ताक्षरित सिफारिसमा उल्लेख गरिईकाे छ ।

शाखाले गरेकाे सिफारिसकाे आधारमा बहाल वाला खाता वालालाई फाेन गरि हेर्दा सिफारिसकाे कुरा झुटा भए पछि खाता संचालन गर्न राेकीएकाे ग्लाेवबल आई.एम.ई.बैंक गाेकुलेश्वर शाखा प्रमुख अनिल धामिले बताए ।

शाखाले गर्न नहुने कार्य गरेकाे भन्दै तुरुतै कार्यपालिकाकाे बैठक बसि बैठककाे निर्णय अनुसार शाखा प्रमुखलाई कार्वाही गरिने शैल्यशिखर नगपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्र्द बहादुर बिस्टले बताए ।

नयाँ बैंक खाता संचालनका लागि सिफारिस गरिएका जनक सिंह धामी शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी छोरा हुन ।

]]>
https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%bf%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%a8/feed/ 0
बडीकेदार गाउँपालिका द्वारा चार जना बिद्यार्थिलाई सम्मान https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-2/ https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-2/#respond Mon, 07 Jul 2025 00:24:06 +0000 https://www.presspatraonline.com/?p=9497 गणेश बहादुर मौनी
असार २२ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले पालिका अन्तरगत विभिन्न तहमा अध्ययनरत चार जना बिद्यार्थिलाई एक कार्यक्रमका बिच आइतबार सम्मान गरेको छ ।

पालिकाले एस इइ परीक्षामा पालिका अन्तरगत उत्कृष्ट नतिजा ल्याउन सफल एक छात्रा र एक छात्र त्यसै गरी आधारभूत तह कक्षा ८ मा पालिका स्तरमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगद सहित सम्मान गरेको बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए ।

२०८० सालको एस इइ परीक्षामा सामेल भई २०८१ मा प्रकाशित नतिजामा पालिकाभरि उत्कृष्ट नतिजा ल्याउन सफल भएका शिवजी माध्यामीक विद्यालय वडा नम्बर ४मा अध्ययनरत छात्र तिलक थापामगर(३.२५ जिपिए) र सोही विद्यालयमा अध्ययनरत छात्रा राधा जेठरा(३.२२ जिपिए) लाई प्रमाण पत्र सहित नगद जनही ५० हजारका दरले सम्मान गरिएको थियो ।

भने त्यसै गरी आधारभूत तह पालिका अन्तरगत कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल विष्णु मावि मुलेचौर वडा नम्बर ३ की छात्रा सुनिता कुमारी सार्की(३.६७जिपिए) र विष्णु मावि बरालगाउँ वडा नम्बर ४ का छात्र जीवन सार्की(३.५९) लाई प्रमाण पत्र सहित नगद जनही ४० हजारका दरले उपलब्ध गराइ सम्मान गरिएको शाखा प्रमुख देउवाले बताए ।

उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थिलाई सम्मान गर्दा विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै अरू बिद्यार्थिहरुलाई पनि प्रतिस्पर्धा को वातावरण बन्न सहजता हुने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।

पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । विद्यार्थिहरु लाई सम्मान गर्दा शैक्षिक गुणस्तरमा सुधार हुनुका साथै बिद्यार्थिहरु मा स्वयं अध्ययन गर्ने बानीको विकासमा सहयोग पुग्ने समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा सहजता होस भन्ने हेतुले पालिका अन्तरगतका उत्कृष्ट बिद्यार्थिहरुलाई सम्मान गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । अध्यक्ष साउदले पालिकाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पालिकाले एक वडामा एक नमुना विद्यालय, असहाय, टुहुरा बालबालिकाहरूको लागि निःशुल्क आवासीय विद्यालय, आधुनिक कम्प्युटर ल्याब सहितको व्यवस्थापन, स्थानीय पाठ्यपुस्तक निमार्ण तथा कार्यान्वयन लगायतका सवालहरूमा पालिकाले निरन्तरता कार्य गर्दै आइरहेको समेत बताए । बिद्यार्थिहरुलाई सम्मानको कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने समेत अध्यक्ष साउँदले बताए ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-2/feed/ 0
बडीकेदार गाउँपालिकाको बजेट तथा योजना पारित https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c/ https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c/#respond Sun, 06 Jul 2025 13:40:56 +0000 https://www.presspatraonline.com/?p=9491 गणेश बहादुर मौनी
असार २२ डोटी

डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेट तथा योजना आज आइतबार गाउँपालिकाको १७ औ अधिवेशनको बैठक नम्बर २ ले पारित गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले असार १० गते ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उक्त बजेट माथि छलफल गर्दै गाउँ सभा बैठकले सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

पालिकाले आगामी आर्थिक वर्षको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण सुशासन र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई विशेष प्राथमिकता दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c/feed/ 0
करेन्ट लाग्दा डोटीको बडीकेदारमा सात बाख्रा मरे https://www.presspatraonline.com/%e0%a4%95%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%a1%e0%a5%80/ https://www.presspatraonline.com/%e0%a4%95%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%a1%e0%a5%80/#respond Sun, 06 Jul 2025 13:36:31 +0000 https://www.presspatraonline.com/?p=9487 गणेश मौनी
असार २२ डोटी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासि करेन्ट प्रवाह हुँदा सात वटा बाख्रा मरेका छन् ।

गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासि जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीम बहादुर साउद र भगिराम साउँदका सात वटा बाख्राको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

वर्षाको समयमा बिद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।

उनले भने केही समयमा अगाडी वडा नम्बर ४ मान्नाकापडीमा गोरुको मृत्यु भएको थियो, आज बाख्रा मरेका छन् भोलीका दिनमा मानवीय क्षति नहोस् भन्ने हेतुले करेन्ट प्रवाह र चुहावटको अवस्थाको परीक्षण गर्न आवश्यक रहको समेत बताए ।

यसमा बिजुली बिस्तार तथा निमार्ण कम्पनी र विद्युत् कार्यालयले समयमै विशेष ध्यान दिन आवश्यक रहको समेत बताए ।

केही महिना अगाडी बडीकेदार गाउँपालिका वडा नम्बर ४ मा पनि पोल नजिक एक गोरुलाई करेन्ट लागेर मृत्यु भएको थियो ।

]]>
https://www.presspatraonline.com/%e0%a4%95%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a1%e0%a5%8b%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%a1%e0%a5%80/feed/ 0
गर्भवती महिलालाई उपाध्यक्षको कोसेली https://www.presspatraonline.com/%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95/ https://www.presspatraonline.com/%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95/#respond Sat, 05 Jul 2025 01:41:26 +0000 https://www.presspatraonline.com/?p=9483 डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्काले गर्भवती महिलालाई कोसेली वितरण गर्नु भएको छ ।

उपाध्यक्ष सँग गर्भवती महिलाहरूलाई पोषण कोसेली वितरण कार्यक्रम अन्तरगत पालिकाका १८२ जना गर्भवती महिलाहरूलाई कोसेली वितरण गरिएको हो ।

गर्भ अवस्थामा बच्चा र आमाको निकै ख्याल गर्नाले जन्मिने शिशु स्वस्थ र तन्दुरुस्त हुने भएकाले गर्भवतीमाले यस्तो बेलामा पोसिलो खानेकुरा खाने बानीको विकास होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।

उपाध्यक्ष पशुपती खड्काले आजभोलिका महिलाहरू बजारको खानेकुरामा बढी आकर्षित हुने गरेकाले आफ्नै घरमा उत्पादित स्वास्थ्यकर खानेकुरा खानु पर्ने बताउनु भएको छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95/feed/ 0