समाज - Press Patra Online https://www.presspatraonline.com Wed, 01 Apr 2026 12:05:14 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.presspatraonline.com/wp-content/uploads/2024/05/cropped-logo-presspatraonline-32x32.png समाज - Press Patra Online https://www.presspatraonline.com 32 32 शिवराजमा नागरिक शान्ति सेवा कार्यक्रम सुरु, वडा स्तरमै विवाद समाधान गर्ने लक्ष्य ।। https://www.presspatraonline.com/propublicsivraj/ https://www.presspatraonline.com/propublicsivraj/#respond Wed, 01 Apr 2026 12:05:14 +0000 https://www.presspatraonline.com/?p=10609 दुई दशकदेखि मेलमिलाप प्रक्रियालाई संस्थागत रूपमा अघि बढाउँदै आएको संस्था प्रो पब्लिक नेपालले कपिलवस्तुको शिवराज नगरपालिकासँग सहकार्य अघि बढाएको छ ।
दुई दशकदेखि सुशासन, पारदर्शिता, मानव अधिकार तथा न्यायमा पहुँचका क्षेत्रमा क्रियाशील जनहित संरक्षण मञ्च – प्रो.पब्लिक र शिवराज नगरपालिकाको संयुक्त आयोजनामा चैत्र १७ गते नागरिक शान्ति सेवा कार्यक्रमको शुभारम्भ तथा समन्वय बैठक सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले वडा स्तरमै विवाद समाधान हुने भएकाले यस कार्यक्रमलाई नगरपालिकाले आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रो पब्लिकका महासचिव धिरज पोख्रेलले कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा विगत तीन वर्षदेखि कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको अनुभवका आधारमा शिवराज नगरपालिकामा पनि कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार विगत २० वर्षमा करिब १५ हजार विवाद मेलमिलापमार्फत समाधान गरिएको छ, जसमा संस्थाले हेरेका ९५ प्रतिशत विवाद सफलतापूर्वक मिलाइएको जानकारी दिनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले अघिल्लो कार्यकालमै यस्तो अभ्यास गरिएको स्मरण गराउँदै प्रत्येक वडामा तिनतिन जना मेलमिलापकर्ता चयन गरिएको भए पनि पुनर्ताजगी तालिम नहुँदा केही समस्या आएको बताउनुभयो ।

अब भने प्रो पब्लिकसँगको सहकार्यमा प्रत्येक वडाबाट नयाँ मेलमिलापकर्ता छनोट गरी तालिम दिइने र पुराना मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

यसैबीच, नागरिक शान्ति सेवा कार्यक्रम सञ्चालनका लागि प्रो पब्लिक नेपाल र शिवराज नगरपालिका बीच आगामी दुई वर्षका लागि सहमति पत्रमा हस्ताक्षर समेत गरिएको छ।

कार्यक्रम संयोजक झबिन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस कार्यक्रमले शिवराज नगरपालिकाको न्यायिक समितिलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

]]>
https://www.presspatraonline.com/propublicsivraj/feed/ 0
समृद्ध कपिलवस्तु निर्माणका लागि सबैको साथ आवश्यक : उम्मेदवार विश्राम थारु चौधरी https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/#respond Thu, 29 Jan 2026 08:57:45 +0000 https://www.presspatraonline.com/?p=10473 कपिलवस्तु ।

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणका लागि सबैको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताएका छन्।

समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर निर्वाचन अभियान अघि बढाइने बताए।

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी, कपिलवस्तुको गजेहडामा सम्पन्न प्रथम बैठकलाई सम्बोधन गर्दै चौधरीले जिल्लामा रहेका विकासका अवसरहरूको अधिकतम सदुपयोग गर्दै कपिलवस्तुलाई समृद्ध जिल्लाको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे।

उनले जनताको भरोसा र साथलाई नै आफ्नो प्रमुख शक्ति ठानेर निर्वाचन अभियानलाई अझ प्रभावकारी बनाइनेसमेत बताए। सबै राजनीतिक दलका कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई एकताबद्ध भएर विकासको यात्रामा सहभागी हुन उनले आह्वान गरे।

]]>
https://www.presspatraonline.com/%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/feed/ 0
जाडो बढेपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका विद्यालयमा विदा https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%be%e0%a4%a1%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b/ https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%be%e0%a4%a1%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b/#respond Tue, 23 Dec 2025 15:15:39 +0000 https://www.presspatraonline.com/?p=10454

कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाले बढ्दो चिसो र प्रतिकूल मौसमका कारण गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाहरूमा जाडो विदाको घोषणा गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, बैदौली कपिलवस्तुबाट जारी सूचनाअनुसार विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जाडो विदा दिने निर्णय गरिएको जनाईएको छ । सूचनामा उल्लेख भएअनुसार यही पौष ९ गतेदेखि आगामी पौष १४ गतेसम्म जाडो विदा हुनेछ। उक्त विदा विद्यालयको वार्षिक बिदाबाट कट्टी हुने गरी लागू गरिएको गाउँपालिकाले जनाएको छ। चिसोका कारण विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विदा दिनु परेको जनाइएको छ। गाउँपालिकाले यो निर्णय यशोधरा गाउँपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयहरूमा लागू हुने स्पष्ट पारेको छ। साथै, विद्यालय प्रशासनलाई विदाको समयमा विद्यार्थी तथा अभिभावकहरूलाई आवश्यक जानकारी गराउन पनि अनुरोध गरिएको छ।गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै जाडो विदा दिने निर्णय गरेको बताउनुभयो ।

 

]]>
https://www.presspatraonline.com/%e0%a4%9c%e0%a4%be%e0%a4%a1%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b/feed/ 0
कपिलवस्तुमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न https://www.presspatraonline.com/%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%a8%e0%a4%bf%e0%a4%83%e0%a4%b6%e0%a5%81/ https://www.presspatraonline.com/%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%a8%e0%a4%bf%e0%a4%83%e0%a4%b6%e0%a5%81/#respond Fri, 19 Dec 2025 12:21:03 +0000 https://www.presspatraonline.com/?p=10445

कपिलवस्तु नगरपालिका–२ बरदहवामा अवस्थित गौतम बुद्ध आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा विद्यालयका कुल १३४ जना बालबालिकाको आँखाको परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो।

नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समिति, कपिलवस्तु नगरपालिका र नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुको सहयोग तथा सिद्धार्थ नेत्रालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शिविरमा सिद्धार्थ नेत्रालयका प्रबन्धक सुदन वाग्ले सहित तीन सदस्यीय चिकित्सक टोलीले बालबालिकाको आँखाको चेकजाँच गरेको थियो।

सामाजिक विकास परिषद् नेपालद्वारा आयोजित उक्त निःशुल्क आँखा शिविरमा प्रमुख अतिथिका रूपमा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै ५२ वटा विद्यालयमा यस्ता जनहितकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुका सचिव इन्दिरा देवकोटा, विद्यालयकी प्रधानाध्यापक सुजाता सुवाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा विभिन्न समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक सामाजिक विकास परिषद् नेपालले जनाएको छ।

 
]]>
https://www.presspatraonline.com/%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%a8%e0%a4%bf%e0%a4%83%e0%a4%b6%e0%a5%81/feed/ 0
रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव https://www.presspatraonline.com/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a4%bf/ https://www.presspatraonline.com/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a4%bf/#respond Fri, 19 Dec 2025 07:38:55 +0000 https://www.presspatraonline.com/?p=10435  

 

 

रुपन्देही । रुपन्देहीमा एक किशोरको शव नालीमा भेटिएको छ । कञ्चन गाउँपालिका – ३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या भएको हो । ईशान तेक्वान्दोका खेलाडीसमेत थिए ।

स्थानीयका अनुसार एक साताअघि विद्यालय परिसरमा एकै युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो । त्यही कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घटनास्थल वरपरको क्षेत्रमा निगरानी बढाइएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीले बताए । दोषीलाई छिटो पक्राउ गर्न स्थानीयले माग गरेका छन् । ईशानको आमा गाउँमै ब्यूटी पार्लर चलाउँछिन् । तर, घटनाको दिन बाहिर थिइन् ।

कन्चन ३ का वडा सदस्यसमेत रहेका छिमेकी दीपक अधिकारी केही दिन पहिले विद्यालय परिसरमा ईशान र साथीहरूबीच एक युवतीको विषयमा विवाद भएको थियो ।

‘उनी कुनै कुलतमा भएको हामीले थापा पाएका थिएनौँ । तर आफ्ना कुरामा सधैँ अडिग रहने र नभए रिसाउने बानी थियो, केही दिनअघि विद्यालय परिसरमा युवतीलाई मन पराएको कुरालाई लिएर साथीहरूसँग विवाद भएको सुनिएको छ‘

२ गते साँझ जिम गर्न गएका उनी सँगै त्यहाँबाट निस्केका साथी समातिएको अधिकारीले सुनाए ।

‘घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो शव, टाउकोमा पछाडि पट्टी चोट छ, घटनास्थलमा केही रगत चुहिएको, लतपतिएको केही छैन, त्यसैले बाहिर हत्या गरेर त्यहाँ फालेको अनुमान गर्न सकिन्छ, आफूले मन परेको केटीलाई अरुले हेरेको विषयमा विवाद भएको रे । समूह मिलेर आक्रमण गरेको हुनसक्छ’, उनले भने ।

]]>
https://www.presspatraonline.com/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a4%bf/feed/ 0
मायादेवी साझेदारी वनमा झाडी सरसफाइ वन पुनः उत्पादनलाई टेवा पुग्ने https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9d/ https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9d/#respond Fri, 19 Dec 2025 07:30:32 +0000 https://www.presspatraonline.com/?p=10427  

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १० र वडा नं. २ मा अवस्थित मायादेवी साझेदारी वन उपभोक्ता समूहले वनको पुनःउत्पादन तथा वैज्ञानिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित झाडी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

वनको कटान क्षेत्रअन्तर्गत पटनातर्फका ३ वटा प्लट र पिपरातर्फका २ वटा प्लट गरी करिब २० हेक्टर क्षेत्रफलमा झाडी सरसफाइ कार्य गरिएको हो।

साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले प्रभावकारी वन संरक्षण र व्यवस्थापनका लागि समूहले प्रत्येक वर्ष दुई पटक झाडी सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार झाडीका कारण नयाँ उम्रिएका बिरुवाहरू छोपिने तथा तिनको वृद्धि–विकासमा अवरोध पुग्ने भएकाले यस्तो अभियान आवश्यक हुन्छ।

 

 

झाडी सरसफाइपछि वन क्षेत्रमा प्राकृतिक रूपमा उम्रिने नयाँ बिरुवाहरूले पर्याप्त सूर्यको प्रकाश र स्थान पाउने, जसले तिनको वृद्धि सहज हुने अध्यक्ष जयसवालले बताउनुभयो। यस्ता कार्यक्रमले वनको घनत्व कायम राख्न तथा भविष्यमा गुणस्तरीय काठ उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a5%87%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9d/feed/ 0
शितगंगामा चौथो कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सवको तयारी तिब्र https://www.presspatraonline.com/sitgangamela/ https://www.presspatraonline.com/sitgangamela/#respond Tue, 16 Dec 2025 06:45:09 +0000 https://www.presspatraonline.com/?p=10418 शितगंगामा चौथो कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सवको तयारी तिब्र

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजना हुन लागेको चौथो शितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ को तयारी तिब्र पारिएको छ।

शितगंगा उद्योग वाणिज्य संघको आयोजनामा तथा नमस्ते अर्घाखाँची समाजको सह–आयोजनामा हुन लागेको महोत्सवको लागि स्टल निर्माण, प्रवेशद्वार निर्माणलगायत भौतिक संरचनाका काम तीव्र गतिमा अघि बढिरहेका छन्।

पौष ९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब १ सय वटा स्टल रहने आयोजकले जनाएको छ।

महोत्सवले स्थानीय संस्कृतिको संरक्षण, सामुदायिक एकताको प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले व्यक्त गर्नुभयो। उहाँका अनुसार महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

महोत्सवका निर्देशक  सुशिल के.सी. ले मेलालाई पूर्ण रूपमा सफल बनाउन सबै सरोकारवालासँग गरिएको छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर तयारी अघि बढाइएको जानकारी दिनुभयो। यस क्षेत्रका अघिल्ला मेलाभन्दा फरक र आकर्षक बनाउने दाबी पनि उहाँले गर्नुभयो।

महोत्सवबाट स्थानीय उद्योगी, व्यापारी, किसान, उद्यमी तथा सर्वसाधारणबीच आपसी सहकार्य र सम्बन्ध अझ सुदृढ हुने विश्वास सह–आयोजक नमस्ते अर्घाखाँची समाजका अध्यक्ष हेमन्त कुमार बेल्बासेले व्यक्त गर्नुभयो।

यस स्थानमा पहिलोपटक महोत्सव आयोजना हुन लागेपछि स्थानीय बासिन्दामा विशेष उत्साह देखिएको छ। महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामग्री, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन तथा सांस्कृतिक सामग्रीको प्रदर्शनी गरिने तयारी गरिएको छ।

महोत्सवको प्रमुख आकर्षणका रूपमा ठाडा डमरु दहमा मोटरबोट (स्टिमर) सञ्चालन गरिने आयोजकले जनाएको छ। यसले डमरुदहको पर्यटकीय प्रचार–प्रसार र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

]]>
https://www.presspatraonline.com/sitgangamela/feed/ 0
तौलिहवाको गौढीचोकमा ११ करोड लगानीमा आधुनिक चिल्ड्रेन पार्क निर्माण हुँदै https://www.presspatraonline.com/%e0%a4%a4%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8c%e0%a4%a2%e0%a5%80%e0%a4%9a%e0%a5%8b%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a7-%e0%a4%95/ https://www.presspatraonline.com/%e0%a4%a4%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8c%e0%a4%a2%e0%a5%80%e0%a4%9a%e0%a5%8b%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a7-%e0%a4%95/#respond Tue, 02 Dec 2025 07:41:25 +0000 https://www.presspatraonline.com/?p=10391  


कपिलवस्तु संवाददाता,

कपिलवस्तु, १५ मंसिर ।

बुद्धनगरी प्राचीन कपिलवस्तुको तौलिहवा स्थित गौढीचोकमा आधुनिक चिल्ड्रेन पार्क निर्माण कार्य अघि बढाइएको छ। करिब ११ करोड ६८ लाख ९८ हजार ५ सय ८१ रुपैयाँ लागतमा कपिलवस्तु नगरपालिका–१ अन्तर्गत रहेको पोखरीमा माटो पटान गरी पार्क निर्माणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। पार्क १२ हजार ४ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिँदै छ।

क्षेत्रीय शहरी विकास परियोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौंको लगानीमा निर्माण कार्य अघि बढाइएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले जानकारी दिए। प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यो परियोजना सफल बनाउन नगरबासीको सक्रिय सहयोग अपरिहार्य रहने उल्लेख गरे। पार्क निर्माणले तौलिहवाका स्थानीयलाई मनोरञ्जनसँगै रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ।

पार्क निर्माणले बुद्धनगरीको सौन्दर्य थप चम्किनेछ। मानिसहरूको आगमन बढेसँगै रोजगारी र आय दुवै बढ्नेछ,” मेयर पौडेलले भने।

वडाध्यक्ष जाहिदा खालले पनि परियोजना वडा तथा नगरकै गौरवको विषय रहेको बताउँदै सबै पक्षको सामूहिक सहयोग आवश्यक भएको उल्लेख गरिन्। निर्माण प्रक्रियामा देखा पर्न सक्ने विवादहरू सहकार्यका साथ समाधान गर्नुपर्नेमा उनले जोड दिइन्।

त्यसैगरी अगुवा समाजसेवी देवीप्रसाद बर्माले पार्क निर्माण अघि जग्गा सुनिश्चितता अत्यावश्यक हुने बताउँदै चोकबजार क्षेत्रका घरधनीहरूसँग सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे।

पार्क निर्माणमा हाल सबैभन्दा ठूलो चुनौती जग्गा सुनिश्चितता र सरसफाइ रहेको जनाइएको छ। पोखरी आसपास चारैतिर घरहरू निर्माण भइसकेका छन् भने धेरैले पोखरी क्षेत्रमा फोहोर तथा मलमूत्र फाल्ने स्थलका रूपमा प्रयोग गर्दै आएको पाएपछि सरसफाइ व्यवस्थापन पार्क निर्माणको मुख्य चुनौती बन्न पुगेको छ।

]]>
https://www.presspatraonline.com/%e0%a4%a4%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8c%e0%a4%a2%e0%a5%80%e0%a4%9a%e0%a5%8b%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a7-%e0%a4%95/feed/ 0
१६ औं कपिलवस्तु महोत्सव : तयारी ८० प्रतिशत सकियो, जलपरीदेखि स्नो–सिटीसम्म आकर्षण https://www.presspatraonline.com/%e0%a5%a7%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a4/ https://www.presspatraonline.com/%e0%a5%a7%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a4/#respond Tue, 02 Dec 2025 07:23:32 +0000 https://www.presspatraonline.com/?p=10383  

शोभा  भुसाल,

  मंसिर१६, बाणगंगा  आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुने १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को करिब ८० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने महोत्सवका अधिकांश संरचनागत कामहरू अन्तिम चरणमा पुगेका छन्। 

सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणले तयारी तीव्र गतिमा भइरहेको उल्लेख गर्दै मंसिर १७ गतेसम्म सम्पूर्ण काम सकिने जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवको इन्सुरेन्स गरिसकिएको छ भने सुरक्षा व्यवस्थालाई विशेष कडाइका साथ अघि बढाइनेछ।

यस वर्षका लागि करिब ३०० स्टल रहने महोत्सवमा महिला उद्यमी, स्थानीय उद्योग तथा घरेलु उत्पादकलाई सहुलियत दरमा स्टल उपलब्ध गराइएको स्टल संयोजक मिन थापाले जानकारी दिनुभयो। उहाँले केही स्टल अझै खाली रहेको भन्दै इच्छुक उद्योगी–व्यवसायीलाई शीघ्र सम्पर्क गर्न आग्रह गर्नुभयो।

यही बीच, महोत्सवका प्रमुख आकर्षण स्नो सिटी (हिउँ खेल्ने अनुभव), जलपरी, सुनामी पिङ लगायतका संरचना निर्माण तीव्र गतिमा भइरहेको सोसाइटीका सचिव युवराज पन्थीले बताए। विविध मनोरञ्जन र दृश्य–अनुभूति दिने यस्ता संरचनाले दर्शकको आकर्षण बढाउने विश्वास लिइएको छ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले कपिलवस्तुको ऐतिहासिक पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय सहभागीता बढाउने उद्देश्यले महोत्सव आयोजना भएको बताउँदै जिल्लावासी तथा छिमेकी जिल्लाका नागरिकलाई अवलोकनका लागि निम्तो गर्नुभयो।

महोत्सवमा १४ औं कपिलवस्तु डान्स आइडल प्रतियोगिता, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक गतिविधि रहनेछन्। यी सबै आकर्षणका कारण बाणगंगासहित वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक उपस्थिति हुने अपेक्षा गरिएको छ।   

स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरिएको छ। कपिलवस्तुमा परम्परागत रूपमा आइरहेका यस्ता मेला–महोत्सवले जिल्लाको समग्र विकास र पहिचान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

 

]]>
https://www.presspatraonline.com/%e0%a5%a7%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a4/feed/ 0
मन्त्रालयको निर्देशन स् बुटवल कृषि उपज केन्द्रको टेन्डर अविलम्ब खोल्नु https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d/ https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d/#respond Tue, 02 Dec 2025 07:08:18 +0000 https://www.presspatraonline.com/?p=10375  

बुटवल । लामो समयदेखि विभिन्न बहानामा रोकिँदै आएको बुटवल कृषि उपज केन्द्रका ६८ वटा सटरको टेन्डर प्रक्रिया अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागले अविलम्ब निर्देश दिएको छ । यसअघि रुपन्देही जिल्ला अदालतले पनि टेन्डर खोल्न आदेश दिएर पनि कार्यान्वयन नहुँदा विभागले पुनः स्पष्ट निर्देशन पठाएको हो ।

२०७८ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने सूचना प्रकाशित गरेपछि २ सय ६७ वटा बोलपत्र दर्ता भएका थिए । तर व्यवसायीको आन्दोलन, अदालती प्रक्रिया तथा स्थानीय तहको न्यून चासो लगायत कारण देखाउँदै समितिले टेन्डर प्रक्रियालाई बारम्बार रोक्दै आएको थियो ।
मंसिर १५ गते बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई लेखिएको पत्रमा विभागका वरिष्ठ कृषि अर्थविज्ञ कलशराम चौधरीले अदालतको फैसला तत्काल कार्यान्वयन गरी टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । पत्रमा अदालतले २०८२ कार्तिक २० गते अन्तिम निर्णय गरिसकेपछि पनि बोलपत्र नखोलिएको कारण पेश गर्न माग गरिएको छ ।

यससँगै विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घलाई पनि बोधार्थ पत्र पठाउँदै सम्मानित अदालतको फैसला अनुसार सटर बहालसम्बन्धी प्रक्रिया प्रचलित कानुनबमोजिम तुरुन्त अघि बढाउन आग्रह गरेको छ ।

बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले आफू सुरुदेखि नै टेन्डर खोल्नुपर्ने पक्षमा रहे पनि व्यवसायीको आन्दोलन, अदालती प्रक्रिया र स्थानीय तहको कम चासोजस्ता कारणले प्रक्रिया लम्बिएको बताए । उनले विभागको पत्रबारे छलफल चलिरहेको जानकारी दिए ।

१५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६० प्रतिशत, बुटवल उपमहानगरपालिकाको २४ प्रतिशत र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी छ । यहाँ पुराना व्यवसायीका आन्दोलन तथा अदालती प्रक्रियाका कारण सटर बहालसम्बन्धी प्रक्रिया लम्बिँदो छ । दैनिक करिब २ करोड रुपैयाँभन्दा बढी मूल्यका तरकारी तथा फलफूलको कारोबार हुने यो बजार क्षेत्रीय रूपमा महत्वपूर्ण मानिन्छ ।

]]>
https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d/feed/ 0