२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ । देशको ठूलो करदाता रहेको चौधरी ग्रुपले गत बर्ष देशको कूल राजस्वको करिब २.३ प्रतिशत राजस्वमा योगदान रहेको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेका छन् । भेटपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ प्रतिशत योगदान दियो।’

चुनौतीका बिच देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको चौधरीले बताए

कपिलवस्तु,

ग्यालेक्सी युथ क्लब कपिलवस्तु सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएको छ। सोही क्रममा बुधबार वाणगंगा–७, मोतिपुरस्थित जनचेतना माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई झोला र कपी वितरण गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बिष्णु गिरिले क्लबले गर्दै आएका सामाजिक गतिविधिले समुदायमा सकारात्मक प्रभाव परेको बताउँदै सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला अध्यक्षले युवाहरूले अघि सारेका सामाजिक कदमले विद्यार्थीमा ठूलो प्रेरणा मिलेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनाल तथा विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र थापाले ग्यालेक्सी युथ क्लबले गरेको सहयोगप्रति विद्यालय परिवारले कृतज्ञता व्यक्त गर्नुभयो। उहाँहरूले यस्तो सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह थपिदिएको बताए।

क्लबका अध्यक्ष अमृत गिरीले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा क्लबले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै क्लबकी सचिव प्रतीक्षा गैरेले समुदायको साथ–समर्थनले क्लबलाई अझ सक्रिय रूपमा अगाडि बढ्न प्रेरणा मिलिरहेको बताउनुभयो।

कार्यक्रममा क्लबका सम्पूर्ण सदस्य, विद्यालयका शिक्षक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। ग्यालेक्सी युथ क्लब कपिलवस्तु सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।

शोभा भुषाल

कपिलवस्तु।

बाणगंगा–८ बोडगौँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म आयोजना हुने ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ का लागि आवश्यक भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको मेलाले प्रदेश तथा राष्ट्रिय स्तरमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।

मेला संयोजक तथा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) का अनुसार आज (बुधबार) मेलास्थलका सम्पूर्ण भौतिक संरचना तयार भइसक्ने छन्। उनले मायादेवी रंगशालालाई प्रदेशस्तरीय आकर्षणको केन्द्रका रूपमा स्थापिति गर्ने उद्देश्यअनुसार तयारी अघि बढाइएकाे जानकारी दिए।

उद्योग व्यापार संघका महासचिव बासुदेव खनाल ले मेलालाई सफल बनाउन कपिलवस्तुवासी सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहभागिताका लागि आह्वान गरे।

संघका कोषाध्यक्ष शालिकराम आचार्य ले महोत्सवमार्फत कपिलवस्तुका प्रमुख पर्यटकीय गन्तव्यहरू राष्ट्रियस्तरमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। स्टल संयोजक माधव भाट क्षेत्री ले मेलालाई आगामी वर्षहरूमा पनि यही समयमा परम्परागत रूपमा निरन्तरता दिने तयारी भएको स्पष्ट पारे।महोत्सवमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी सामग्रीसम्बन्धी विभिन्न स्टल रहनेछन्। साथै कला–संस्कृति प्रस्तुति, फेसन शो, बाल–उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फूड फेस्ट, खेलकुद तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार व्यापार मेलाले स्थानीय व्यवसाय प्रवद्र्धन, कृषि उत्पादन विस्तार, आधुनिक प्रविधिको पहुँच वृद्धि, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ। उद्योग व्यापार संघ कपिलवस्तुले पहिलोपटक यस्तो महोत्सव सञ्चालन गर्न लागेको हुँदा स्थानीय तहमा उत्साह बढिरहेको छ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट