२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

विपद्को घडीमा श्रृङ्गीघाटको साथ : उद्धार कोषमा एक लाख सहयोग, तीज कार्यक्रम पनि स्थगित

कपिलवस्तु ।   गत भदौ १० गते बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि देश यतिबेला विपद्को गम्भीर अवस्थाबाट गुज्रिरहेको छ। बाढीको प्रभाव रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा परेको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ भने क्षतिको विवरण संकलनसँगै विस्थापितलाई सुरक्षित स्थानमा व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाको चुनौती पनि बढेको छ।

यही विपद्को घडीमा कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ।

समूहकी सचिव कमला सेन (सुष्मा खाँण) ले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिनुभयो।

विपद्को पीडामा देशभर उद्धार, राहत र सहयोगको आवश्यकता बढिरहेका बेला समूहले आफ्नो पूर्वनिर्धारित तीज गीत प्रतियोगिता समेत स्थगित गरेको छ। हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको समूहले जनाएको छ।

विपद्को समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा नागरिकको सुरक्षा, शान्ति, सद्भाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो। समूहले यसबाट सहभागी कलाकार, समूह तथा सम्पूर्ण शुभेच्छुकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै सहयोग र सहकार्यका लागि आग्रह गरेको छ।

श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षणसँगै जनताको सुख–दुःख, सामाजिक सरोकार र विपद्को समयमा प्रत्यक्ष रूपमा जोडिने कामलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएको छ। आवश्यक पर्दा समुदायको साथमा उभिने र सामाजिक तथा मानवीय काममा आफ्नो स्रोत परिचालन गर्ने संस्थाको पुरानो अभ्यास रहेको सचिव खाँणले बताउनुभयो।

संस्थाका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशील) को नेतृत्वमा रहेको समूहले यसअघि पनि समुदाय र जनतासँग प्रत्यक्ष जोडिने विभिन्न सामाजिक तथा मानवीय काम गर्दै आएको छ।

देशका विभिन्न ठाउँमा अहिले विपद्पीडित परिवार आफ्नो घर, सम्पत्ति र आफन्तको पीडासँग जुधिरहेका बेला श्रृङ्गीघाट सामुदायिक वनले आर्थिक सहयोगसँगै आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो।

विपद्को बेला साथ, सहयोग र सहकार्य नै सबैभन्दा ठूलो आवश्यकता हो भन्ने सोचका साथ श्रृङ्गीघाट सामुदायिक वनले आफ्नो जिम्मेवारीतर्फ कदम बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट