२०८३ आश्विन ७ बुधबार
२०८३ आश्विन ७ बुधबार

आर्थिक बर्ष २०८२/०८३ काे लागि बेराेजगार ब्यक्तिहरुकाे निवेदन संकलनका बारे पालिकास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

श्रमकाे सम्मान ,राष्ट्रकाे अभियान ,प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत पालिकाका जनप्रतिनिधि ,वडा सचिवहरु र कर्मचारीहरुकाे सहभागीतामा कार्यक्रम भएकाे हाे ।

पुर्विचाैकी गाउपालिका राेजगार शाखाकाे आयाेजनामा साेमबार भएकाे कार्यक्रमकाे सभाध्यक्ष पुर्विचाैकी गाउपमलिका अध्यक्ष रामप्रसाद उपाध्याय रहनु भएकाे थियाे ।

कार्यक्रममा बाेल्ल्दै कार्यक्रमका सभाध्यक्ष तथा पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले फाराम भर्न नजानेका कारण पाउनु पर्ने ब्यक्तिहरुले राेजगार नपाएकाे भन्दै वडामा फाराम भर्दा लक्षित समुहलाई मध्यनजर गर्दै ध्यान दिनु पर्ने भएकाले वडा सरकारले बुझेर फारम भर्न समेत आग्रह गरेका छन् ।

प्रधान मन्त्री राेजगार कार्यक्रम लाई थप बजेट समाबेश गरेर कार्यक्रम गर्दा प्रभावकारी देखिने भएकाे भन्दै आगामी दिनमा यसलाई ख्याल गरेर बजेट निर्माण गर्ने समेत बताए ।

गाउपालिकाले यहि फागुन १ गते न्युनतम राेजगारीमा संग्लन हुन निवेदन दिने सम्वन्धि सुचना प्रकासन गरे संगै वडामा गएर निवेदन दिनहुन राेजगार संयाेजक हरिभक्त साउदले बताए ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट