
बाणगंगा नगरपालिकाको वडा नं. ५ अन्तर्गत पर्ने मधौलिया टोल विकास समितिमा काशिराम खनालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
बुधवार जनप्रतिनिधिहरूको रोहबरमा सम्पन्न भेलाले टोलबासीहरूको सहमतिमा नयाँ नेतृत्व चयन गरिएको हो। नवगठित समितिमा शिवकला बेल्वासे सचिव, प्रकाश सापकोटा कोषाध्यक्ष तथा हरि गुरुङ, किशोर थारु, सिता थारु, जानकी थारु, दिपा खनाल, पुष्पा नेपाली, कृष्ण श्रेष्ठ र दिपक पन्त सदस्यको रूपमा चयन भएका छन्।
न
नव निर्वाचित अध्यक्ष काशिराम खनालले आफू र आफ्नो सम्पूर्ण टोली टोलको समग्र विकास र उन्नतिको लागि प्रतिबद्ध भएर कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।
७ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी विधानमा भएको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हदको विषयले केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बन्न रोकेको कारण त्यो व्यवस्था हटाइएको स्पष्ट पारेको छ ।
मंगलबार मध्यरातिसम्म चलेको केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन् ।
उनले पार्टीको दशौं महाधिवेशनबाटै यस्तो व्यवस्था नभएको जिकिर गर्दै यी दुवै निर्णय अव्यवहारिक भएको निष्कर्ष निस्किएको बताए ।
‘दशौं महाधिवेशनबाट यता नै त्यो कार्यकालको व्यवस्था नै छैन । पहिल्यै छलफल भएको कुरालाई उठाइदिएर हिँड्नुभयो,’ सञ्चारकर्मीसँग गौतमले भने, ‘७० वर्षको उमेरहद पनि अव्यवहारिक रहेछ । उमेरले राजनीतिक नेतृत्व भन्ने सम्भव रहेनछ ।’
उनले आजको राष्ट्रिय राजनीतिको चुनौती, पार्टीमाथिको घेराबन्दी लगायतका समस्यालाई राजनीतिक क्षमता भएको लिडर चाहिएको र त्यो भनेको अध्यक्ष ओली मात्रै भएको बताए ।
‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्या छन्, नेकपा एमालेमाथिका जुन घेराबन्दी छन् । हामीलाई वैचारिक हिसाबले सुस्पष्ट राजनीतिक क्षमता भएको, सिंगो पार्टीलाई लिड गर्नसक्ने नेता फेरि एक पटक केपी ओलीलाई रोज्यो त, रोज्न पाउने उसको अधिकार हो नि त,’ उनले भने ।
दुई कार्यकाल र ७० वर्षे उमेर हद दुवै व्यवस्था ओलीलाई रोक्नेमात्रै भएको कारणले अहिले पार्टीले रोक्न नचाहेको उनले बताए ।
‘७० वर्षको उमेर हद राख्नु र दुई कार्यकाल राख्नु पनि उहाँ (केपी शर्मा ओली) लाई रोक्नु हो । यसको सम्पूर्ण काम हाम्रो पार्टीको अध्यक्षलाई एघारौं महाधिवेशनमा पार्टीको अध्यक्ष हुन रोक्ने मात्रै रहेछ । अहिले हामी रोक्न चाहँदैनौं,’ गौतमले भने ।
स्याङ्जा। गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीय स्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो । दर्शनार्थीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताए। नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख र आव २०८१/८२ मा रु दश लाख विनियोजन गरेको उनले बताए ।
विनियोजित बजेटबाट ३ सय ८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ । सुनौली–पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त मन्दिरका पुजारी काशीराम सापकोटाले बताए ।
चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान् शिवको प्रतिमूर्ति देख्न सकिन्छ । प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटाले बताए । मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट सङ्कलित रु दुई करोडबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ । मन्दिरलाई नयाँ स्वरूप दिइएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामाथि बनेको अग्लो झोलुङ्गे पुल हुँदै झण्डै १५ मिनेटको पैदल दूरीमा यहाँ पुग्न सकिन्छ ।
काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ब्रेक लगाएको छ । साथै एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ ।
मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । तर बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका थिए ।
बैठकको निष्कर्ष सुनाउँदै प्रचार विभाग गौतमले भने, ‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो ।संविधानको संरक्षक, देशकै अभिभावक जस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार राम्रो हुँदैन । यो संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’
एमालेले पूर्व राष्ट्रपति राजनीतिमा आउँदा गलत नजिर बस्ने भन्दै सम्मानित भएरै बस्नुपर्ने बताएको छ । त्यस्तो व्यक्ति राजनीतिमा आउँदा संविधानको मर्म र भावनामै प्रभाव पर्ने एमालेको ठहर छ । एमालेले व्यक्तिको कुरा मात्र नभएर सिस्टम र संविधानको समेत सवाल भएकाले यस्तो निर्णय गर्नुपरेको जनाएको छ । २ दिन बसेको बैठकमा अढाई सय भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका थिए ।
_gvisrZNAeA.gif)




