२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

 

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं-३ लालपुरका २७ वर्षीय प्रबिन कुमार बिस्वकर्मा स्थानीय स्तरमै रोजगारी र स्वच्छतासँग जोडिएको व्यवसायमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा जुटिरहेका छन्। उनले स्थापना गरेको कम्पनी ‘ग्याब्स’ हाल स्वच्छता सम्बन्धी पाँचवटा उपयोगी उत्पादनहरू बजारमा ल्याउँदैछ।

‘ग्याब्स’ कम्पनीले हाल शौचालय सफा गर्ने ट्वाइलेट क्लिनर, भान्सा, अफिस तथा घर सफाइको लागि फ्लोर क्लिनर, झ्याल-काँच सफा गर्न ग्लास क्लिनर, हात सफा गर्न प्रयोग हुने ह्याण्ड वास लिक्विड, र दुर्गन्ध हटाउने फिनाइल उत्पादन गर्दै आइरहेको छ। यी सबै उत्पादनहरू उपभोक्ताको स्वास्थ्य, सुविधा र सफा वातावरणलाई ध्यानमा राखी तयार पारिन्छन्।

बिस्वकर्माद्वारा उत्पादित सामग्रीहरू हाल रुपन्देही, कपिलवस्तु, र नवलपरासी जिल्लासम्म वितरण भइरहेका छन्। साथै, भैरहवामा उत्पादन केन्द्र स्थापना गरी उनले व्यवसायलाई अझ व्यवस्थित बनाएका छन्। आफ्नै उत्पादनको माध्यमबाट देशमै रोजगारी सिर्जना गर्ने उद्देश्य लिएका बिस्वकर्मा निकट भविष्यमा ‘सर्फ’ (कपडा धुने पाउडर) उद्योग स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेका छन्।

स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै देशमै शुद्ध र गुणस्तरीय उत्पादन दिन सफल प्रबिन बिस्वकर्माको यात्रा नयाँ पुस्ताका लागि प्रेरणादायी बनेको छ। स्वदेशमै सम्भावना खोज्ने सोच र आत्मनिर्भर बन्ने प्रयास वास्तवमै सराहनीय छ।

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेसमा ५०० बोरिङ खन्ने काम शुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको बताउदै सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने बताएका छन् । 

केन्द्र सरकारले मधेश प्रदेशका ८ जिल्लामा सुख्खाग्रस्त घोषणा गर्दै विशेष कार्यक्रम संचालन गरिरहेको छ । 

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट