२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

रुपन्देही । 

कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी १ सयभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमाले शिवराज नगरपालिका वडा नम्बर ४ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर १, ३ र ४ का राप्रपाबाट एक सय बढी कार्यकर्ताले प्रवेश गरेको एमाले जिल्ला सदस्य एवं वडा नम्बर ४ का इन्चार्ज मोहन केसीले जानकारी दिए ।

वडा नम्बर ४ का बाबुराम थापा र दिपक बिकको नेतृत्वमा ६२ जना, देबीसिंह खडकाको नेतृत्वमा वडा नम्बर १ बाट ३६ जना र वडा नम्बर ३ बाट मिना सुनारको नेतृत्वमा २१ जना गरी जम्मा ११९ जनाले राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेको उनले जानकारी दिए। नवप्रवेशी नेता–कार्यकर्तालाई एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारिलाल न्यौपानेले स्वागत गरेका थिए ।

पार्टीको जागरण अभियान एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले एमालेले विरोध गर्ने विपक्षीलाई गफले होइन, विकास गरेर जवाफ दिने गरेका कारण जनलहर बढ्दै गएको र पार्टी प्रवेश कार्यक्रम संगठन विस्तारको दृष्टिले निकै महत्वपूर्ण रहेको बताए ।

आमनागरिकको विश्वास र समर्थन प्राप्त गर्दै एमाले देशको समृद्धि र स्थायित्वको यात्रामा अग्रसर हुँदै गएको उनको भनाइ थियो। पार्टीलाई अझ सशक्त र जनमुखी बनाउने अठोटका साथ पार्टीले अभियान सञ्चालन गरेको पनि उनले उल्लेख गरे ।

उनले एमालेको देश बनाउने नीतिविरुद्ध चौतर्फी आक्रमण नवप्रवेशीले राप्रपामा हुँदा हाम्रो आवाज सुन्ने कोही नभएको, संगठनगत गतिशीलता नभएको र एमालेमा सशक्त संगठन, स्पष्ट विचार र जनमुखी एजेन्डा देखेर प्रवेश गरेको बताएका थिए। एमालेले देखाएको विकासको दृष्टिकोण, कार्यशैली र जनतासँगको सम्बन्धले एमाले रोजेको उनीहरुले बताएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुनकुमार केसी, लंकबहादुर हमाल, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्ष डम्बर शर्मा, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिव चन्द्रबहादुर गहतराज, जिल्ला कमिटी सदस्यहरू, एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेललगायतले सम्बोधन गरेका थिए ।

जितपुर, कपिलवस्तु |

कपिलवस्तु जिल्लाबाट एक दशक अघिदेखि निजी शैक्षिक संस्थाको रुपमा संचालित लुम्बिनी लर्निङ सेन्टरले आफ्नै शैक्षिक संस्थाको विशेषता झल्किने गीतको छायाङ्कन सकाएर छिट्टै गीतको भिडियो सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ । ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिको रुपमा लुम्बिनी प्रदेशमा कहलीएको प्रमुख शैक्षिक संस्थाको रुपमा ब्राइट लुम्बिनी हाल स्थापित भइसकेको छ । केही साता अघि संस्थाको बाह्रौँ वार्षिकोत्सवको अवसरमा संस्थाको गीतको अडियो विमोचन गरिएको थियो । हाल सोही गीतको भिडियो छायाङ्कन सकिएको हो ।

स्थापना कालदेखि नै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल कपिलवस्तु जिल्लाकै प्रतिशिष्ठत शैक्षिक संस्था ब्राइट लुम्बिनी ईन्टरनेशनल एजुकेशनको बारेमा बनेको गीतको सुटिङ हालै मात्रै सकिएको र अब छिट्टै गीत पनि भिडियोसहित सार्वजनिक हुने संस्थाका प्रबन्धक असिम कडेंल क्षेत्रीले जानकारी दिएका छन ।

अबको केहि दिनमा असिम क्षेत्री युटुब च्यानलबाट भिडियो सार्वजनिक हुने उनले बताए । लोक तथा दोहोरी गायक बिक्रम परिायार र लोकदोहोरी गायीका शान्तारानी परियारको स्वरमा सजिएको उक्त गीत डायनामिक स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा नबिन परियारको शब्द, बिक्रम परियारको संगित र सुनिल परियारको संगित संयोजन रहेको छ ।

गीतको भिडियो छायाङ्कन अबिरल फिलिम्स प्रा.लि ले गरेको हो भने भिडियोको कोरियोग्राफी सुमन पौडेलले गरेका छने भने निर्देशन बिष्णु भट्टराईले गरेका छन । भिडियोमा ब्राइट लुम्बिनी इन्टरनेश्नल प्रा.लिका प्रबन्धक असिम क्षेत्री र मोडल राधिका श्रेष्ठको मुख्य अभिनय तथा नृत्य देख्न पाइने छ । उक्त भिडियो कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रको प्रमुख पर्यटकीय क्षेत्र राजापानी, चार नम्बर जितपुर स्थित जितपुर मन्टेश्वरी परिसर र ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिको कार्यालय क्षेत्रमा सुटिङ्ग गरिएको प्रबन्धक क्षेत्रीले जानकारी दिएका छन ।

भिडियो तथा गीतमा विशेष गरी विद्यालय शिक्षा पछि विद्यार्थीहरु अन्तराष्ट्रिय भाषा अध्ययन र वैदेशिक शैक्षिक अध्ययनका शिलशिलामा जापान तथा कोरिया लगाएतका देशमा जाने सन्दर्भलाई मुख्यतया जोड दिइएको जनाइएको छ । आफ्नो सुरक्षित भविष्यको परिकल्पनाका लागि ब्राइट लुम्बिनी कपिलवस्तुमा त्यस्ता भाषा कक्षा एक दशक बढी समय देखि उत्कृष्ट तवरबाट संचालन गरिरहेको विषयलाई भिडियोको मुख्य विषय बनाइएको छ । करिब ७ मिनेटको उक्त गीत अबको केहि दिनमै युट्युबमा आउने उनले बताएका छन् ।

ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिले विगत १२ वर्ष देखि कपिलवस्तुको बाणगंगामा मुख्य कार्यालय संचालन गरी हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्दै वैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरुलाई जापान र दक्षिण कोरिया पठाउदै आएको छ भने धेरैपटकका परीक्षामा शतप्रतिशत नतिजा समेत हात पारिरहेको छ । पछिल्लो समय यस क्षेत्रमा जापान र कोरियाका लागि भाषा अध्ययन गर्ने विद्यार्थीहरुको मुख्य रोजाइ समेत बनेको यो संस्थामा हाल सयौँ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट