२०८३ आश्विन ७ बुधबार
२०८३ आश्विन ७ बुधबार

 

बुटवल । रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन पौडेललाई खबर गरेका थिए ।

त्यसपछि भैरहवा पुगेर उक्त सर्पलाई मानव वस्तीबाट टाढा सुरक्षित स्थानमा लगेर छाडेको उद्धारकर्ता विशाल पाण्डेले बताए ।
उनका अनुसार रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७ औं स्थानमा छ ।

यो सर्पको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुने सर्पका प्रजातिबारे जानकार पाण्डेले बताए । जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए ।

रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो–खैरो पृष्ठभूमिमा ठूला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन् । जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरैजना यसलाई देख्दा अजिङ्गर सर्प भनेर झुक्किने अर्का उद्धारकर्ता नवीन पौडेल बताउँछन् ।

यो सर्प नेपालमा मुख्यतस् तराईका तातो र सुख्खा क्षेत्रमा पाइने पौडेल बताउँछन् । उनका अनुसार रुपन्देहीको भैरहवा वरिपरि, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रसेल्स भाइपरको मुख्य बासस्थान हो ।

नेपालबाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ ।
यसको नाम च्गककभिि ब्रिटिश प्राणी विज्ञ एबतचष्अप च्गककभिि को नामबाट राखिएको हो ।
यो सर्प प्रायस् धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकीपख वा राति देखिने भएकाले यसको डसाइको जोखिम हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने पाण्डेले सुझाए ।

सर्प उद्धारकर्ता पाण्डे र पौडेलले यो वर्ष रुपन्देहीमा एउटै घरबाट २३ वटासम्म विषालु गोमन सर्पसहित तीन सय बढी सर्प घरबाट उद्धार गरेर सुरक्षित स्थानमा छाडेका छन् ।

 

चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ ।
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली आएको अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेलले बताए ।
सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने कार्यकारी निर्देशक डा। पौडेलले बताए । क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा। चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो ।
बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा। विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणको कामलाई यथाशक्य छिटो थालनी गर्ने गरी काम अगाडि बढाउने बातावरण तयार गरिने बताए ।
उनका अनुसार अस्पतालको मुख्य बिरामी भवनको छेउमा नै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिनेछ । क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्गमिटर क्षेत्रमा बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक उपकरण जडान हुने छ । सो भवनको निर्माण, उपकरण र आवश्यक तालिम पछि मात्रै अस्पताललाई हस्तान्तरण हुने कार्यकारी निर्देशक डा। पौडेलले बताए ।
अहिले वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको छ ।
काम सुरु गरेको तीन वर्ष भित्र बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सकिने भनेर चिनियाँ टोलीले जानकारी दिएको कार्यकारी निर्देशक पौडेलले बताए । सबै पूर्वाधार तयार भए एक वर्षमा ५० जनामा बोनम्यारो प्रत्यारोपण गर्न सकिने विश्वास अस्पतालको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०८० साल असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

त्यससम्बन्धी सम्झौता पत्रमा २०८१ साल असोज १४ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव मधुकुमार मरासिनीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव डा। रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने र त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिनका लागि आर्थिक सहायता उपलब्ध गराउने उल्लेख थियो ।

त्यसपछि यसै वर्ष साउन ५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा चिनियाँ प्रतिनिधिसँग चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०को विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा अर्थसचिव घनश्याम उपाध्याय र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का०का प्रतिनिधिबीच हस्ताक्षर भएको थियो ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट