२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

नेपाल विद्यार्थी संघले आगामी २०८२ साल कात्तिक १७ गते सम्पन्न हुने रुपन्देही जिल्ला प्रतिनिधि सभा उपनिर्वाचनका लागि संयोजक समितिको नेतृत्व कपिलवस्तुका सक्रिय विद्यार्थी नेता तिलकराम पाण्डे (टिआर ) लाई जिम्मेवारी प्रदान गरेको छ।

संघको केन्द्रीय कार्य समिति, काठमाडौंबाट जारी पत्र मार्फत पाण्डेलाई उपनिर्वाचन सम्बन्धी विद्यार्थी संघको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको हो। यस समितिको काम निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउने, संगठनात्मक समन्वय गर्ने र परिणाममुखी पहल गरि अघि बढाउने रहनेछ।

 

यसअघि विद्यार्थी हितका सवालमा उल्लेखनीय भूमिका निर्वाह गरेका पाण्डेले ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानमार्फत रुपन्देहीका क्याम्पसहरूमा विद्यार्थीसँग गरिएको अवैध असुली रोक्न नेतृत्व गरेका थिए। उक्त अभियानकै परिणामस्वरूप ७१ लाख रुपैयाँ फिर्ता गराउन सफल भएका थिए।

 

विद्यार्थी राजनीति र संगठनमा लामो समय देखि सक्रिय पाण्डे जिम्मेवार र अनुशासित कार्यकर्ता मानिन्छन्। उनले विद्यार्थी आन्दोलन देखि शैक्षिक सुधार, युवाको अधिकार र सामाजिक उत्तरदायित्व सम्मका विषयमा निरन्तर सक्रियता देखाउँदै आएका छन्।

संघले उनीमाथि देखाएको विश्वासलाई युवाहरूले सकारात्मक रूपमा लिएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले “टिआर पाण्डेको नेतृत्वले रुपन्देही उपनिर्वाचनमा संगठनात्मक भूमिका प्रभावकारी र परिणाममुखी बन्ने विश्वास लिएको” बताए।

जिम्मेवारी पाएका पाण्डेले आफूलाई दिएको विश्वासलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिवद्धता जनाउँदै भने, “विद्यार्थीको आवाजलाई सशक्त बनाउन, लोकतान्त्रिक मूल्यमा युवा एकताबद्ध गर्न र उपनिर्वाचनमा संघको योगदानलाई परिणाममुखी बनाउन म सम्पूर्ण ऊर्जा लगाउनेछु उनले हाम्रो पाईला डटकमलाई बताए ।”

 

 

 

  लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको बताउँदै ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले सामाजिक सञ्जाल मार्फत  खहरो टिप्पणी गरेका छन् । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति बिना छिमेकी देशहरू बिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको उनले विरोध गरेका छन  ।


अधिकारीले २०७७ सालमा नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न अङ्गका रूपमा समावेश गरिसकेको स्मरण गर्दै, यो भूभागमा कुनै पनि विकसित वा शक्तिशाली देशले गिद्देदृष्टि नराख्न चेतावनी दिए । नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता माथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने उनले बताए ।
भारतले आफ्नो सीमाभित्र पर्ने अडान राखे पनि सो भूभाग ऐतिहासिक प्रमाणसहित नेपालकै भएको दाबी गर्दै अधिकारीले अब उच्चस्तरीय समझदारी मार्फत समस्याको समाधान निकाल्नुपर्ने सुझाव समेत दिएका छन्  ।


रास्वपाले लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र  नेपालको सार्वभौम भूमिको अविभाज्य अंश रहेको भन्दै विज्ञप्ति समेत निकालेको छ ।

 

कपिलवस्तु, भदौ ११ – तीजको अवसरमा तौलश्वरनाथ महादेव मन्दिरमा पूजाका लागि गएका तीन महिलाको सुनका गरगहना चोरी भएको छ। कपिलवस्तु नगरपालिका अन्तर्गत रहेको मन्दिर परिसरमा मंगलबार दिउँसो पूजा गर्दागर्दै गरगहना हराएका हुन्।

चोरीमा परेकाहरूमा यशोधरा गाउँपालिका–६ रङ्गपुरकी प्रिया जयसवालको दुई तोलाको रानीहार, कपिलवस्तु नगरपालिका–२ की सुमन अग्रहरीको दुई तोलाको सुनको सिक्री, र कपिलवस्तु नगरपालिका–१ गौडीचोककी श्वेता ओझाको दुई तोलाको मङ्गलसूत्र रहेका छन्।

मन्दिर व्यवस्थापन समितिका अनुसार, चोरीको घटना मन्दिरमा जडान गरिएको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। फुटेजमा चार महिलाको समूहले सुन चोर्दै गरेको देखिन्छ, जसमा एक जनाले मुखले सिक्री टोकेर झिकिरहेको दृश्य समेत देखिएको छ।

स्थानीय बासिन्दाहरूको भनाइमा चोर समूह पहिले नै योजनाबद्ध रुपमा मन्दिरमा आएको हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि साउनको अन्तिम सोमबार पूजाका लागि आएका तीन जना भारतीय महिलाको सुन चोरी भएको थियो। दोहोरिंदै गएको चोरी घटनाले मन्दिर क्षेत्रको सुरक्षामा प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाको पुष्टि गर्दै चोरहरूको खोजी तीव्र पारिएको जानकारी दिएको छ। प्रहरीका अनुसार, सीसीटीभी फुटेजका आधारमा शंकास्पद व्यक्तिहरूको पहिचान र निगरानी कार्य अघि बढाइएको छ।

 

 

 

 

काठमाडौं । सोसल मिडियामा पछिल्ला दिनमा एउटा अनौठो भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा दाबी गरिए अनुसार जापानमा एउटा यस्तो ब्रा बनेको छ, जो केवल फिंगरप्रिन्टले मात्र खुल्दछ ।

नारीद्वेषी जस्तो लाग्ने यो प्रडक्टको नाम एन्टी चिटिङ्ग ब्रा राखिएको छ । इन्स्टाग्राममा उक्त भिडियो लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले यो बजारमा उपलब्ध वास्तविक ब्रा नै हो कि भन्ने ठानेका छन्।

भिडियो फूटेजमा एक हातमा ब्रा को फित्ता अड्काउने क्लास्प देखिन्छ । उक्त हुक त्यसबेला सम्म लक रहन्छ, जबसम्म त्यसमा जोडिएको डिभाइसमा फिंगरप्रिन्ट लगाइँदैन । जब सही तरिकाले हुकसँगै राखिएको सेन्सरमा फिंगरप्रिन्ट स्क्यान गरिन्छ, तबमात्रै ब्राको फित्ता खुल्दछ । यसको उक्त प्रविधिका कारण कतिपयले यसलाई टच आइडी ब्रा पनि भनेका छन् ।

भिडियोमा साँच्चिकै बजारमा उपलब्ध भएको जस्तै गरी प्रस्तूत गरिएको यो ब्रा वास्तविकता भने फरक छ । यो कुनै बजारमा बिक्रीका लागि राखिएको ब्रा होइन । एकजना जापानी व्यक्तिले यो चिज बनाएका हुन् । स्नोप न्यूज वेबसाइटका अनुसार उक्त ब्रा तयार गर्ने युजी आइजावा ९श्ब्ध्ब्ध्इच्प्क्० ले आफूलाई भ्रामक आविष्कारकको नामले चिनाउँछन् ।

आइजावाले हास्यास्पद तथा काल्पनिक खालका ग्याजेटहरु बनाउँछन्, जो वास्तविक प्रयोगका लागि नभई केवल प्रोटोटाइपको रुपमा मात्र देखाइन्छ । त्यसैले यो ब्रा पनि एउटा ठट्यौली अवधारणा थियो ।

फिंगरप्रिन्टले खुल्ने ब्राको उक्त भिडियो पहिलोपटक उनी आइजावाले गतवर्षको जुलाई १९ मा सोसल मिडिाय प्लाटफर्म एक्समा पोस्ट गरेका थिए ।

भिडियो पोस्ट गर्दै उनले लेखेका थिएः मैले चिटिङ रोक्नका लागि फिंगरप्रिन्ट पहिचान गरी खुल्ने ब्रा बनाएको छु । अब केवल तपाइँको ब्वायफ्रेण्डले मात्रै यो खोल्न सक्नेछ ।

उक्त ब्रामा आफूले ःछक्तबअप नामक फिंगरप्रिन्ट किटको प्रयोग गरेको उनको भनाइ छ । तर पछि उनले उक्त ब्रा केवल एउटा प्रोटोटाइप मात्र रहेको र आफ्नो उद्देश्य केवल मानिसहरुलाई हँसाउनु रहेको बताए ।

आविष्कारक आइजावाले जापानमा विभिन्न कमेडी शो र प्रदर्शनीहरुमा आफ्ना अनौठा आविष्कारहरु प्रदर्शन गर्ने गर्दछन् । उनका वेबसाइटमा यस्ता कैयन् अनौठा तथा काल्पनिक खालका आविष्कारहरु छन् ।

आइजावाको एन्टी चिटिङ ब्रा निकै आलोचित पनि बनेको छ । यसलाई महिला विरोधी भनेर सोसल मिडियामा विरोध गरेका छन् । उक्त ब्रा ले आविष्कारकको महिलाप्रतिको तल्लो स्तरको सोँचलाई उजागर गरेको र उनले जानीबुझीकन महिलालाई तल पार्नका लागि यस्तो खालको प्रडक्ट बनाएको कतिपयको आरोप छ । एजेन्सीको सहयोगमा

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट