२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

कोपिला पोख्रेल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित युनाइटेड अस्पतालले सेवा विस्तारको महत्वपूर्ण पहल थालेको छ। अस्पतालले लामो अनुभवसहितका इन्टर्नल मेडिसिन विशेषज्ञ कन्सल्टेन्ट फिजिसियन डा. गोबिन्द रावतलाई आबद्ध गर्दै विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्य, फेमिली फिजिसियन तथा जिपी सर्जन डा. पूर्ण घर्ती, हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. समिर खान र कपिलवस्तु नागरिक समाजका पूर्व अध्यक्ष दोलख बहादुर पछाईले संयुक्त रूपमा डा. रावतलाई स्वागत गर्दै उहाँको आगमनले अस्पतालको सेवा गुणस्तरमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे। स्वागत कार्यक्रममा अस्पतालका विभिन्न विभागका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिती थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. गोबिन्द रावतले,
“युनाइटेड अस्पतालसँग आबद्ध हुन पाउनु मेरो लागि गौरवको कुरा हो। अबको यात्रामा आफ्नो सम्पूर्ण ज्ञान, अनुभव र समर्पण प्रयोग गरी नागरिकलाई गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछु,” भन्नुभयो।
उहाँले चिकित्सा सेवा केवल उपचारमा सीमित नभई जनचेतना, पहुँच र सहकार्यसँग पनि जोडिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। डा. रावतले इन्टर्नल मेडिसिन अन्तर्गत सुगर, मृगौला, दम तथा छाती रोग, पेट–आन्द्रा–कलेजो, उच्च रक्तचाप, थाइराइड, बाथरोग लगायतका क्षेत्रमा विशेषज्ञ सेवा दिने जानकारी दिनुभयो।

युनाइटेड अस्पतालले हाल सञ्चालनमा रहेको हाड–जोर्नी विशेषज्ञ सेवाको समय पनि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विस्तार गर्ने घोषणा गरेको छ।

करिब दुई दशकदेखि सेवा दिइरहेको अस्पतालबाट कपिलवस्तु, अर्घाखाँची र रुपन्देही क्षेत्रका हजारौं बिरामीले स्वास्थ्य लाभ लिँदै आएका छन्। हाल ५० सैयामा सञ्चालित अस्पतालले आईसियु र भेन्टिलेटरसहितको थप ६५ सैयाको नयाँ भवन निर्माण कार्य अघि बढाइरहेको कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनुभयो।

स्थानीय तहमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित अघि बढिरहेको युनाइटेड अस्पतालको यो पहलले यस क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट