२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

कपिलवस्तु, भदौ १९ –

देशभरका युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला रुपन्देहीका तीन युवाले भने “देशमै केही गर्न सकिन्छ” भन्ने सन्देशसहित कपिलवस्तुमा ‘चिया छाहारी’ क्याफे सञ्चालनमा ल्याउने भएका छन्।

भोलि (भदौ २० गते) बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यमा क्याफेको औपचारिक उद्घाटन हुनेछ।

यो क्याफे रुपन्देहीको सैनमैना नगरपालिकास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु अध्यक्ष विज्ञान पाण्डे, सह–सचिव रमेश पाण्डे र पूर्व सचिव शिव न्यौपाने मिलेर सञ्चालन गर्न लागेका हुन्।

सञ्चालकहरूले “चिया छाहारी केवल चिया पिउने ठाउँ होइन, संवाद साट्ने, सम्बन्ध गाँस्ने र स्थानीय युवाको सिर्जनशीलता उजागर गर्ने थलो हो” भन्ने लक्ष्य लिएको जनाएका छन्।

क्याफेमा विभिन्न स्वादका चियासँगै साहित्यिक छलफल, युवा भेला, कला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। साथै, स्थानीय उत्पादनको प्रवर्द्धन र स्वरोजगार सिर्जना गर्ने योजना पनि रहेको छ।

समाजलाई आत्मनिर्भरता र आशावादको सन्देश दिने लक्ष्यसहित सुरु हुन लागेको ‘चिया छाहारी’ले युवालाई वैदेशिक पलायनको विकल्प देखाउने र नयाँ सोचका लागि प्रेरणादायी थलो बन्ने अपेक्षा गरिएको छ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट