२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

लक्ष्मण सापकोटा

कपिलवस्तु, भाद्र २०

विदेशी रोजगारतर्फ युवाको तीव्र आकर्षण भइरहेका बेला रुपन्देहीका तीन युवाले भने स्वदेशमै आत्मनिर्भर बन्ने सन्देशसहित कपिलवस्तुमा नयाँ उद्यम सुरु गरेका छन्। उनीहरूले ‘चिया छहारी’ क्याफे सञ्चालनमा ल्याउँदै वैकल्पिक सोच र स्वरोजगारको नयाँ पहिचान दिन खोजेका हुन्।

चिया छाहारीको औपचारिक उद्घाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले युवाहरु विदेश पलायन भैरहेको संवेदनशील अवस्थामा स्वदेशमै स्वरोजगार खोज्दै क्याफे सञ्चालनमा ल्याएको पहलप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले चिया छाहारी केवल व्यापार मात्र नभई साथीभाइबीच भेटघाट गर्ने, विचार साट्ने, नयाँ योजना बनाउन सक्ने र सम्बन्ध मजबुत बनाउने थलोका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

‘चिया छाहारी’ रुपन्देहीको सैनमैना नगरपालिकास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु अध्यक्ष विज्ञान पाण्डे, सह–सचिव रमेश पाण्डे र पूर्व सचिव शिव न्यौपानेले संयुक्त रूपमा सञ्चालनमा ल्याएका हुन्।

सञ्चालकहरूले क्याफे केबल चिया पिउने ठाउँ मात्र नभई संवाद, सिर्जनशीलता र सांस्कृतिक चेतना फस्टाउने साझा चौतारी हुने बताएका छन्। यहाँ विभिन्न स्वादका चियासँगै खाजा नास्ता उपलब्ध हुनेछ भने साहित्यिक गोष्ठी, युवा भेला, कला–सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सुरु गरिएको यस क्याफेले युवालाई वैदेशिक रोजगारीको विकल्प देखाउँदै आत्मनिर्भर समाज निर्माणतर्फ प्रेरणा दिने अपेक्षा गरिएको छ।

लक्ष्मण सापकोटा, कपिलवस्तु ।

देशका युवाहरूमध्ये धेरैजना उच्च शिक्षा र रोजगारीका अवसरका खोजीमा जापानलाई प्राथमिक गन्तव्यका रूपमा रोज्ने गरेका छन्। यही आवश्यकता र मागलाई ध्यानमा राख्दै जापान अध्ययन तथा रोजगार सम्बन्धी परामर्श दिने चुबासा कन्सल्टेन्सीले कपिलवस्तुमा आफ्नो सेवा विस्तार गरेको छ।

संस्थाले हालै कपिलवस्तुको चारनम्बर, जितपुर–तौलिहवा रोडमा नयाँ शाखा संचालनमा ल्याएको हो। यस शाखाबाट विद्यार्थी तथा अभिभावकले सजिलै जापान सम्बन्धी शिक्षा, भिसा र रोजगारीका अवसरबारे जानकारी पाउनेछन्।

शाखा प्रबन्धक समिक्षा गौतमका अनुसार संस्थाले जापान जान चाहने विद्यार्थीका लागि स्टुडेन्ट भिसा, एसएसडब्लु (Special Skilled Worker) र ब्याचलर वर्किङ भिसा प्रक्रियामा सहयोग गर्नेछ। साथै लामो समय जापान बसेर फर्किएका दक्ष प्रशिक्षकमार्फत विद्यार्थीलाई जापानीज भाषा कक्षा, व्यवहारिक सीप, आवश्यक तयारी र परामर्श सेवा प्रदान गरिने जानकारी दिनुभयो।

चुबासाको नयाँ शाखा सञ्चालनसँगै अब कपिलवस्तुका विद्यार्थीलाई घरमै बसेर जापान जाने सम्पूर्ण तयारी गर्ने सहज अवसर प्राप्त भएको छ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ