२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

 

वाणगंगा सामुदायिक पुस्तकालय कपिलवस्तु ज्ञानको भण्डार हुन पुगेको छ । पछिल्लो समयमा पुस्तक पढ्ने बानी हराउदै गएको अवस्थामा यस पुस्तकालयले पुस्तक पढ्नु पर्छ भन्ने बानीको विकास गराएको छ । २०७३ सालमा वाणगंगा वाचनालयबाट शुरु भएको यस पुस्तकालय विधिवत रुपमा दर्ता भएको हो । पाठकहरुलाई पढ्नु पर्छ भन्ने बानीको विकास गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले ज्ञानको भण्डारलाई बढाउदै लगेको संस्थाका उपाध्यक्ष दोलख पछाईले बताउनु भयो ।


यस पुस्तकालयमा पत्रपत्रिका , विभिन्न विधाका पुस्तकहरु रहेको उपाध्यक्ष पछाईले बताउनु भयो । वाणगंगा ४ नं जीतपुर शहर देखि पुर्व पट्टी मिनी मार्केटमा यस पुस्तकालय रहेको छ ।
फुर्सदको समयमा कार्यालयमा आई विभिन्न विधाका पुस्तकहरु पढेर ज्ञान लिन समेत पछाईले सबैलाई आग्रह गर्नु भयो । कार्यालय विहान १० वजे देखि बेलुका ४ वजे सम्म खुला रहने बताइएको छ । ५८ जना आजीवन सदस्य रहेको पुस्तकालयले साहित्य सम्बन्धी रचनात्मक क्रियाकलाप समेत गर्दै आएको छ । नगरको वार्षिक २ लाख आर्थिक सहयोगमा एक जना कर्मचारी सहित कार्यालय व्यवस्थापन गरिएको छ । पुस्तकालयमा विभिन्न व्यक्तिहरु आएर पुस्तकहरु अध्ययन गर्ने गरेको व्यवस्थापक चित्रा भण्डारीले बताउनु भयो ।

 

विप्लव नेतृत्वको नेकपा फेरि पनि फुटेको छ । आजै सम्पन्न भेलाले पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई क्रान्तिकारीका विचमा एकता गर्ने निर्णय गरेको भेला लगत्तै महासचिव सीले नेपाल प्रेससँग बताए ।

उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ । भेलाले गरेका निर्णयबारे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताए ।

सशस्त्र प्रहरीले छापा हानेर अबैधरुपमा घरमा लुकाई राखेको अनुदानको १ सय २४ बोरा डिएपी रासायिकन मल बरामद गरेको छ । बिहीवार दिउसो सुराकीका आधारमा जिल्लाको शुद्धोधन गाउपालिका १ अनहराट स्थित फुल चन्द्र यादबको घरमा राखिएको अवस्थामा सो मल बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए । सशस्त्र प्रहरी बल २८ गण बाट सहायक प्रहरी निरीक्षक धनन्जय के.सी.को कमाण्डमा १९ जना खटिएको टोलीले यादवको घरमा छापा हानेको हो । बरादम मल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको केसीले बताए । सो मल यादवको घरमा कसरी पुग्यो र कुन कृषि सहकारीबाट गयो सो बिषयको अनुसंधान गरिनु पर्ने कृषकहरुले माग गरेका छन । सो मल कृषि सामग्री कम्पनीबाट कृषि सहकारीले पालिकाले तोकेको कोटा अनुसार लगेको थियो । तर कृषकका नाममा लगिएको सो मल कृषि सहकारीले बढी रकम लिई बेचेको कृषकहरु बताउछन । धान पछि अब सुरु हुने गहु खेतीकालागि डिएपी मल आवश्यक पर्छ । जिल्लामा पालिको सिफारिसको आधारमा कपिलवस्तुको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनील लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङले तोकिएको काटाका आधारमा उपलब्ध गराउने गरेको छ । तर अनुदानको मल कृषि सहकारीबाट नै मलको दुरुपयोग हुने गरेको छ ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट