
बाणगंगा, कपिलवस्तु ।
स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा एक भव्य समारोहका बीच सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सचिव रमेश पन्थीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनोहर कुमार योगीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक टिकाराम पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा संस्थाको कुल कारोवार रु। ९८ करोड ९ लाख २६ हजार ४ सय ९७ पुगेको छ। सहकारीको व्यवसायिक वृद्धिदर सन्तोषजनक रहेको उल्लेख गर्दै संस्थाले आगामी वर्षमा सेवा विस्तार, डिजिटल बैंकिङ प्रणालीको प्रयोग र सदस्यमुखी योजनाहरू अघि बढाउने योजना समेत प्रस्तुत गरिएको थियो। साधारणसभाको अवसरमा संस्थाले ८० जना असल ऋणी, २ जना असल बचतकर्ता र ११ जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको थियो। सम्मानित सदस्य र विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै अतिथि वक्ता लिलापति घिमिरे र शालिकराम भुसालले सहकारी संस्था समुदायमा आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्वका माध्यम बनेको उल्लेख गर्दै स्वाभिमान सहकारीले उदाहरणीय काम गर्दै आएको प्रशंसा गर्नुभयो।कार्यक्रममा शेयर सदस्य मथुरा आचार्यले सहकारीको नीतिगत पक्ष, सदस्यको हितमा थप योजनाहरू ल्याउनुपर्ने र पारदर्शिता निरन्तर कायम राख्न सुझाव दिनुभयो।कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी संस्था स्थानीय आर्थिक विकास, उद्यमशीलता र आत्मनिर्भरता निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा जोड दिएका थिए।
करीब ७०० जनाको सहभागिता रहेको उक्त वार्षिक साधारणसभा सफल र अनुशासित वातावरणमा सम्पन्न भएको थियो।कार्यक्रममा बाणगंगा मौरीपालक तथा मह उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष लिलापति घिमिरे, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम भुसाल, श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, र दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य रणबहादुर क्षेत्री विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रमका सल्लाहकार सदस्य डिल्लीराम भट्टराईले आत्मीय गजल प्रस्तुत गर्दै अतिथिहरूको स्वागत गर्नुभएको थियो ।संस्थाका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सल्लाहकार समिति संयोजक योगेन्द्र प्रसाद शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियोअन्त्यमा, अध्यक्ष घनश्याम घिमिरेले सबै अतिथि, सदस्य, सञ्चालक र कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको आगामी योजनाबारे जानकारी दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा मगरले गितको सुरुवात गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले लोक भाका नेपालीहरुको कला संस्कृतिसंग जाडिएको अटुट सम्बन्ध भएको बताउनुभयो । केन्द्रीय सचिव मगरले लोक गित मार्फत दुःख खुसी ब्यक्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी चौधरीले गित संगितको मार्फत कुनै पनि विषयवस्तु बारे चित्रण गर्न सकिने बताउनुभयो । उहाँले अबका नानी बाबु देखी युवा पुस्ता सम्म संगितको मोह खस्कन नदिन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान कपिलवस्तुका संस्थापक अध्यक्ष्य पुर्ण चन्द्र परियार, प्रम्परागत लोक सास्कृतिक प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बुद्धिसागार बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य बाबुराम रायमाझि लगायतले लोक कलाको संक्षण गर्न हामी सबै दायित्व भएको बताउनुभएको थियो ।
प्रतिष्ठान कपिलवस्तुका सचिव असिम कंडेल क्षेत्रीले प्रगति प्रतिवेदन, कोषध्यक्ष बिनोद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मर्त पारित भएको थियो ।
राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष्य सारदा खनालको अध्यक्षता, सह सचिव विनोद रंजनको स्वागत मन्तब्य तथा सचिव असिम कंडेल क्षेत्रिको संचालनमा कार्यक्रमम सम्पन्न भएको थियो । यता आज शनिबार भएको ७ औं अधिवेसनबाट असिम कंडेल क्षेत्रि अध्यक्ष्यमा चयन हुनुभएको छ ।

जस्को प्रथम उपाध्यक्ष्यमा विनोद रंजन,द्धितिय उपाध्यक्ष्यमा सुमन पौडेल, महिला उपाध्यक्ष्यमा बर्षा लम्साल, सचिवमा भक्तिराम घिमिरे, कोषध्यक्षमा कृषण पाण्डे, सह सचिवमा विनोद खनाल, सह कोषध्यक्षमा देवि चौधरी निर्वाचित हुनुभएको भने १३ जना सदस्य चयन हुनुभएको छ ।



