२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

बाणगंगा, ३० कार्तिक,
बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण चर्चामा आएको छ ।
आयोजकका अनुसार मेलामा सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण गरिँदैछ, जसले मेलालाई यसअघि कहिल्यै नभएको पहिचान दिलाउने विश्वास लिइएको छ ।
यसबाहेक, मेलामा विश्वकै अग्लो कुकुर र विश्वकै होचो कुकुर, जलपरी, फिस टनेल जस्ता मनमोहक र एलिट आकर्षणहरू पनि प्रदशन गरिने तयारी भइरहेको संरक्षक टोपनारायण बेल्वासेले जानकारी दिए ।
मेला संयोजक खिमानन्द पौडेल (कपिल) का अनुसार मेलाको मूल नारा‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ राखिएको छ । मेला प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । मेलामा १०० रुपैयाँमै १०० रुपैयाँ बराबरको ‘गाईछाप सर्फ पाउडर’ निःशुल्क हुनेछ । यस्तै प्रत्येक दिन लक्की ड्रबाट एक जनालाई साइकिल उपहार र फ्री कफी, निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ । करिब १ लाखभन्दा बढी दर्शक सहभागिता हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना र युवामुखी प्रदर्शन स्टलहरू रहनेछन् ।
युवालाई लक्षित गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फुड फेस्ट तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन् ।
मेलाले स्थानीय व्यवसाय, कृषि उत्पादन, प्रविधि र पर्यटन सम्भावनालाई एउटै मञ्चमा ल्याई रोजगारी र अर्थतन्त्र सुदृढ गर्ने अपेक्षा आयोजकको छ ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तीव्र गतिमा अघि बढाइएको छ।

महोत्सवमा स्थापना गरिने स्टल, प्रमुख मञ्च तथा प्रवेश गेट निर्माणलाई द्रुतगतिमा अघि बढाइरहेको स्टल, गेट तथा मञ्च निर्माण संयोजक रविन मल्लले बताउँदै केही दिनमै सबै संरचनात्मक तयारी सम्पन्न हुने जानकारी दिए।

३०० स्टलसहित विस्तारित प्रदर्शनी

महोत्सवमा ३०० स्टल रहनेछन्, जसले मेलालाई समावेशी, विविधतापूर्ण र व्यावसायिक स्वरूप दिने लक्ष्य राखिएको छ।

आयोजक समितिले प्रदान गरेको विवरण अनुसार—

मुख्य आकर्षणहरू

१६ औं महोत्सवलाई गत वर्षको तुलनामा अझ भव्य र प्रभावकारी बनाउने योजना रहेको छ। प्रमुख आकर्षणहरू यसप्रकार छन्—

सुरक्षा व्यवस्था कडा

महोत्सव स्थलमा सुरक्षा निकायसँग समन्वय, सीसी क्यामरा निगरानी, ड्रोन अवलोकन तथा स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ। भीड व्यवस्थापनदेखि आपतकालीन व्यवस्थासम्मका सबै तयारीहरू एकैसाथ अघि बढाइएका छन्।

राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी बनाउने लक्ष्य

बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव **बुद्धि बहादुर रोकाहा (दिनेश)**का अनुसार १६ औं महोत्सवलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। उनले छिट्टै नयाँ कार्यक्रम र नवप्रवर्तनका पहलहरू सार्वजनिक गरिने जानकारी पनि दिए।

एकताको प्रतीक – कपिलवस्तुको पहिचान

बुद्ध रंगशालामा हुने यो महोत्सव कपिलवस्तु जिल्लाको प्रतिष्ठित ब्रान्डका रूपमा चिनिन्छ।

आयोजकले समग्र समुदाय, संघ–संस्था, व्यापारी तथा स्थानीय निकायलाई सहकार्यको आह्वान गर्दै महोत्सवलाई कपिलवस्तुको पहिचान, विकास र एकताको प्रतीक बनाउन लागिपरेको जनाएको छ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट