२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार
 
 
 
 
 
 
 
कपिलवस्तु, — नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफू इमानदार छविका आधारमा निर्वाचन जित्ने र मन्त्री बन्ने दाबी गर्नुभएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेशसभा (ख) क्षेत्रीय समितिले मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको कार्यकर्ता भेला, छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो। गत वर्ष ओपन हार्ट सर्जरीपश्चात गम्भीर अवस्थाबाट फर्किएको स्मरण गर्दै कमालले भन्नुभयो, “म सायद आज तपाईंहरूबीच नहुन पनि सक्थेँ। नागरिकको आशीर्वाद, सत्कर्म, निष्ठा र इमान्दारिताका कारण जीवनदान पाएको हुँ। मृत्युबाट फर्किएको मानिसलाई गलत व्यक्तिसँग डर लाग्दैन। जनताको गुन चुनाव जितेर क्षेत्रको विकास गरेर तिर्छु।” संविधानसभा सदस्यसमेत रहनुभएका कमालले २०७० सालमा स्वतन्त्र रूपमा निर्वाचन जिते पनि पार्टी निष्ठामा कायम रहेकाले यसपटक पार्टीबाट उम्मेदवार बनेको बताउनुभयो। सभापति गगन थापाको नेतृत्वमा सरकार बने आफू मन्त्री बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो। उहाँले २०४८ सालदेखि विकासबाट पछि परेको क्षेत्रमा आफू र पूर्व प्रदेश भौतिक योजना मन्त्री सहसराम यादवले पूर्वाधार, सिँचाइ र स्वास्थ्य क्षेत्रमा काम गरेको उल्लेख गर्नुभयो। “२०७० सालमा स्वतन्त्र लड्दा अग्रज नेता राजेश आचार्यसँग क्षमा मागिसकेको छु, अहिले हामी एकै ठाउँमा छौं,” उहाँले भन्नुभयो। निर्वाचन परिणाम कांग्रेसकै पक्षमा आउने दाबी गर्दै उहाँले कार्यकर्तालाई ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व पार्टी सभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले लोकतन्त्र र अधिकार संरक्षणका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो। पूर्व प्रदेशमन्त्री सहसराम यादवले क्षेत्रको विकासलाई निरन्तरता दिन अतहर कमाललाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो। पूर्व पार्टी सभापति राजेश आचार्यले पार्टीभित्र एकता कायम गरी कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेता ललित गुरुङ, रामआशिष पाण्डेय, शोहरत तेली, विश्वम्भर कुर्मी, वजिह अरसद तथा वलीउद्दिन मुसलमानलगायतले पनि धारणा राख्नुभएको थियो।
 

 

 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुन लागेको निर्वाचन असाधारण परिस्थितिको, आकस्मिक ढंगले आइलागेको निर्वाचन भएकाले यसलाई सामान्य अर्थमा बुझ्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘असाधारण परिस्थितिको, आकस्मिक ढंगले यो निर्वाचन आइलागेको छ । यसमा हामी सहभागी हुँदै छौँ । त्यस कारण हामीले यसलाई सामान्य अर्थमा बुझेर हुँदैन । निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयासस्वरूप यो निर्वाचन अगाडि आएको हो ।’

संयोजक प्रचण्डले नेकपाको निर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै त्यस्तो धारणा राखेका हुन् । सो अवसरमा उनले नेकपामा १), १५ हुँदै आजबाट २३ वटा घटक पुगेको पनि बताए ।

उनले भने, ‘१), १५ हुँदै आजबाट २३ वटा पुग्दै छ र विभिन्न कम्युनिस्ट र समाजवादी घटक मिलाएर एउटा नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पका साथ हामी अगाडि बढेका छौँ । म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु, तपाईंहरू ४) वरिपरिका लागि त प्रशस्त समय छ, अवसर आउँछ ।’

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ