२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घन्टीमा भोट दिनु आफ्नै घरमा डोजर चलाउन माग्नु सरह भएको बताएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रास्वपाबाट प्रधानमन्त्री बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका बालेन्द्र साह (बालेन) तर्फ संकेत गरेका हुन्। उनले काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा साहले सञ्चालन गरेको डोजर अभियान स्मरण गराउँदै त्यसले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रत्यक्ष असर पारेको उल्लेख गरेका छन्।

साम्पाङले लेखेका छन्, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो। त्यो पार्टीबाट प्रधानमन्त्री बन्ने भन्ने मान्छेले काठमाडौंमा के गर्‍यो, सबैले देखेकै हो।’

उनको भनाइलाई आगामी चुनाव र सुकुम्बासी समस्या केन्द्रित राजनीतिक बहससँग जोडेर हेरिएको छ। सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा आफू उभिएको दाबी गर्दै आएका साम्पाङले रास्वपाको नीति र नेतृत्वप्रति कडा आलोचना गरेका छन्।

यस विषयमा रास्वपा वा बालेन्द्र साहको तर्फबाट भने औपचारिक प्रतिक्रिया आएको छैन।

 

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।
जहाँ केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
यसका साथै लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरुको नाम समेत राखेको भेटिएको छ । ‘निकलेज इडीयू एनपी’ नामको वेबसाइटमा यस्तो प्रचार गरिएको विभागका प्रवक्ता टिकाराम ढकाल बताउँछन् । यो कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस् स्टडिज् आदी अध्ययन गराउने सूचना राखेको थियो ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ