२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

कपिलवस्तु ।

नवप्रभात युवा क्लबले बाणगंगा ४ ठाकुरापुरमा अवस्थित बाणगंगा मा. वि.मा बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ६० भन्दा बढिले स्वास्थ्य सेवा लिएका छन् ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले यस्ता सामाजिक कार्यले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सेवा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगरप्रमुख अर्यालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।

यस्तै बाणगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले पछिल्लो समय सानै उमेरका व्यक्तिहरूमा विभिन्न प्रकारका स्वाथ्य समस्या देखिन थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो। शिविरमा १ सय १० जनाले निःशुल्क भिडियो एक्स–रे र ९० जनाले दाँतको उपचार सेवा डा. राजन सुवेदीले परीक्षण गर्नुभएको थियो । डा.सुवेदीले समय समयमा सबैले स्वाथ्य सम्बन्धी परीक्षण गराउन समेत आग्रह गर्नुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिएका स्थानीयले घर अाँगनमै यस्तो सुविधा पाउँदा खुशि ब्यक्त गरेको थिए । शिविरमा कार्यक्रममा क्लबका अध्यक्ष मिलन चालिसेको अध्यक्षता, काष्ध्यक्ष दिपक पोख्रेललको स्वागत मन्तब्य तथा अस्मिता आचार्य पोख्रेलले कार्यक्रमको संचालन गर्नुभएको थियो । स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर प्रभावकारी रहेको आयोजकले जनाएको छ।

सबैको घरमा स्वच्छ पानीको धारा, निरोगी जीवनको सहारा” भन्ने मूल नाराका साथ बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको आठौं वार्षिक साधारण सभा शुक्रबार बाणगंगा नगरपालिका–२ नन्दनगरमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले हालसम्म नगरका २३ हजार ३ सय घरधुरीमा खानेपानी सेवा पुगेको जानकारी दिँदै आगामी ३ वर्षभित्र ७० प्रतिशतभन्दा बढी घरधुरीमा स्वच्छ पानी पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विश्व बहादुर कार्कीले संस्थाले शुद्ध खानेपानी वितरणका लागि कुनै कसर बाँकी नराखेको दाबी गर्नुभयो।

उहाँले आफू सधैं संस्थाको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भए उपभोक्ताले कालो मोसो दल्न सक्नेसम्मको चुनौतीपूर्ण अभिव्यक्ति दिनुभयो।

अध्यक्ष कार्कीको यस्तो अभिव्यक्तिले कार्यक्रम स्थलमा उपस्थित उपभोक्ता तथा सरोकारवालाहरूको ध्यान आकर्षित गरेको थियो।

त्यसैगरी, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णु पौडेलले सामाजिक क्षेत्रमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिए पनि यसले दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले पानी उपभोग गर्ने वास्तविक उपभोक्ताको तथ्यांक संकलन गरेर योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै विशेषगरी दक्षिण क्षेत्रको पानी समस्या समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो।

महासङ्घका केन्द्रीय प्रतिनिधि हुसेल ठकुराईले आयोजना ठूलो भए पनि अपेक्षाकृत उपभोक्ता संख्या कम रहेको भन्दै यसतर्फ सबै सरोकारवालाहरू सचेत हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराई, संस्थापक अध्यक्ष अमरबहादुर थापा, सशस्त्र प्रहरी बेस क्याम्प पिपराका प्रमुख कृष्ण खतिवडा, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेल, संस्थाका उपसमिति, उपभोक्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट