२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

प्रथम कपिलवस्तु व्यापार मेलाको सम्पूर्ण तयारी पूरा ।।

यहि मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा सञ्चालन हुने प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाको आयोजक संस्था उद्योग व्यापार संघ कपिलवस्तुले मेलासम्बन्धी सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

उद्योग व्यापार संघका अध्यक्ष तथा मेलाका संयोजक खिमानन्द पौडेल कोपिलले मेला स्थल सौन्दर्यीकरण, बालउद्यान, स्टल निर्माण, सचिवालय, प्रवेशद्वार तथा स्टेज निर्माण लगायत सबै कार्य सम्पन्न भएको बताउनुभयो ।

महोत्सवमा कणार्लीका खाद्यन्न सामागी्र भित्रिएको बताउदै महोत्सवको उद्घाटन कस्ले गर्ने भन्नी अझै पनि खुलाइएको छनै यो सबैलाई सप्राइज हुनेछ संयोजक पौडेलको भनाइ छ ।

उद्योग ब्यापार संघ कपिलवस्तका कोषाध्क्ष्य शालिकराम आचार्यले महोत्सवलाई सभ्य र भब्य रुपमा उत्घाटन गर्ने तयारी पुरा भएको बताउदै मेलाको अवलोकन गर्न सम्पुर्णमा आग्रह गर्नुभयो ।

डान्स स्टार संयोजक अंसिम कंडेल क्षेत्रिले मेलामा प्रत्येक दिन टिकटको रंग फरक फरक हुने बताउनुभयो ।

मेला आयोजकका अनुसार विश्वकै अग्लो कुकुर, जलपरी प्रदर्शन र सिंहदरबारको झल्को दिने सचिवालय मेलाका प्रमुख आकर्षण रहनेछन् । टिकट दर सामान्यका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० टिकट राखिएको छ भने १०० को टिकट खरिद गर्नेले रु.१०० बराबरको सर्फ निःशुल्क उपहार स्वरूप पाउने बताइएको छ । साथै, मेला क्षेत्रमा निःशुल्क कफी र बिस्कुट वितरण समेत गरिनेछ । स्थानीय कला–संस्कृति झल्कने विभिन्न झाँकी प्रस्तुत गरि मेला उद्घाटन समारोहलाई भव्य बनाईने आयोजकको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट