२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

शैक्षिक गुणस्तर सुधारतर्फ बालज्योति विद्यालयको नयाँ कदम, अभिभावक–शिक्षक संवाद सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ गजेहडामा अवस्थित बालज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धितर्फ थप एक कदम अघि बढाउँदै कक्षा ८ को नतिजा प्रकाशनसँगै अभिभावक अभिमुखीकरण तथा शिक्षकका लागि हस्तलेखन तालिम कार्यक्रम सुरु गरेको छ। सोमबारदेखि बुद्ध आवाज सञ्चार गृहको सभाहलमा तीन दिनसम्म सञ्चालन हुने अभिभावक अन्तरक्रिया कार्यक्रममा अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच प्रभावकारी संवादमार्फत विद्यार्थीको समग्र विकासका विषयमा छलफल हुनेछ। विद्यालयले यस कार्यक्रममार्फत शिक्षण–सिकाइ प्रक्रियामा अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ। यसैबीच, विद्यालय परिसरमै आयोजित विशेष कार्यक्रममा कक्षा ८ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। यस वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै कृष्ण पौडेल र प्रिन्स पौडेलले ४ जीपीए ल्याउन सफल भएका छन्, जसले विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइमा पु¥याएको छ। विद्यालयका प्रिन्सिपल सर्वेन्द्रदेव खनालले गुणस्तरीय शिक्षाका लागि अभिभावक र शिक्षकबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै तालिम तथा अन्तरक्रिया कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नचभयो । “शिक्षकको लेखन सीप सुधार हुँदा कक्षा कोठामा प्रस्तुति प्रभावकारी बन्छ र त्यसको प्रत्यक्ष लाभ विद्यार्थीको सिकाइमा पर्छ,” उहांले भन्नुभयो । कार्यक्रममा अभिभावकलाई विद्यालयका शैक्षिक गतिविधि, विद्यार्थीको प्रगति तथा आगामी योजनाबारे विस्तृत जानकारी गराइएको छ । साथै, शिक्षकका लागि सञ्चालन गरिएको हस्तलेखन तालिमले कक्षाकोठामा सिकाइलाई अझ स्पष्ट, आकर्षक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थी, अभिभावक र शिक्षकबीचको समन्वयलाई अझ सुदृढ बनाउँदै समग्र शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य राखेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट