२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

रुपन्देही–३ बाहेक अन्य क्षेत्रमा उम्मेदवारका बारेमा अभिव्यक्ति नदिन रास्वपाको निर्देशन

 

 

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा नेता तथा सदस्यहरूलाई आफू उम्मेदवार हुने वा उम्मेदवारको आकांक्षी रहेको जस्ता अभिव्यक्ति नदिन निर्देशन दिएको छ।

पार्टीले विभिन्न तहका सदस्यहरूले आगामी निर्वाचनका लागि उम्मेदवार बनेको प्रचार गर्न थालेको भन्दै यस्तो गलत अभिव्यक्ति रोक्न आग्रह गरेको हो।

उम्मेदवार छनोट समितिले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका सार्वजनिक अभिव्यक्तिहरूमा ध्यानाकर्षण भएको जनाएको छ।

समितिले पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको र अन्य कुनै पनि निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो नभएको स्पष्ट गरिएको छ।

यसबाहेक अन्य क्षेत्रमा उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूलाई अनुरोध गरिएको छ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट