२०८३ आश्विन ७ बुधबार
२०८३ आश्विन ७ बुधबार

“कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्टद्वारा १९ विद्यार्थीलाई प्रमाणपत्र वितरण तथा सम्मान”

  • ाष्ट्रिय होटलमा सफलतापूर्वक कार्यरत छन्।
  • नेपाल सरकारले भारतसँग नयाँ वार्ता सम्झौता गरेको छ,
  • नेपाल सरकारले भारतसँग नयाँ वार्ता सम्झौता गरेको छ जसले दुई देशका बीच विभिन्न क्षेत्रमा सहयोग गर्ने सम्झौता गरेको हो। यस सम्झौताले व्यापार, वित्त, र विभिन्न क्षेत्रमा सहयोग गर्ने दोब्बर देशहरूको बीच सम्बन्धलाई मजबूत बनाउन सहयोग प्रदान गर्नेछ।
  • कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ,
  • नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ जसले सरकारलाई संज्ञान गराउँदै आएको छ कि संक्रमण रोक्नका लागि लागू ग

युनिक भुसाल, कपिलवस्तु,

कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्टले डिप्लोमा इन होटल म्यानेजमेन्ट दोस्रो वर्षमा उत्तीर्ण भएका १९ जना विद्यार्थीलाई एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण तथा सम्मान गरेको छ।

शुक्रबार बाणगंगा नगरपालिका–१ बुङ्ग्चीस्थित श्रीपेज होटलमा आयोजित उक्त कार्यक्रममा, मलेसिया र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र प्रदान गरिएको हो।

कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्ट स्थापना कालदेखि नै होटल म्यानेजमेन्ट शिक्षण संस्थाका रूपमा परिचित रहँदै आएको छ। यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपमा समेत दक्षता हासिल गर्दै आएका छन्। संस्थाले उत्पादन गरेका धेरै विद्यार्थीहरू अहिले देश तथा अन्तर्राष्ट्रिय होटलमा सफलतापूर्वक कार्यरत छन्।

कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्टका सञ्चालक दिलीप आलेले आफ्ना शुभकामना मन्तव्य राख्दै — “कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्टले होटलसम्बन्धी विभिन्न खालका तालिम प्रदान गर्दै युवा जनशक्तिलाई सीपयुक्त बनाउन निरन्तर काम गरिरहेको बताउनुभयो। होटल सम्बन्धी सीपले विद्यार्थीहरूलाई देशमै रोजगारी पाउन मद्दत गर्ने र विदेश जान परे पनि यो प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएकाले उनीहरू सजिलै प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनुभयो । स्थापना कालदेखि नै धेरै जनालाई होटल सम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ। जसले उनीहरूको जीवन र रोजगारीको अवसरमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो।

सञ्चालक आलेले विद्यार्थीहरूको सिकाई कहिले नसकिने अझै धेरै सिक्न बाँकी रहेको र सिप सिकेर घर बस्ने मात्र नभई आफूले सिकेको सिपलाई लागू गर्नुपर्ने बताउनुभयो आफूले पढाएका विद्यार्थी अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउने विश्वास व्यक्त गर्नुभयो।

सम्मानित विद्यार्थीहरूले संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आफूले सिकेको सिपलाई अनुशासित र मर्यादित भएर लागू गर्ने बताएका थिए। होटेल सम्बन्धी सिप सिक्न चाहनेहरूका लागि कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्ट कपिलवस्तुकै उत्कृष्ट रहेको बताए।

कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भने कार्यक्रमको सञ्चालन संस्थाका विद्यार्थी सन्देश आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाकै विद्यार्थी मेघ्ना भाट क्षेत्रीको रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट