२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

जोरायलका विभिन्न टोल छाउगोठमुक्त घोषणा

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा रहेका विभिन्न टोलहरुलाइ छाउपडी गोठ मुक्त टोल घोषणा गरिएका छन्। वडा नम्बर ६ को  गाबर, डाँडागाउँ, कफल्तडि टोल लाई  छाउपडी गोठ मुक्तटोल घोषणा गरिएको हो।

सृजनशील स्वास्थ्य आमा समूहको सक्रियतामा वडास्तरीय बालअधिकार समिति सामुदायिक विकास मञ्च डोटी लगायत वडा नम्बर ६ को वडा कार्यालयको सक्रियतामा छाउपडी गोठ मुक्त टोल घोषणा गरिएको हो।

सबै प्रकारको बिभेद अन्त गर्नको लागी सरोकार वालाले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
छाउपडी  कु प्रथाले किसोरि, महिला  बालबालिकामा असर पर्ने भएकाले यसको  अन्त्यका लागि स्थानीय सरकार  राजनीतिक दलका बुद्धिजिबि लगायत आम नागरिकले जनचेतना जगाउदै एक जुट भएर लाग्नु पर्ने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।

देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तिका गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको स्थानीयले बताएका छ्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट