२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

दिलपार्कमा लायन्स र लियोद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • 1. खारखानी दिलपार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • 2. सामुदायिक वनका अध्यक्ष लक्ष्मण खड्का र सचिव हुमबहादुर क्षेत्रीको सहभागिता
  • 3. लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलको धन्यवाद ज्ञापन

कपिलवस्तु, बाणगङ्गा 

बाणगङ्गा नगरपालिका–७ स्थित खारखानी दिलपार्कमा लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलबस्तु दिदीबहिनी, लायन्स क्लब अफ कपिलबस्तु स्टार र लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष विष्णु गिरीले लायन्स क्लबद्वारा सञ्चालित सामाजिक सेवाका गतिविधिहरूको प्रशंसा गर्दै यस्ता कार्यहरूमा सामाजिक संघसंस्थाहरू र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले लायन्स क्लबले विगतमा विभिन्न स्थानमा गरेको वृक्षारोपण कार्य सराहनीय भएको उल्लेख गर्दै, वन कार्यालय यस्ता वातावरणीय अभियानमा निरन्तर साथ दिन तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

वृक्षारोपण कार्यक्रमका संयोजक मोहन न्यौपानेका अनुसार सामुदायिक वनका अध्यक्ष लक्ष्मण खड्का, सचिव हुमबहादुर क्षेत्री, लायन्स र लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा १०० थान विभिन्न जातका बिरुवा रोपिएको हो। कार्यक्रममा करिब ६५ जनाको उपस्थिति रहेको थियो।

तीन वटै लायन्स क्लब र लियो क्लबका अध्यक्षहरूको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ कपिलवस्तुका सचिव सन्दीप भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष सुमन क्षेत्रीले व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापनमा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै वातावरण संरक्षणमा साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो।

 

फोटो फिचर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट