२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरिन

बझाङ,चैत १३। बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन्।

जिल्लाको केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो मंगलबार एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा अध्ययनरत मल्ल मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठकुन्नाका अनुसार मृतक मल्लले परिक्षा बिग्रेको र आफुलाई माफ गर्न भनी सुसाईड नोट फेला परेको छ। बिहान परीक्षा दिएर घरमा आएकी उनी साँझ ५ बजेतिर आफ्नै घरमा फ्यानमा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट