२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

विकास ‘पूर्वमा थूपारे’ र फोहोर ‘हामीमा थूपार्ने’, हामीलाई यो मान्य छैन — अश्विन कार्की

 

 

 

बाणगंगा नगरपालिका ले फोहोरको डम्पिंग साइड वडा नम्बर ९ भलवाड मा राख्ने विषयमा भलवाडका युवा अभियन्ता अश्विन कार्की यतिबेला स्थानीय विकासको ढाँचा र फोहोर व्यवस्थापनप्रति कडा असन्तुष्टि व्यक्त गर्दै चर्चामा छन्। उहाँको स्पष्ट भनाइ छ — “विकास पूर्वतिर थुपारिन्छ, तर फोहोर उत्तर पश्चिमतिर अर्थात् हामीकहाँ थुपारिन्छ। यस्तो असमान व्यवहार अब हामीलाई मान्य छैन।”
विकासको असमान वितरण
अश्विनका अनुसार भलवाडका उत्तर गाऊँ वर्षौँदेखि आधारभूत संरचनाबाट वञ्चित छन्। सडक, पानी, पार्क, सार्वजनिक संरचना—सबै विकास योजनाहरू पूर्वी भागमा प्राथमिकता पाउँदै आएका छन्।
“विकासले सबैलाई छोइरहनुपर्छ, तर यहाँ चाहिँ एक पक्ष फाइदा उठाउँछ, अर्को पक्ष ‘अवहेलित’ हुन्छ,” कार्कीको गुनासो छ।

कार्की भन्छन् —
“विकासका नाममा सुन्दरता चाहिने ठाउँमा फोहोर लगिँदैन, तर हामी बस्ने ठाउँमा डम्पिङ साइट बनाइन्छ। यो न अन्याय मात्रै हो, यो त सडेको सोच हो।”
भलवाडका बासिन्दाले पटक–पटक विरोध गर्दा पनि स्थानीय निकाय कानमा तेल हालेर बसिरहेको युवाहरूको आरोप छ।
डम्पिङ रोक्न हस्ताक्षर अभियान चलाउने, भलवाडका युवाहरु भनाई रहेको उनले बताए
उनको भनाइमा, “हामी सडक, पानी, शिक्षा, स्वास्थ्य सबैमा बराबरी चाहन्छौं। विकास पनि बराबर, फोहोर पनि बराबर—तर फोहोर ‘हामी मात्र’ पाउने अवस्था हामी स्वीकार्दैनौँ।”
हामीलाई मान्य छैन

फोहोर थुपार्ने मानसिकता परिवर्तन नभएसम्म समस्या समाधान नहुने कार्कीको निष्कर्ष छ।
“आज हामी मौन बस्यौँ भने भोलि हाम्रो बस्ती डम्पिङ साइट बनाइनेछ। त्यसैले हामी स्पष्ट हुन जरुरी छ की अब फोहोर ‘हाम्रो घर’मा, विकास ‘अरूघर’मा हामीलाई मान्य छैन।”
समुदायको आवाज बलियो बन्दै गएको छ। अब जिम्मेवार निकायले सुनिदिन्छ कि पुनः नजरअन्दाज गर्छ—यो नै भलवाडको आगामी अवस्थालाई निर्धारण गर्नेछ।

कार्की ले बाणगंगा वडा नम्बर ९ भलवाड सबै राजनीतिक दल , युवा क्लव , नागरिक समाज , र व्यक्तिलाई यो बेला एक जुट भएर एकता मा रेहेर आवाज उठाऊँन र सहयोग गर्न अनुरोध गरेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट