२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

साइन नेपाल द्वारा दुर्गमका स्वास्थ्य संस्था लाई १७ लाखका सामग्री वितरण

डोटी,,,
साइन नेपाल कैलाली द्वारा डोटीको दुर्गममा रहेका स्वास्थ्य संस्थालाई १७ लाख बराबरको ल्याब उपकरणहरू हस्तान्तरण गरेको छ ।

मानवीय सेवामा अनेकौँ परियास (साइन नेपाल) नामक गैरसरकारी संस्थाको केयर एन्ड रिलिफ ऋब्च्–२२ परियोजनाअन्तर्गत डोटीको आदर्श गाउँ पालिका र सायल गाउँपालिकाको स्वास्थ्य संस्थामा ल्याब स्थापनाका लागी उपकरण प्रदान गरेको हो  । 

आइतबार आदर्श गाउँपालिकाको वडा नं.६ गिरीचौका स्वास्थ्य चौकीमा र सोमवार सायल गाउँपालिकाको वडा नं.५मा रहेको भानुदय आधारभूत स्वास्थ्य केन्द्रमा औपचारीक कार्यक्रमको आयोजना गरी समाग्रि हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य संस्थामा ल्याबका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर बिरामी हरुले घण्टौँ लगाएर महँगो मूल्य तिरेर टाढा जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको आदर्श गाउँ पालिका वडा न ६ का वडा अध्यक्ष लालबहादुर खडायतले बताउनु भयो ।

जिल्लाको दुर्गम बस्तीमा रहेको आदर्श गाउँपालिका  वडा न ६ डोटीको गिरिचौका स्वस्थ चौकी र सायल गाउँपालिकाको वडा नं.५मा रहेको भानुदय आधारभूत स्वास्थ्य केन्दलाई १७ लाख बराबरको विभिन्न रोग परीक्षण मा सहज होस भनेर मेसिनहरू वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले उपकरण मात्र भएर केही नहुने भन्दै स्थानीय सरकारले दक्ष जनशक्तिको व्यवस्था गरेर सेवा दिने आसा समेत व्यक्त गरे ।

कार्यक्रम बोल्दै आदर्श गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी रोकायले अफुले गरेको आग्रहलाई सहर्ष स्वीकार गर्दै संस्थाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । 

त्यसतै सायल गाउँ पालिकाका अध्यक्ष धर्मराज जोशीले संस्थाले गरेको ठुलो सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
उपकरणहरू सहित आवश्यक औषधि उपचारको व्यवस्था गाउँकै स्वास्थ्य संस्थामा हुनु पर्ने स्थानीयले अपेक्षा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट