२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुमा मंगलबार दिउँसो स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

कृष्णनगर नगरपालिका–९, जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा करिब ३ बजेतिर भएको दुर्घटनामा ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

यू पी ३५ ए के २४१५ नम्बरको महिन्द्रा स्कार्पियोले बाटो क्रस गर्दै गरेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगन्ज पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियोचालक ३५ वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट