२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

क्षयरोग मुक्त नगर बनाउनका लागि निशुल्क क्षयरोग परिक्षण

चैत्र ५ कपिलवस्तु,
बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ का २०० जना सेवाग्राहीले निशुल्क क्षयरोग परिक्षण सेवा पाएका छन।वडा नम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा राखिएको शिविरमा २०० जना सेवाग्राही मध्ये १९४ जनाको छातिको एक्स्रे गर्दा ६० जना संकास्पद घेरामा रहेका सेवाग्राहीको खकार ल्याब परिक्षणका लागि संकलन गरिएको स्वास्थ्य सेवा केन्द्र प्रमुख ईश्वरा खरेलले जानकारी गराउनुभएको छ। बिराट नेपाल मेडिकल ट्रस्टको प्राविधिक सहयोग मा गरिएको शिविर मा पिपरा अस्पताल का डाक्टर संजोग शिवाकोटी ज्यु सहितको सहयोग बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा बाट लिइएको ट्रस्ट कि फोकल प्रसन DPC प्रकृति भण्डारीले जानकारी गराउनुभएको छ।बाणगङ्गा नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउन बिगत ४ बर्सदेखी निरन्तर शिबिर संचालन गरिरहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभएको छ।यश बर्स पनि आजसम्म नगरका ८ वटा बडामा शिबिर सप्पन्न भैसकेको र अब बाँकी २,४ र ११ नम्बर वडा मा पनि क्रमश गरिने पौडेलले जानकारी गराउनुभएको छ।आज भएको कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य अधिकृत भक्ती पाण्डेले गर्नुभएको थियो। वडाका कार्यवाहक अध्यक्ष लक्ष्मी बहादुर खत्री,ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासे,स्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख इस्वरा खरेल,मेनका घिमिरे ,भगवती थापा ,वडाका स्वास्थ्य स्वयंसेविका लगायत को उपस्थितिमा भएको शिविरमा वडाका उल्लेख्य जेष्ठ नागरिक हरु सहित आम सर्वसाधारण ले आफ्नै गाउँ टोलमा निशुल्क एक्सरे सहितको स्वास्थ्य जाँच गर्न पाउँदा सहभागीहरुले खुसी ब्यक्त गरेको ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासेले जानकारी दिनुभएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ