२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

जनता क्याम्पस पिपराको अध्यक्षको जिम्मेवारी वडाध्यक्ष बिष्णु पौडेललाई

  • ैक्षिक संस्थानको विकासका लागि सञ्चालक समितिले कार्य गर्ने योजना बनाउने भएको छ। यसैगरी, उक्त समितिले क्याम्पसको प्रमुखलाई पनि निर्देशन दिने निर्णय गरेको छ।
  • सुर्खेत
  • सुर्खेतमा नेपाली कांग्रेसका विधायक र जिल्ला कांग्रेसका अध्यक्ष गगन थापाले आफ्नो जिल्लाको कांग्रेस अध्यक्षमा पुनः चयन भएको छ। सुर्खेत जिल्ला कांग्रेसको आजको बैठकमा थापाले अध्यक्ष चयन भएको हो।
  • उक्त बैठकमा थापाले अध्यक्ष चयन भएको बताएका छन्। उनले आफ्नो जिल्लाको कांग्रेस अध्यक्षको पदमा पुनः चयन भएको बताए। थापाले आफ्नो

कपिलवस्तु
जनता क्याम्पसको संचालक समिति अध्यक्षको जिम्मेवारी वडाध्यक्ष मा बिष्णु प्रसाद पौडेललाई प्रदान गरिएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा– २ पिपरामा रहेको उक्त क्याम्पसमा वडाध्यक्ष पौडेलको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रत्न बहादुर कार्की चयन हुनु भएको छ भने सदस्यहरुमा हरी प्रसाद पाण्डे, रमेश पन्थी, हरी प्रसाद घिमिरे, कृष्ण गैरे, शिब कुमार कार्की, कृष्ण बहादुर कार्की, भिमसेन कार्की, नवराज बैदाली, बिष्णु माया थापा, उदयराज चौधरी, रहनु भएको छ ।

साथै क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखको जिम्मेवारी उज्जवल अधिकारीलाई दिने निर्णय समेत गरेको छ ।

कक्षा १२ सम्म मात्र अध्यापन हुदै आएको जनता माध्यमिक बिद्यालयमा यही शैक्षिक सत्रदेखि बीबीए इन आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम सञ्चालन हुने भएपछि जनता क्याम्पसमा सञ्चालक समिति गठन गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता माध्यमिक विद्यालयबीच औपचारिक सहकार्यपछि उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

मंगलबार लुम्बिनी विश्वविद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आपसी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

अध्यक्षमा चयन भएपछि पौडेलले क्याम्पसलाई प्रभावकारी रुपमा सञ्चालनका लागी रणनिति तयार गरी योजनाबद्ध तरिकाले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । अध्यक्ष पौडेलले शैक्षिक क्षेत्रमा नगरपालिका क्रमशः अगाडि बढेको बताउँदै शैक्षिक गुणस्तरका लागि आफु कुनै कसर बाँकी नराख्ने लुम्बिनी दर्पणलाई बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट