२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

जाडो बढेपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका विद्यालयमा विदा

कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाले बढ्दो चिसो र प्रतिकूल मौसमका कारण गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाहरूमा जाडो विदाको घोषणा गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, बैदौली कपिलवस्तुबाट जारी सूचनाअनुसार विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जाडो विदा दिने निर्णय गरिएको जनाईएको छ । सूचनामा उल्लेख भएअनुसार यही पौष ९ गतेदेखि आगामी पौष १४ गतेसम्म जाडो विदा हुनेछ। उक्त विदा विद्यालयको वार्षिक बिदाबाट कट्टी हुने गरी लागू गरिएको गाउँपालिकाले जनाएको छ। चिसोका कारण विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विदा दिनु परेको जनाइएको छ। गाउँपालिकाले यो निर्णय यशोधरा गाउँपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयहरूमा लागू हुने स्पष्ट पारेको छ। साथै, विद्यालय प्रशासनलाई विदाको समयमा विद्यार्थी तथा अभिभावकहरूलाई आवश्यक जानकारी गराउन पनि अनुरोध गरिएको छ।गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै जाडो विदा दिने निर्णय गरेको बताउनुभयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट