२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

पिपरा महिला कोठी सामुदायिक वनमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र

लक्ष्मण सापकोटा
कपिलवस्तु, कार्तिक १८

पिपरा महिला कोठी सेवा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढ्दै गएको छ । आगामी कार्तिक २२ गते हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न प्यानलका उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भएका छन् ।

वनको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा भिमसेन कार्की, झलक बहादुर कार्की, शंकर कार्की र राम प्रसाद भट्टराई गरी चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिमसेन कार्कीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन् ।
त्यस्तै एमालेले झलक बहादुर कार्कीको नेतृत्वमा प्यानल गठन गरेको छ ।यसैबीच, माओवादी केन्द्र निकट राम प्रसाद भट्टराई अध्यक्षका लागि तथा हुम बहादुर परियारले कोषाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
अर्कोतर्फ, एमाले निकट मानिने सोहि वनका निःवर्तमान सह–सचिव शंकर कार्कीले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

निर्वाचन मण्डलका संयोजक खिम बहादुर जिसीका अनुसार गत असोज ३० गते गते सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन को नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा ७४२ जना मतदाताले मतदान गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट