२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी लगाउने उद्योग व्यापार संघ कपिलवस्तुको घोषणा

  • मा सहभागिता गर्न आग्रह गरेका छन्। उनले मेलामा पत्रकारिता सम्मेलन, प्रेस ब्रिफिङ, मिडिया व्यापार गर्ने कार्यक्रमहरू गर्ने योजना बनाइएको बताए। उनका अनुसार मेलामा सञ्चारमाध्यमको सकारात्मक भूमिका स्थापित गर्न सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रमहरू गरिएको छ।
  • अन्य बुलेट पोइन्टहरू:
  • नेपाल सरकारले अब देशभरका नगरपालिकामा व्यापारिक बैंक खोल्ने योजना बनाएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
  • नेपालमा कोभिड–१९ महामारीको संक्रमण दर घट्दै गएको छ। सरकारले जनतालाई सतर्क रहने आग्रह गरेक

लक्ष्मण सापकोटा, प्रेसपत्र अनलाईन ।

उद्योग व्यापार संघ, कपिलवस्तुले प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि, पर्यटन तथा व्यापार मेला लगाउने घोषणा गरेको छ । संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म मेला सञ्चालन हुने जानकारी गराएको हो । उद्योग व्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले मेलाको उद्देश्य, पूर्वतयारी र संभावनाबारे जानकारी गराउँदै बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्धरंगशालामा मेला हुने बताए । उनले मेला जिल्लाको आर्थिक, औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको समग्र प्रवद्र्धनमा केन्द्रित रहने बताए ।

अध्यक्ष पौडेलले महत्सव सञ्चालनको सन्र्दभमा २०८० सालमा नगरपालिका, कपिलवस्तु उद्योग बाणीज्य संघ, व्यापार संघ कपिलवस्तु र बाणगंगा वेलफेयर सोसाइटी विच भएको सहमति निर्णय हुबहु लागु गर्न आग्रह गर्नु भयो । “मेला केवल व्यापारिक गतिविधि होइन, यो हाम्रो जिल्लाको पहिचान, उत्पादन र अवसरलाई राष्ट्रिय स्तरमा उजागर गर्ने प्लेटफर्म हो,” उनले भने । उनले मेलामा देशभरका उद्यमी, व्यवसायी, कृषक, नवप्रवर्तन कर्ताहरूको सहभागिता रहने बताए । उनले सो क्रममा ३५ वटा उपसमिति निर्माण गरि मेला तयारीको आन्तरिक तथा बाह्य तयारीको कामलाई तीब्रता दिने तयारी समेत रहेको बताए ।

संघका संरक्षक टोप नारायण बेल्वासेले यस्तो प्रदर्शनीले स्वदेशी उत्पादन र सेवा प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। मेलाले स्थानीय उत्पादनलाई बजारिकरणमा टेवा पुर्याउने र नवप्रवर्तनका अवसरहरू सृजना गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मेला सफल पार्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा उद्योग व्यापार संघ प्रदेश उपाध्यक्ष गिरीराज पौडेल, रेवता पौडेल,प्रदेश सदस्य कृष्ण ब कलवार, मनोज नेपाली, अब्दुर रेहेमान, शालिकराम आचार्य, सल्लाहकार सरोज खनाल, अर्जुन सापकोटा, राम प्रसाद गिरी हरी दिपक पन्थी लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका लेखा समिति संयोजक बिष्णु प्रसाद सापकोटाको सञ्चालनमा भएको उक्त पत्रकार भेटघाट कार्यक्रममा संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट