लक्ष्मण सापकोटा
कार्तिक १६, कपिलवस्तु,
बाणगंगा नगरपालिकाले भू–उपयोग योजना अन्तर्गत रोकिएका कित्ताकाट खुलाउने र टुक्रे आयोजनालाई केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आईतबार सम्पन्न नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालका अनुसार वि.स. २०७९ मा गरिएको जग्गाको वर्गीकरण अनुसार रोकिएको कित्ताकाट खुलाउने निर्णय गरि राजपत्रमा प्रकाशित का लागि पठाईएको छ ।

भू–उपयोग योजना अन्तर्गत नगरपालिकाले १० किसिममा वर्गिकरण गरी कित्ताकाट खुलाउन गरिएको यो निर्णय राजपत्रमा प्रकाशित भएपश्चात २÷३ भित्रमा रोकिएका कामहरु सन्चालन हुनेछन् ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८२÷८३ मा स्विकृत निति कार्यक्रम तथा बजेट अन्तर्गत टुक्रे योजनाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी का अनुसार देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै संघ र प्रदेशको निर्देशन बमोजिम सानातिना टुक्रे आयोजाहरु केहि समयका लागि स्थगित गरी १० लाख भन्दा ठूला आयोजनाहरु टेन्डर गर्ने निर्णय गरेको छ ।










