२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

मायादेवी साझेदारी वनलाई देशमै तेस्रो पुरस्कार

  • 1. कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समूहले तेस्रो भई पुरस्कृत भएको छ।
  • 2. साझेदारी वनलाई नगद २५ हजार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
  • 3. साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जयसवालले उत्कृष्ट कार्य सम्पादन गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताए।

कपिलवस्तु, २६ साउन ।

कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समूह देशभरमै तेस्रो भई पुरस्कृत भएको छ । साझेदारी वनको संरक्षण, संबद्र्धन, दिगो उपयोग, बातावरण सन्तुलन तथा जैविक बिबिधता संरक्षणमा एवं गरिबी न्यूनिकरणमा उल्लेखनीय कार्य गरेकामा सामुदायिक वन दिवश २०८२ को अवसर पारेर साझेदारी वन सम्मानित भएको हो ।

साझेदारी वनलाई नगद २५ हजार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । दिवशको कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, मन्त्रालयका सचिव डा राजेन्द्रकुमार मिश्र र वन तथा भू–संरक्षण बिभागका महानिर्देशक बद्रिराज ढुंगानाले साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जयसवाल र उपाध्यक्ष शैलेन्द्र कुमार यादवलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

मन्त्रालयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई समेत कार्यक्रममा सम्मानित गरेको थियो । कार्यक्रममा डिभिजनका बरिष्ठ वन अधिकृत मदन ढुंगानालाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा साझेदारी वन तर्फ मध्यविन्दु साझेदारी वन उपभोक्ता समूह प्रथम, बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूह द्वितीय भई पुरस्कृत भएका थिए ।

मायादेवी साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष दिनेश प्रसाद जयसवालले साझेदारी वनलाई पुरस्कार प्राप्त सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा अझै उत्कृष्ट कार्य सम्पादन गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट