२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो वार्षिकोत्सव कपिलवस्तुमा सम्पन्न

  • 1. वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो वार्षिक उत्सव कार्यक्रम कपिलवस्तुमा सम्पन्न।
  • 2. वनमन्त्रीहरूले वन सदुपयोग गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे, वन व्यवस्थापनमा सहकार्य गर्न आग्रह।
  • 3. कपिलवस्तुले २५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेकोमा प्रशंसा, वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट सम्मानित।

लक्ष्मण सापकोटा,
कपिलवस्तु

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल को चौथो वार्षिक उत्सव कार्यक्रम सोमबार कपिलवस्तुको मायादेवी रिसोर्टमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन मन्त्री देवप्रसाद कलवारले वन सदुपयोग गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वन व्यवस्थापन गर्न सकेको खण्डमा कसैको अघि हात फैलाउन नपर्ने र वनबाटै राष्ट्रको समृद्धि हुने जिकिर गर्नुभयो । अन्य मुलुकबाट आयातित काठ को प्रयोग रोकी आफ्नै देशमा आफ्नै देशको काठ प्रयोग गर्न आग्रह गर्नुभयो , उहाँले कुनै पनि खाली ठाउँ नराखी वृक्षारोपण गर्ने कुरामा जोड दिनुभयो ।

 

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद विष्णु पन्थीले वैज्ञानिक वन व्यवस्थापनकै माध्यमबाट कपिलवस्तुले २५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघप्रति लक्षित गर्दै उहाले वैज्ञानिक वन व्यवस्थापनप्रति भ्रम नफैलाउन र केहि सञ्चार माध्यमहरुलाई हावा तालमा समाचार नलेख्न आग्रह समेत गर्नुभयो । उहाँले सबै मिलेर वैज्ञानिक वन व्यवस्थापनप्रति भएको गलत भाष्यलाई चिर्नुपर्नेेमा जोड दिनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले वनको उचित व्यवस्थापन गरी सदुपयोग गर्न सके राष्ट्र समृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल ले वन व्यवस्थापनमा व्यक्ति स्वयं सहभागी हुनु आवश्यक रहेको बताउनुभयो । सुशासन पारदर्शिता र इमान्दारिता आवश्यक रहेको र वन संरक्षण नहुँदा वातावरणमा नकारात्मक प्रभाव परेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।


त्यस्तै महासंघका सल्लाहकार प्राध्यापक डाक्टर राजेश राईले वन व्यवस्थापनबाट देशलाई आर्थिक समृद्धिको दिशातर्फ लग्न सकिने बताउँदै व्यवस्थापनलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिनुभयो ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष रेनु सेनले वनको उचित उपयोगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने बताउदै वैज्ञानिक वन व्यवस्थापनकै माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न र वैदेशिक पलायन रोक्न वन नियमावली तत्काल लागू गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल का बरिष्ट उपाध्यक्ष डिल्ली रेग्मीले अहिले वन दोहनभन्दा संरक्षणको बाटोमा पुगेको बताउनुभयो । उहाँले वैज्ञानिक वन व्यवस्थापन गर्न सकेको खण्डमा स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउनुभयोे । वैज्ञानिक वन व्यवस्थापन प्रति भ्रम फैलाउन छोडेर वन को उचित व्यवस्थापन एवं सदुपयोगका निमित्त सहकार्य गर्न सामुदायिक वन उपभोक्ता महासंघलाई आग्रह गर्नुभयो ।

महासंघका महासचिव पर्साराम भुसालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा देशभरका विभिन्न सामुदायिक, धार्मिक, साझेदारी वनको प्रतिनिधि , सरकारी एवं गैर सहकारी संस्थाहरुका प्रतिनिधि , राजनितिज्ञ एवं विभिन्न सरोकारवालाहरुका १३०० भन्दा बढिको उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष रेनु सेनले संस्थाकोे पाचौ वार्षिकोत्सव २०८३ श्रावण १२ गते सुदुर पश्चिम प्रदेशमा गरिने घोषणा समेत गर्नुभयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट