२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

९ महिनामा सम्पन्न पुल: ठेकेदारको दक्षता र प्रतिबद्धताको उदाहरण,समयभन्दा १५ महिना अघिनै सम्पन्न

वाणगंगा नगरपालिका–९ स्थित कोइली खोला (ख) मा निर्माण गरिएको पुल केवल ९ महिनामै सम्पन्न भएपछि स्थानीयवासीको उत्साह झनै बढेको छ। सम्झौताअनुसार २ वर्षको समयावधि दिइएको भए पनि १५ महिना अघिनै काम सकिनुले यो आयोजना लुम्बिनी प्रदेशकै प्रेरणादायी उदाहरण बनेको हो।

पुल निर्माणको जिम्मा लिएको श्रेष्ठ एण्ड एन.बी. जेभी, बुटवल कम्पनीका प्रमुख नारायणप्रसाद भुसालका अनुसार, २०७८ असार २० मा सम्झौता भएको यो आयोजनाको ७३.५ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको छ। करसहित कुल लागत ११ करोड ४९ लाख २ हजार ८ सय रुपैयाँ रहेको यो पुलको सम्पूर्ण निर्माण कार्य समयभन्दा धेरै अघि नै सम्पन्न गरिएको हो।

ठेकेदारको दक्षता, प्रतिबद्धता र प्रभावकारी व्यवस्थापनको कारण समयमै मात्र होइन, गुणस्तरीय निर्माणसमेत सुनिश्चित भएको साइट इन्चार्ज हरि अर्यालले बताए। उनले स्थानीय सडक पुल कार्यक्रम, ललितपुरको प्राविधिक सहयोगमा सम्पन्न यो आयोजनाले भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तु मार्फत निर्माण थालिएको जानकारी दिए।

वर्षायाममा जोखिमपूर्ण कोइली खोला तर्ने बाध्यताको अन्त्य भएको भन्दै नगर प्रमुख चक्रपाणि अर्यालले यस पुलले स्थानीय बासिन्दाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने बताए। अब वाणगंगा–मोतिपुर–भलवाड–डोहोटे सडक खण्ड हुँदै पूर्व–पश्चिम राजमार्गअर्घाखाँचीको सन्धिखर्क जोडिँदा व्यापारिक आवागमन र आर्थिक गतिविधिमा तीव्रता आउने उनको भनाइ थियो।

वडाध्यक्ष कमल पौडेलका अनुसार, यो आयोजनाको समयमै सम्पन्नता र गुणस्तरीयताले अन्य स्थानीय पूर्वाधार योजनाहरूका लागि नजीर र प्रेरणा बन्नेछ। उनले यस पुलले सडक सञ्जाल थप बलियो बनाउँदै वाणगंगा–९ लाई विकासको नयाँ गन्तव्यका रूपमा अघि बढाएको उल्लेख गरे।

समय भन्दा धेरै अगाडि सम्पन्न यो पुलले केवल भौतिक पूर्वाधार विकासमा योगदान पुर्‍याएको छैन, यसले सुशासन, इमानदार कार्यान्वयन, र समर्पित ठेकेदार व्यवस्थापनको जीवित उदाहरण पनि पेश गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ