सुवास खनाल, कपिलवस्तु ।
खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित “बाणगंगा कप २०८२” क्रिकेट प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । नाइन्टिस् वारियर्स क्रिकेट क्लवको आयोजनामा बाणगंगा नगरपालिका–४ जितपुरस्थित बुद्ध रंगशालामा सुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गर्नुभएको थियो । प्रमुख अर्यालले बाणगंगा नगरपालिकाले प्रत्येक वर्ष वडास्तरीय र नगरस्तरीय गरी वार्षिक ५० लाख बढी बजेट खेलकुद कार्यक्रहरुका लागि खर्चिएको बताउनुभयो । नगरपालिकाले मेयर कप फुटबल उपमेयर कप, भलिबल तथा राष्ट्रपति रनिङशील खेल जस्ता विभिन्न खेलकुदका कार्यक्रमहरू आयोजना गर्दै आएको बताउनुभयो । उहाँले क्लबले सञ्चालन गरेको क्रिकेट प्रतियोगिताले समग्र बाणगंगा नगरपालिकाभित्रका खेलाडीहरूको व्यक्तित्व विकास गर्ने तथा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने भएकोले आयोजक क्लबलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जिसीले खेलकुद कार्यक्रमहरूले मानिसलाई सिक्ने र सिकाउने भावनाको विकास गराउने हुँदा स्थानीय स्तरमा सञ्चालन हुने खेलकुद कार्यक्रमहरूलाई नगरपालिका तथा स्थानीय सरकारले सहयोग पु¥याउँदै आएको बताउनुभयो ।


कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरी, उद्योग वाणिज्य सघं कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष हरि अधिकारी, क्लबका उपाध्यक्ष नारायण पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार सागर सुनारले गर्नुभएको थियो।

५ हजार १११ रुपैयाँ प्रवेश शुल्क तोकिएको यस प्रतियोगिताको विजेताले नगद रु ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । बुधबार पहिलो खेल खान ए वान क्लब र टिम जावेद क्लब बीच भएको थियो । जसमा खान एवान क्लब ११७ रनले विजय भएको छ। यस्तै कार्यक्रममा नेपाली चलचित्र मोहरको निर्माता टिमको पनि उपस्थिति रहेको थियो।









