२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

मायादेवी साझेदारी वन उपभोक्ता समूहको १३ औं साधारण सभा सम्पन्न ।। हरित अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड

युनिक भुसाल, कपिलवस्तु ।
मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा १० कपिलवस्तुको १३ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री बिष्णु पन्थीले गर्नुभयो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पन्थीले मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम गर्नुका साथै स्थानीय जनताको जीवनस्तर सुधार गर्न सहयोग पु¥याएको दाबी गर्नुभएको छ ।

साधारण सभाको अवसरमा डिभिजन वन कार्यालय कपिलबस्तुका डिभिजनल बन अधिकृत ईश्वरी प्रसाद पौडेल, साझेदारी वन महासंघका जयप्रकाश पाण्डे र सामुदायिक वनहरुका प्रतिनिधीहरु लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै मायादेवी साझेदारी वनलाई स्थानीय उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने गरि वन कार्ययोजना बनाउन तथा उपभोक्ताको प्रत्यक्ष सहभागितामा वन संरक्षणमा जोड दिनु आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, वडाध्यक्ष शैलेन्द्र कुमार यादवले हरित अर्थतन्त्रलाई सबल बनाउदै पारिस्थितीक पद्धतिलाई बलियो बनाउन सबै सचेतपूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

साधारण सभामा मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद जयसवालले आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आयब्यव बिवरण अनुमोदन समेत गरिएको लेखा संयोजक राकेश यादवले जानकारी दिनुभएको छ ।

यस्तै, साधारणसभामा वन संरक्षणमा सहयोग पु¥याएका तीन जनालाई सम्मान समेत गरिएको छ । बनको बैज्ञानिक ब्यवस्थापन, साझेदारी बनको बिकास र प्रवद्र्धनमा पत्रकारिता क्षेत्र मार्फत महत्वपूर्ण भूमिका खेले वापत् रेडियो परिवर्तनका प्रबन्ध निर्देशक भुपाल थापा र पत्रकार कृष्ण पौडेललाई सम्मानित गरिएको छ ।

मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शैलेन्द्रकुमार यादवले गर्नुभएको थियो । लेखाको प्रतिवेदन समूहका सदस्य राकेश यादव र लेखा व्यवस्थापक शिवराज चौधरीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन समूहका सदस्य गोविन्द पौडेलले गर्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट