२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

तौलिहवाको गौढीचोकमा ११ करोड लगानीमा आधुनिक चिल्ड्रेन पार्क निर्माण हुँदै

 


कपिलवस्तु संवाददाता,

कपिलवस्तु, १५ मंसिर ।

बुद्धनगरी प्राचीन कपिलवस्तुको तौलिहवा स्थित गौढीचोकमा आधुनिक चिल्ड्रेन पार्क निर्माण कार्य अघि बढाइएको छ। करिब ११ करोड ६८ लाख ९८ हजार ५ सय ८१ रुपैयाँ लागतमा कपिलवस्तु नगरपालिका–१ अन्तर्गत रहेको पोखरीमा माटो पटान गरी पार्क निर्माणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। पार्क १२ हजार ४ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिँदै छ।

क्षेत्रीय शहरी विकास परियोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौंको लगानीमा निर्माण कार्य अघि बढाइएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले जानकारी दिए। प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यो परियोजना सफल बनाउन नगरबासीको सक्रिय सहयोग अपरिहार्य रहने उल्लेख गरे। पार्क निर्माणले तौलिहवाका स्थानीयलाई मनोरञ्जनसँगै रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ।

पार्क निर्माणले बुद्धनगरीको सौन्दर्य थप चम्किनेछ। मानिसहरूको आगमन बढेसँगै रोजगारी र आय दुवै बढ्नेछ,” मेयर पौडेलले भने।

वडाध्यक्ष जाहिदा खालले पनि परियोजना वडा तथा नगरकै गौरवको विषय रहेको बताउँदै सबै पक्षको सामूहिक सहयोग आवश्यक भएको उल्लेख गरिन्। निर्माण प्रक्रियामा देखा पर्न सक्ने विवादहरू सहकार्यका साथ समाधान गर्नुपर्नेमा उनले जोड दिइन्।

त्यसैगरी अगुवा समाजसेवी देवीप्रसाद बर्माले पार्क निर्माण अघि जग्गा सुनिश्चितता अत्यावश्यक हुने बताउँदै चोकबजार क्षेत्रका घरधनीहरूसँग सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे।

पार्क निर्माणमा हाल सबैभन्दा ठूलो चुनौती जग्गा सुनिश्चितता र सरसफाइ रहेको जनाइएको छ। पोखरी आसपास चारैतिर घरहरू निर्माण भइसकेका छन् भने धेरैले पोखरी क्षेत्रमा फोहोर तथा मलमूत्र फाल्ने स्थलका रूपमा प्रयोग गर्दै आएको पाएपछि सरसफाइ व्यवस्थापन पार्क निर्माणको मुख्य चुनौती बन्न पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट