२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

बाणगंगा–७ मा भूमिहीनलाई पुर्जा वितरण गर्दै मन्त्री बलराम अधिकारी, २८ जनाले पाए जग्गा

  • 1. बाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण सुरु गरिएको छ।
  • 2. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वडा नम्बर ७ का २८ जना लाभग्राहीलाई जम्मा दुई बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभयो।
  • 3. नगरपालिकाले यो अभियानलाई सबै ११ वडामा तीव्र गतिमा अघि बढाउने जनाएको छ।

कपिलवस्तु ।

बाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण सुरु गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वडा नम्बर ७ का २८ जना लाभग्राहीलाई जम्मा दुई बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभयो। यससँगै बाणगंगा नगरपालिकाको ‘भूमिहीनलाई जग्गा’ दिने मूल सङ्कल्पको कार्यान्वयनको थालनी भएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरू, भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य, प्रमुख जिल्ला अधिकारी, मालपोत तथा नापी कार्यालयका प्रमुख, सर्वदलीय नेताहरू, राष्ट्रसेवक कर्मचारी, स्थानीय बुद्धिजीवी र ठूलो संख्यामा स्थानीयको उपस्थिति थियो।

वडा अध्यक्ष विष्णु गिरीले आफ्नो वडाका २८ जना बासिन्दालाई जग्गाधनी पुर्जा दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै भूमि आयोग, मालपोत र नापी कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो। नगरपालिकाले यो अभियानलाई सबै ११ वडामा तीव्र गतिमा अघि बढाउने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट