२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

सामुदायिक वनमा बाबु–छोराको साम्राज्यः वनको जग्गा अतिक्रमण ऋण लिएको पैसा झ्वाम ।।

  • ौडेलले यस घटनासम्बन्धी जानकारी प्राप्त गरेका छन् । उनले भने, यस्ता घटनाहरू वन संरक्षण तथा वन्यजन्तु संरक्षणमा अवैध गतिविधिहरू गर्दा वन्यजन्तुहरूको संरक्षणमा असर पर्ने सम्भावना छ ।
  • नेपाल टेलिकमको नयाँ नियमावली लागू भएको छ । यस नियमावलीले नेपाल टेलिकमको ग्राहकहरूलाई खुसी गर्नका लागि विभिन्न सुविधाहरू प्रदान गर्ने योजना बनाएको छ ।
  • नयाँ नियमावलीले नेपाल टेलिकमको सेवाहरू र सुविधाहरूलाई बेहतर बनाउने लक्ष्य राखेको छ । यस नियमावलीले ग्राहकहरूलाई अधिक सु

लक्ष्मण सापकोटा, कपिलवस्तु
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–१० पचेहरास्थित यशोधरा सामुदायिक वन ठूलो घोटालामा परेको छ ।
पूर्व अध्यक्ष इन्द्रदेव केवट र निवर्तमान अध्यक्ष दिनानाथ निषादमाथि वनको जग्गा अतिक्रमण र रकम दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ । आरोप लागेका केवट र निसाद बाबुछोरा हुन्, उनिहरुले क्रमशः २० वर्ष र ८ वर्ष सोहि वनको नेतृत्व गरिसकेका छन् ।

स्थानीयका अनुसार, निवर्तमान अध्यक्ष दिनानाथ निषादले करिब २ विगाह वनजग्गा कब्जा गरी गोठ बनाएको र अवैध खेती गर्दै आएको खुलासा भएको हो ।
यसअघि अध्यक्ष रहेका इन्द्रदेव केवटले भने वृक्षारोपण गर्न भनेर वनको नाममा जगदिशपुर ताल कृषि सहकारी संस्था जगदिशपुरबाट  लिएको २० हजार रुपैयाँ ऋण व्यक्तिगत रूपमा प्रयोग गरेको र अहिले त्यो रकम ब्याजसहित ४८७५० पुगेको आरोप छ ।

बाबु–छोराले २८ वर्षसम्म पालैपालो सामुदायिक वनको नेतृत्व गरेको र त्यही दम्भमा अहिले पनि कार्यसमितिलाई अटेर गर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ ।
वनका अध्यक्ष धर्मेन्द्र यादवका अनुसार निवर्तमान अध्यक्ष निषादले आफ्नै कार्यकालमा वनको जग्गा अतिक्रमण गरेको बताए । उनले वनका पदाधिकारीले काम गर्ने क्रममा समेत अवरोध गरि विवाद सिर्जना गर्ने गरेको बताए ।


हाल नेतृत्वको कार्यसमिति रहिरहे आँफुले कब्जा गरेको अतिक्रमित जग्गा गुम्ने डरले निषादले विभिन्न षड्यन्त्र एवम् प्रपन्च रचि कार्यसम्पादनमा बाधा पुर्याउँदै आएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।
केहि समय अघि निषादले वन छेत्र भीत्र रहेको ५०३ क्युफिट सिमल जातको काठ अवैध रुपमा कटान गरी राता रात बेच्ने क्रममा पक्राउ परि सामुदायिक बन लाई ७५७५० रकम जरीवाना समेत तिरेका थिए ।

 

डिभिजन वन कार्यालय पटनाका प्रमुख सन्दीप बासुकलाका अनुसार, अध्यक्ष निषाद बारम्बार काठ कटान, मुछान र ग्रेडिङका क्रममा विवाद सिर्जना गर्ने, कर्मचारीमाथि हातपात गर्ने र धम्की दिने कार्यमा संलग्न रहँदै आएका छन् ।
उनलाई यसअघि नै ७४ हजार रुपैयाँ जरिवाना तिराइएको पनि बासुकलाले जानकारी दिए । बासुकलाले दुई अध्यक्ष बीचको पहिलेको विवादका कारण अहिले पनि पटक पटक यस्तो समस्या आई रहेको बताए ।

 

कर्मचारीमाथि भएको दुव्र्यवहारपछि हाल वन अधिकृत मदन ढुङ्गानाको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।

तर, यसबारेमा प्रतिक्रिया लिन खोज्दा निवर्तमान अध्यक्ष निषादसँग सम्पर्क हुन सकेको छैन ।

 

“यो वन हाम्रो साझा सम्पत्ति हो। अध्यक्षकै परिवारले कब्जा गरेर खाने हो भने अब समुदाय चुप लाग्दैन।” स्थानीय उपभोक्ताले भने कडा चेतावनी दिएका छन् ।

यस घटनाले सामुदायिक वन प्रणाली नै प्रश्नवाचक बनाएको छ । विश्वास गर्ने अध्यक्ष नै अतिक्रमणकारी बन्ने हो भने अब वन कसले जोगाउने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट