२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

१७औँ कालिका कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन मणिमुकुन्द र होराईजन विजयी

  • 1. कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ।
  • 2. पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले होराइजन स्कुल कपिलवस्तुलाई ३–० सेटले हरायो।
  • 3. प्रतियोगिताको प्रथम पुरस्कार ८१ हजार, द्वितीय पुरस्कार ५१ हजार, तृतीय पुरस्कार ३१ हजार र सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ रहेको छ।

 

📝 सुबास खनाल, कपिलवस्तु

कालिका क्लब बाणगंगा–१०, धरमपुरद्वारा आयोजित १७औँ कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष यमप्रसाद पोखरेल रहनुभएको थियो भने विशिष्ट अतिथि खेलकुद तथा शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी हुनुहुन्थ्यो। कार्यक्रम क्लबका अध्यक्ष शिवकुमार सोमैको अध्यक्षतामा सम्पन्न भएको हो।

शुक्रबार भएको पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीले होराइजन स्कुल कपिलवस्तुलाई ३–० सेटले हराउँदै विजयी भयो। यस्तै, दोस्रो खेलमा न्यू होराइजन स्पोर्ट्स क्लब बुटवलले थ्री ब्रदर्स क्लब कपिलवस्तुलाई ३–० सेटले पराजित गरेको छ।

शनिबारको खेल तालिका अनुसार पहिलो खेल होराइजन स्कुल कपिलवस्तु र कपिलवस्तु पकडी क्लबबीच हुनेछ। दोस्रो खेलमा थ्री ब्रदर्स क्लब कपिलवस्तु र स्याङ्जा भलिबल क्लब प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो खेल मणिमुकुन्द भलिबल क्लब रुपन्देही र कपिलवस्तु पकडी क्लबबीच हुनेछ। शनिबारकै अन्तिम खेलमा न्यू होराइजन स्पोर्ट्स क्लब बुटवल र स्याङ्जा भलिबल क्लब भिड्नेछन्।

भदौ १३ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ८१ हजार, द्वितीय पुरस्कार ५१ हजार, तृतीय पुरस्कार ३१ हजार र सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ रहेको क्लबले जनाएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि वडाध्यक्ष यमप्रसाद पोखरेलले खेलकुद युवाको जीवनमा अनुशासन, स्वास्थ्य र आपसी एकताको माध्यम हुने भन्दै भलिबल प्रतियोगिताले स्थानीय युवालाई सकारात्मक बाटोतर्फ अग्रसर बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्न सकेमा समाजमा खेलमैत्री वातावरण निर्माण हुने बताउनुभयो।

त्यस्तै, कालिका क्लबका अध्यक्ष शिवकुमार सोमैले प्रतियोगिता वर्षौंदेखि निरन्तर आयोजना हुँदै आएको उल्लेख गर्दै यसले खेलकुदको विकाससँगै युवामा अनुशासन, समर्पण र नेतृत्व विकासमा ठूलो योगदान पुर्‍याउँदै आएको विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले प्रतियोगिता सफल बनाउन प्रदेश बाहिर रहेका दाजुभाइहरू तथा स्थानीय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट