कपिलवस्तुको बाणगंगा नगरपालिका–२, गोबडिहवामा रहेको नव जागृति सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति विघटन गरिएको छ।

विगत लामो समयदेखि पदाधिकारीहरूबीच उत्पन्न तिक्तता तथा आन्तरिक विवादका कारण अधिकांश पदाधिकारी र सदस्यहरूले पहिले नै राजीनामा दिइसकेका थिए। जसका कारण समूहको नियमित कार्यसम्पादन प्रभावित हुँदै आएको थियो।

उपभोक्ताहरूको माग तथा कार्यसम्पादन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष हेमनाथ पौडेलले आज आफ्नो नेतृत्वमा रहेको कार्यसमिति विघटन गर्नुभएको हो।
नयाँ कार्यसमिति चयनका लागि हरि अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिका अन्य सदस्यहरूमा ओम बहादुर गाहा र सारदा थापा रहेको
स्थानीय विष्णु घिमिरेले उक्त जानकारी दिनुभएको छ ।











