२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

नव जागृति सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व सर्वसम्मत चयन

कपिलवस्तुको बाणगंगा नगरपालिका–२, गोबडिहवामा रहेको नव जागृति सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

विगतमा पदाधिकारीहरूबीचको तिक्तता तथा आन्तरिक विवादका कारण कार्यसम्पादन प्रभावित बनेपछि अघिल्लो कार्यसमिति विघटन गरिएको थियो। सोही सन्दर्भमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।

नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसअनुसार अध्यक्षमा पदमलाल अधिकारी चयन हुनुभएको छ भने उपाध्यक्षमा बेलमाया पुन निर्वाचित हुनुभएको छ। सचिवमा नरमाया पुन, कोषाध्यक्षमा लिल बहादुर राना तथा सह–सचिवमा शिव पाण्डे चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा सिता थापा, रुमाकान्त पौडेल, कृष्ण बहादुर थापा, जमुना राना, बिनु शर्मा र उमा पुन रहनुभएको छ।

यसैगरी, समूहको ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ। लेखा समितिको संयोजकमा विष्णु प्रसाद ज्ञवाली चयन हुनुभएको छ भने सदस्यहरूमा लिला घिमिरे र दुर्गा बहादुर तरामु रहनुभएको छ।

नव निर्वाचित नेतृत्वले सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ