सुवास खनाल कपिलवस्तु,
कपिलवस्तु नागरिक समाजले हालै एक विज्ञप्ति जारी गर्दै देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, नेपालको विभिन्न भू–भागमा देखा परेका विभाजनकारी, साम्प्रदायिकता र वैदेशिक स्वार्थसहितका गतिविधि चासोको विषय बनेका छन्। यस्ता कार्यहरूले नेपालको एकता, समृद्धि र भविष्यमा खतरा उत्पन्न गर्न सक्ने भन्दै सबै सरोकारवालालाई जिम्मेवार बन्न नागरिक समाजले आह्वान गरेको छ । समाजले नेपाल–भारत सीमाक्षेत्रका समस्या, प्राकृतिक स्रोतको दुरुपयोग, हिंसा, असमानता, तथा आपसी वैमनस्यता बढाउने प्रवृत्तिहरूको तत्काल समाधान खोज्न सरकारसँग माग गरेको छ। साथै, मुलुकको हित विपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। कपिलवस्तु नागरिक समाजका अध्यक्ष अजुर्न प्रसाद पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा, “राष्ट्रको सार्वभौमिकता र सामाजिक सौहार्द जोगाउन सबै नेपालीले एकजुट भई अघि बढ्न जरुरी छ।” भनि लेखिएको छ ।










